२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

महाशिवरात्रि पर्वको तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

महाशिवरात्रि पर्वको तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यही फागुन ३ गते मनाइने यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ई...
सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँगमात्रै छः सभापति थापा

सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँगमात्रै छः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउने क्षमता कांग्रेससँग भएको बताउनुभएको छ । कांग्रेसले काठमाडौँ क्षेत्र नं ५ मा आयोजना गरेको निर्वाचनसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अब समुन्नति र स्थिरताको नेतृत्व गर्ने बताउनुभएको हो । उहाँले दलीय भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत कांग्रेस बदलिएको बताउनुभयो । उहाँले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आग्रह गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मर्म र भावना अनुसारै कांग्रेस बदलिएको प्रस्ट पार्नुभयो । उहाँले अब देश बदल्ने अभियानमा कांग्रेस होमिएको बताउनुभयो । सभापति थापाले कांग्रेसलाई मतदान गर्ने २७ लाख नागरिकसँग संवाद र जेनजीले उठाएका मुद्द...
कांग्रेसले मधेशबाटै सशक्त चुनावी सन्देश दिने, फागुन ६ गते जनकपुरमा सभा गर्दै

कांग्रेसले मधेशबाटै सशक्त चुनावी सन्देश दिने, फागुन ६ गते जनकपुरमा सभा गर्दै

नेपाल । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै फागुन ६ गतेदेखि औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ । पार्टीको पहिलो ठूलो चुनावी सभा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिने निर्णय गरिएको छ । विशेष अधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन कुमार थापाले नेतृत्व सम्हालेपछि कांग्रेसको पहिलो केन्द्रीयस्तरको चुनावी सभा मधेशमै गर्न लागिएको हो । सभापति थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार पनि हुनुहुन्छ । मधेशबाट चुनावी अभियान सुरु गर्नुले कांग्रेसले यो प्रदेशलाई रणनीतिक रूपमा उच्च प्राथमिकतामा राखेको सङ्केत गरेको नेताहरूले बताएका छन् । फागुन ६ गते बुधबार जनकपुरधामस्थित तिरूहतिया गाछीमा आयोजना हुने उक्त मधेश सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेपाली कांग्रेस मधेश प्रदेश सभाप...
निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाए, अझै १० जनाको बाँकी

निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाए, अझै १० जनाको बाँकी

नेपाल । आचारसंहिता उल्लंघन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका...
‘अबकी बार सय पार’ को नारा लगाउन सभापति गगन थापाको आग्रह

‘अबकी बार सय पार’ को नारा लगाउन सभापति गगन थापाको आग्रह

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् । शुक्रबार कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् । सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए ।...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

नेपाल । शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ पर्नुभएको छ । उहाँलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो । निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले आज साइबर ब्युरोलाई आवश्यक कारवाही भन्ने विषयमा पत्र लेखेको थियो । पत्रमा उहाँले आचारसंहिता २०८२ को दफा ४९६० विपरीत बोलेको अभिव्यक्ति दिएको भन्ने छ।प्रसाईंलाई त्यही पत्रका आधारमा बुझ्न बोलाइएको हो । के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौँ ।’...
पाकिस्तानको इस्लामावादमा शिया मस्जिदमा विस्फोट, ३० जनाको मृत्यु

पाकिस्तानको इस्लामावादमा शिया मस्जिदमा विस्फोट, ३० जनाको मृत्यु

नेपाल । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो ।” मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तान...
भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा २ नेपालीको मृत्यु

भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा २ नेपालीको मृत्यु

नेपाल । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोखरी गाउँपालिका १ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो । बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टंककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् । ...
कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा अर्थतन्त्र सुधारका सम्बन्धमा १५ बुँदे धारणा सार्वजनिक

कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा अर्थतन्त्र सुधारका सम्बन्धमा १५ बुँदे धारणा सार्वजनिक

नेपाल । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने अपेरेटिङ सिस्टम’ नै फेर्ने संकल्प गरेको भन्दै उनले अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राखेका हुन् । एक भिडियो वक्तव्य जारी गर्दै उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने उल्लेख गरे । यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ । व्यक्तिवादी राजनीतिको साटो संस्थागत र बलियो प्रणाली निर्माणमा जोड दिंदै यसमा नागरिकलाई सहजता सुनिश्चित हुने उनको जोड छ । महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धि...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

नेपाल । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइतेको उपचार भइरहेको छ । विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो । बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा २७ पुरुष र १८ महिला गरी जम्मा ४५ जना सवार रहेका थिए । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।...