२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

रवीन्द्र मिश्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा

रवीन्द्र मिश्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार सो म्याद थप भएको हो । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो । उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ ।...
राजा फर्कने कुनै सम्भावना छैनः माधव नेपाल

राजा फर्कने कुनै सम्भावना छैनः माधव नेपाल

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपनामात्र भएको बताए। अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो।...
सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेनः गगन

सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेनः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामले गति नलिएको बताउनु भएको छ । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफूले भित्र र बाहिर सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेन भनेर भन्दै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरु सरकारका कामको प्रचार गर्न तयार रहेको बताउनुभयो । उहाँले पार्टीभित्र सभापति वा महामन्त्रीले खराब काम गरे त्यसको जिम्मा कार्यकर्ताले नलिने भएकाले नागरिकमा भरोसा बढाउन भ्रष्टाचार सफा गर्ने काममा पार्टी लाग्नुपर्नेमो जोड दिनुभयो । आफूहरुलाई २० वर्ष नागरिकले प्रतिक्षा गरेपछि आशा गरे अनुसारको प्रगति नदेखेपछि बढेका असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको भएको महामन्त्री थापाले बताउनुभयो ।...
पन्ध्र महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने

पन्ध्र महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने

नेपाल । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमाले दुई पुराना जिम्मेवार दललेको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने बताउनु भएको छ । नेकपा (एमाले) सिरहाको एघारौं जिल्लाअधिवेशनलाई सिरहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्राङगणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच भएको सम्झौताअनुसार पन्ध्र महिनापछि काँग्रेसको सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।...
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

नेपाल । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
रवि पक्राउ परेपछि फेरि पनि डीपीलाई नै कार्यवाहक !

रवि पक्राउ परेपछि फेरि पनि डीपीलाई नै कार्यवाहक !

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी फेरि उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् । गत शुक्रबार सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उपसभापति अर्याललाई कार्यवाहक दिइएको हो । सभापति लामिछानेले पक्राउ पूर्व अर्याललाई कार्यवाहक तोकेका थिए । यसअघि लामिछाने पक्राउ परेर हिरासतमा रहँदा पनि अर्याल कार्यवाहक सभापति बनेका थिए । एक हप्ता अगाडि मात्रै रवि सभापतिमा पुनः सक्रिय भएका थिए । ...
‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं, ‘जेल भर’ अभियान चलाउँछौं’ : शाही

‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं, ‘जेल भर’ अभियान चलाउँछौं’ : शाही

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् । राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । हामी हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आन्दोलनमा उत्रन्छौं, ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने । उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ’, उनले भने ।...
२०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छः गगन थापा

२०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । नेपाल थारु संघको तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए । महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ थियो । उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए। सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ थियो । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान सं...
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, राजतन्त्र हुनै सक्दैनः केसी

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, राजतन्त्र हुनै सक्दैनः केसी

नेपाल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । जनमोर्चाले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्रमात्र हुने बताए । मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उनको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र संघीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताए ।...
पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेः माधव नेपाल

पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेः माधव नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको दाबी गर्नुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो । उहाँले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताउनु भयो । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताउनुभयो । उहाँले पछिल्ला घटनाक्रमहरूप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा आफूलाई भनेको बताउनु भयो । पूर्वराजाले इच्छा नगरेको कुरा...