२२ फाल्गुन २०८२, शुक्रबार

राजनीति/समाज

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

नेपाल । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो । पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका–४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गर्नुभएकाले उहाँको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताउनुभयो । वि.सं. १९८५ साउन २८ गते जन्मनुभएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी हुनुभएको थियो ।...
विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर नबसौंः गगन थापा

विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर नबसौंः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०–०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् । उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । उनले अबको एक दशक आइटीको एक्सपर्टलाई पाँच गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए ।...
रवि लामिछानेलाई सोमबारमात्रै अदालतमा पेश गरिने

रवि लामिछानेलाई सोमबारमात्रै अदालतमा पेश गरिने

नेपाल । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारमात्रै अदालतमा पेश गरिने भएको छ । शुक्रबार राति पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । यसअघि १ करोड धरौटी बुझाएर रिहा भएका लामिछानेलाई उच्च अदालतको आदेश अनुसार पक्राउ गरिएको हो । सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । ...
नेकपा एसले चैत २५ गते देशभर प्रदर्शन गर्ने

नेकपा एसले चैत २५ गते देशभर प्रदर्शन गर्ने

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तरराष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलग...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने

नेपाल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ । आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । नेकपा पोलिटब्युरो सदस्य चिरञ्जीवी ढकालले आगामी निर्वाचनमा सहभागी हुने भएपछि आधिकारिक रूपमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । आगामी हप्ता दिनभित्र निर्वाचन आयोगमा दर्ता भइसक्ने उहाँले बताउनुभयो । दल दर्ता गर्न पार्टी सचिवालय सदस्य कर्णजित बुढाथोकी, ढकाल र कपिल पोखरेललाई जिम्मेवारी दिएको छ ।...
सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछाने पुनः पक्राउ

सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछाने पुनः पक्राउ

नेपाल । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको मुद्दामा पुनः पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका हुन् । लामिछानेलाई शनिबार रूपन्देही लगिँदैछ । शुक्रबार पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई रूपन्देही लगिन लागिएको हो । लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो । यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । यसअघि कास्की, काठमाडौ...
आपराधिक घटनालाई राजनीतिक आवरण दिन आयोग गठन हुन सक्दैनः गृहमन्त्री लेखक

आपराधिक घटनालाई राजनीतिक आवरण दिन आयोग गठन हुन सक्दैनः गृहमन्त्री लेखक

नेपाल । गृहमन्त्री रमेश लेखकले राजावादीका नाममा गत चैत १४ गते शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटना छानबिनका लागि न्यायिक आयोग गठन नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदसमेतले छानबिन आयोग गठनको माग गरेका थिए । तर, मन्त्री लेखकले आपराधिक घटनालाई राजनीतिक आवरण दिन आयोग गठन हुन नसक्ने बताउनुभयो । नियमित प्रक्रियाबाटै घटना छानबिन हुने मन्त्री लेखकको भनाइ थियो । समितिमा मन्त्री लेखकले आपराधिक घटनालाई अन्य अपराध सरहकै व्यवहार सरकारले गर्ने बताउनुभयो ।...
तराई-मधेश केन्द्रित दलहरूको ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन

तराई-मधेश केन्द्रित दलहरूको ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन

नेपाल । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेश केन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न–गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत...
हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ

हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ

नेपाल । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँको महाबौद्धबाट एक जनालाई पक्राउ गरिएको छ । काठमाडौँ महानगरपालिका–२७ स्थित महाबौद्धबाट भारतको सुजा–३ जोगिन्दर नगर घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वांमो पक्राउ परेकी हुन् । उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकी वांमोलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
चैत्र २३ गते चितवनबाट जनयात्रा थाल्ने रास्वपाको निर्णय

चैत्र २३ गते चितवनबाट जनयात्रा थाल्ने रास्वपाको निर्णय

नेपाल । रास्वपाले जनताको कुरा सुन्ने यात्रा, जनयात्राको सुरुआत गर्ने भएको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले चैत्र २३ गते चितवनबाट जनयात्रा थाल्ने निर्णय गरेको रास्वपा सांसद गणेश पराजुलीले बताए । जनयात्राको क्रममा जनताको कुरा सुन्ने र पार्टीको आगामी रणनीति बनाउने मुख्य लक्ष्य रहेको उनले बताए । ...