२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संघीइ संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको आह्वान अनुसार सङ्घीय संसद् सचिवालयले बैठकमा उपस्थितको सूचना जारी गरिसकेको छ । हिउँदे अधिवेशन अन्त्यको तीन सातापछि प्रारम्भ हुने गरी बैठक बोलाइएको हो । हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरिएको थियो । विद्यालय शिक्षा विधेयक पारितको माग गरेर शिक्षकले चरणबद्ध आन्दोलन जारी राखेपछि सरकारले यसअघिका प्रचलनभन्दा दुई साताअघि अधिवेशन आह्वान गरेको हो । बजेट अधिवेशनमा संघीय संसद्मा राष्ट्रपतिबाट सम्बोधन हुने छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेट अधिवेशनमै राष्ट्रपतिबाट पेस हुने छ । अधिवेशनमा बजेटका प्राथमिकता र सिद्धान्तको छलफल तथा संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते वार्षिक बजेट पेस हुने...
कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गर्दै

कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गर्दै

नेपाल । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा यस पटक ३१ औँ पटक फेरी आरोहण गर्ने हुनु भएको छ । उहाँ आरोहणका लागि आधार शिविर तर्फ हिँडी सक्नु भएको छ । सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने आरोही कामीरिता हुनुहुन्छ । उहाँले यस पटक आफ्नो विश्व कीर्तिमान आफैले तोड्ने हुनु भएको हो । उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सो...
बिचौलियाका कारणले अर्थतन्त्रमा समस्या आएको गगन थापाको जिकिर

बिचौलियाका कारणले अर्थतन्त्रमा समस्या आएको गगन थापाको जिकिर

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौली फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलीका कारणले आएको जिकिर गरे । उनले बिचौलीहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले बिचौलीको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए । महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भए मात्रै राज्य बलियो हुने बताए ।...
वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान, शिक्षकका माग सम्बोधन गरिने

वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान, शिक्षकका माग सम्बोधन गरिने

नेपाल । सरकारले वैशाख १२ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने भएको छ । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नेसमेतका प्रयोजनका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनुभयो । उहाँका अनुसार सरकारका तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । यसका लागि संघीय संसद् वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील रहेको बताउँदै मन्त्री भट्टराईले शिक्षकका यथोचित मागका सम्बोधन गर्न सरकार सधैँ तयार रहेको जानकारी दिनुभयो । यस विषयमा मन्त्रीपरिषद्...
पूर्वराजाको अभिव्यक्तिबारे नेकपा एमालेको आपत्ति

पूर्वराजाको अभिव्यक्तिबारे नेकपा एमालेको आपत्ति

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिको विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको हो । बैठकमा अध्यक्ष ओलीले वर्तमान समसामयिक राजनीतिक घटनाबारे जानकारी गराउनुभएको थियो । सो विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको हो । बैठकले तीनकुने घटना, समसामयिक राष्ट्रिय राजनीति र आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबारे पनि समीक्षा गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सचिवालय बैठकले पूर्वराजाको अभिव्यक्तिबारे आपत्ति जनाएको छ । सचिवालय बैठकले पूर्वराजाले आइतबार जारी गरेको भिडियो सन्देशप्रति समीक्षा गर्...
क्रान्तिकारी, प्रगतिशील शक्ति र देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने भयोः खनाल

क्रान्तिकारी, प्रगतिशील शक्ति र देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने भयोः खनाल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताउनु भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ,“नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ धरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान संकटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात् गरौँ ।” उहाँले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरु बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गर्नुभएको छ । “वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरूबाट मुक्त...
शिक्षकहरु २० चैतदेखि निरन्तर सडक आन्दोलनमा, कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने

शिक्षकहरु २० चैतदेखि निरन्तर सडक आन्दोलनमा, कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने

नेपाल । नेपाल शिक्षक महासंघ कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।...
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

नेपाल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । सहकारी ठगी तथा संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेको तर्फबाट चैत २९ गते सर्वोच्चमा ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । सो निवेदनमाथि आइतबार भएको प्रारम्भिक सुनुवाईमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रमन श्रेष्ठ, सुरेन्द्र थापा, नारायण कँडेल र मधेश प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले बहस गर्नुभएको थियो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थु...
समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकियोः देउवा

समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकियोः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् । आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताए ।...
मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव

मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । करिब १४ मिनेट लामो शुभकामना सन्देशमा शाहले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने प्रयास गरेका छन् । नेपाली जनतामा देशको भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ । ‘देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ,’ भिडिओ सन्देशमा पूर्वराजाले भनेका छन् । मुलुकका व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको उनले बताएका छन् । ...