२२ फाल्गुन २०८२, शुक्रबार

राजनीति/समाज

कुनै प्रकारको हिंसा आतंक, तोडफोड र आगजनी स्वीकार्य छैनः कोइराला

कुनै प्रकारको हिंसा आतंक, तोडफोड र आगजनी स्वीकार्य छैनः कोइराला

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको बताएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढीगङ्गा पार्क’ को शिलान्यास गर्दै उनले समस्या समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए । ...
थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘साइडलाइन’ बार्ता हुने

थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘साइडलाइन’ बार्ता हुने

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा ‘साइडलाइन’ बार्ता हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो । सो सम्मेलन उद्घाटन पछि शुक्रबार ‘साइड लाइन’ बार्ता तय भएको छ । ...
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेः गगन थापा

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेः गगन थापा

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको बताएका छन् । रुपन्देही पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिने प्रयास गरिरहेको बताए । उनले काँग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी नभएको पनि बताए । राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै उनले अब राजालाई संवैधानिक बनाउन नसकिने बताए । अहिले निर्मल निवासमा त यति धेरै उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटीमा बसेको भए कति मच्चाउँथे होला भन्दै उनले प्रश्न गरे ।...
रबीन्द्र मिश्र र धवल शम्सेर थप ६ दिन थुनामै

रबीन्द्र मिश्र र धवल शम्सेर थप ६ दिन थुनामै

नेपाल । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत जानकारी दिएको छ । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो । म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको थियो ।...
तीनकुनेमा ज्यान गुमाएका २ युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ सहयोग दिने

तीनकुनेमा ज्यान गुमाएका २ युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ सहयोग दिने

नेपाल । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । चैत १५ गते शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो । ...
देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको शंकर पोखरेलको आरोप

देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको शंकर पोखरेलको आरोप

नेपाल । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । एमाले सुनसरी जिल्ला कमिटीले इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन् । महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क गरे। ...
सांसद पद निलम्बन फुकुवाका लागि सभामुख घिमिरेसँग रविको आग्रह

सांसद पद निलम्बन फुकुवाका लागि सभामुख घिमिरेसँग रविको आग्रह

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । मंगलबार पार्टीका अन्य नेताहरू सहित सभामुखको कार्यालय सिंहदरबार पुगी लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका हुन् । १ महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।...
थाइल्यान्ड पुगे प्रधानमन्त्री केपी शर्मा ओली

थाइल्यान्ड पुगे प्रधानमन्त्री केपी शर्मा ओली

अमेरका । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको राजधानी बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक पुगेका हुन । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भइरहेको हो । प्रधानमन्त्री ओल...
के हुँदैछ कुलमान र हितेन्द्रदेवको मुद्दा ?

के हुँदैछ कुलमान र हितेन्द्रदेवको मुद्दा ?

नेपाल । मगलबार सुनवाइ नसकिए पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ । पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई आज भने विशेष प्राथमिकता दिई सुनुवाई गरिएको थियो ।...
भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने होः महासचिव भुसाल

भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने होः महासचिव भुसाल

नेपाल । नेकपा (एस) का महासचिव घनश्याम भूसालले भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने भएको बताउनु भएको छ । उहाँले राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही रहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलवार विराटनगरमा सम्बोधन गर्दै भूसालले यस्तो बताउनु भएको हो । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउनु भएको छ । पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको स्पष्ट पार्नुभयो । पश्चगामी तत्त्वहरूले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेको बताउँदै उहाँले यो सामान्य कुरा नभएको बताउनुभयो ।...