२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गरौंः प्रचण्ड

परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गरौंः प्रचण्ड

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताउनुभएको छ । विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकरूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताउनुभएको हो । आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै तथा पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।...
२०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नु पर्छः गगन

२०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नु पर्छः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले २०८४ को चुनावमा कोहीसँग गठबन्धन नगर्ने बताउँदै अरूले गठबन्धन गर्न सक्ने भएकाले बलियो सङ्गठन बनाउनु पर्ने बताउनुभयो । ...
उच्च अदालतको आदेश विरुद्ध रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता

उच्च अदालतको आदेश विरुद्ध रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता

नेपाल । आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । थुनामा रहेका लामिछानेले शुक्रबार आफ्ना कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएका हुन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी मागेको थियो । उक्त धरौटी बुझाएपछि खारेजी र साधारणा तारेखमा छाडिनुपर्ने माग गर्दै उनी गत फागुन २६ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका थिए । सो इजलासले गत चैत २३ गते थुनामा पठाउने फैसला सुनाइदियो । रवि २३ गते बेलुकी काठमाडौँबाट पक्राउ परे ।...
नयाँको नाममा फैलिएको भ्रमको पछि नलाग्न जनतालाई ओलीको आग्रह

नयाँको नाममा फैलिएको भ्रमको पछि नलाग्न जनतालाई ओलीको आग्रह

नेपाल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “नयाँको नाममा फैलिएको भ्रम” को पछि नलाग्न जनतालाई आग्रह गरेका छन् । दमकमा आयोजित एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले हालका केही नयाँ अनुहारहरू सहकारी ठग र साहुमारा भएको आरोप लगाए । उनले चैत १५ गते काठमाडौंमा देखिएको प्रदर्शनलाई उदाहरण दिँदै ती समूहको वास्तविक चरित्र जनता सामु प्रस्ट भइसकेको दाबी गरे । उनले देश अहिले स्थायित्वको दिशामा अघि बढिरहेको भन्दै अब विकास, योजना र स्थिर सरकारको समय आएको बताए । “अब नयाँ योजना आउँछ, बजेट आउँछ, रोकिएका आयोजना अघि बढ्छन्,” ओलीले भने । प्रधानमन्त्री ओलीले आगामी बजेटमा किसान र सुकुमबासीका समस्या सम्बोधन हुने गरी योजना बनाइने समेत उल्लेख गरे । साथै, उनले वर्तमान सरकार स्थिर रहेकाले जनताको आवश्यकता अनुसार नीतिगत सुधार गरिने विश्वास व्यक्त गरे ।...
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपाल । काठमाडौंको तीनकुनेमा चैत १५ गते हिंसात्मक गतिविधि गरेर फरार रहेका दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।...
पूर्वी सीमावर्ती क्षेत्रबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

पूर्वी सीमावर्ती क्षेत्रबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

नेपाल । गत चैत १५ गते नेपालको राजधानी काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी शुक्रबार नेपाल ल्याइँदै छ । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् । ...
आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन

आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने बताएका हुन् । शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्राथमिकतामा राख्न निर्देश गर्दै उहाँले मुलुकमा शान्ति खल्बल्याउने तत्त्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिए । नेपाल सरकारले हरेक जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प...
क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप

क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ । यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो । महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन् । थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सक्न निर्देशन दिएका छन् । कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ । कांग्रेसमा महाधिवेशन ताका सधैँ क्रियाशील सदस्यको लफडा गर्ने गरेको छ । तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नवीकरण नगरेपछि नहुने चेतावनी दिँदै आइरहेका छन् । उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए । ...
नेपाल बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला निर्वाचित

नेपाल बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला निर्वाचित

नेपाल । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानून व्यवसायी सङ्गठनको गठबन्धन उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले पाँच हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६ सय २१ मत मात्रै प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो । कांग्रेस निकट कानून व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमाले निकट कानून व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए । महासचिवमा केदारप्रसाद कोइराला चार हजार आठ सय ७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुई हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको...
म्यासेजमा पठाइएका लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा पठाइएका लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

नेपाल । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।...