२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

एक ढिक्का भएर निर्वाचनमा लाग्न काँग्रेस उपसभापति शर्माको नेता कार्यकर्तालाई आग्रह

एक ढिक्का भएर निर्वाचनमा लाग्न काँग्रेस उपसभापति शर्माको नेता कार्यकर्तालाई आग्रह

नेपाल । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एक ढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । काँग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरूलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरेका हुन् । उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने संकल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए ।...
एकपटक जिताएर मकवानपुरको सेवा गर्ने मौका दिनुहोस्ः डिना उपाध्याय

एकपटक जिताएर मकवानपुरको सेवा गर्ने मौका दिनुहोस्ः डिना उपाध्याय

नेपाल (हेटौंडा) । नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्यायले चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै यो पटक जितेर सेवा गर्ने मौका दिन अनुरोध गरेकी छिन् । सोमबार कांग्रेस हेटौंडा ८ नम्बर वडा समितिले आयोजना गरेको कृयाशील सदस्यसँगको छलफलका डिनाले यस्तो बताएकी हुन् । ‘मलाई सांसद् मात्रै बन्नका लागि धेरै विकल्पहरु थिए । यो पटक पनि राष्ट्रियसभा सदस्य बन्नका लागि भनिएको थियो’, उनले भनिन्, ‘म यो पटक कुनै हालतमा जनताबाट अनुमोदन भएर आउँछु भन्ने दृढ विश्वासका साथ अन्तिम पटक प्रतिस्पर्धा गर्न आएको हुँ ।’ बद्लिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उनको दावी थियो । कांग्रेसका सभापतिसहित पदाधिकारी, मकवानपुर जिल्लाका नेताहरु र आम मतदाताले समेत यो पटक चुनावी प्रतिस्प...
लालपुर्जा समस्या हाम्रो साझा समस्या हो, समाधानका लागि कानुनी र नीतिगत लडाइँ लड्छुः विजय गौतम

लालपुर्जा समस्या हाम्रो साझा समस्या हो, समाधानका लागि कानुनी र नीतिगत लडाइँ लड्छुः विजय गौतम

नेपाल (मकवानपुर) । मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आउनु भएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। यससँगै आजै बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले मकवानपुरको पूर्वी क्षेत्रका नागरिकले भोग्दै आएको अव्यवस्थित बसोबास र लालपुर्जा समस्यालाई साझा दुःखको रूपमा प्रस्तुत गरे। उनले पालिकाका जनप्रतिनिधिहरूको पहलमा भूमिहीन दलित तथा निरपेक्ष गरिबीको रेखा...
जेनजी आन्दोदनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप

जेनजी आन्दोदनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप

नेपाल । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको म्याद थप गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । सरकारले आगामी माघ २९ गते सकिने गरी तेस्रो पटक आयोगको म्याद थपेको थियो । अब आयोगको प्रतिवेदन आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै तयार हुन सक्ने बताइएको छ । आयोगको प्रमुखमा कार्कीसहित नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहनुभएको छ । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम गठन भएको तीन सदस्यीय जाँचबुझ आयोगले गत...
नेपाली शेयर बजार २६.०५ अंकले घट्यो

नेपाली शेयर बजार २६.०५ अंकले घट्यो

नेपाल । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबारको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ ।...
निर्वाचन आयोगले अघि बढायो मतदाता शिक्षा कार्यक्रम

निर्वाचन आयोगले अघि बढायो मतदाता शिक्षा कार्यक्रम

नेपाल । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ। मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ। डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्‍याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ। स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एकरएक स्वयंसेवक परिचालन हुनेछन् । सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा म...
उच्चस्तरीय जाँचबुझ आयोगद्वारा छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी

उच्चस्तरीय जाँचबुझ आयोगद्वारा छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी

नेपाल । भदौ २३ र २४ गतेको आन्दोलन र विध्वंशमा भएको जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । करिब पाँच महिनाको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठन भएको तीन सदस्यीय जाँचबुझ आयोगले गत असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको थियो । ...
नेपाली काँग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने

नेपाली काँग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने

नेपाल । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ ‘उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ निर्णयमा भनिएको छ । यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित र...
कांग्रेसको निर्णयका कारण देश निर्वाचनमय बनेको छः उपाध्याय

कांग्रेसको निर्णयका कारण देश निर्वाचनमय बनेको छः उपाध्याय

नेपाल (हेटौंडा) । नेपाली कांग्रेसमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको निर्णयका कारण देश निर्वाचनमय बनेको बताउनुभएको छ । कांग्रेसको आयोजनामा हेटौँडामा आइतबार भएको छुट्टाछुट्टै क्रियाशील कार्यकर्तासँगको भेटघाट तथा छलफल कार्यक्रममा उहाँले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेसँगै देश निर्वाचनतर्फ उन्मुख बनेको बताउनुभयो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपाध्यायले मकवानपुर जिल्लाको समृद्धिको संकल्प बोकेर हिडेको बताउँदै कांग्रेसको जितले नै नागरिकको समृद्धिको सपनाले सार्थकता पाउने बताउनुभयो । नयाँ र पुराना पार्टीको कुरा होइन कांग्रेसले निर्वाचन जाने निर्णय गरेपछि सबै राजनीतिक दल निर्वाचनमा जान तयार भएका हुन् कांग्रेस नेतृ डिनाले भन्नुभयो, कांग्रेस त्यस्तो पार्टी हो जसले लोकतन्त्रको पक्षमा, देश र जनताको पक्षमा निर्णय गर्छ, नेपालको स...
कांग्रेस भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्धः महालक्ष्मी उपाध्याय डिना

कांग्रेस भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्धः महालक्ष्मी उपाध्याय डिना

नेपाल । नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेस भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले कांग्रेस सुधारिएर आएको र देशलाई आर्थिक एवम् सामाजिक रुपमा बदल्ने सङ्कल्प लिएको बताउनुभयो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार उपाध्यायले आसन्न प्रतिनिधि सभा निर्वाचन लक्षित गरी हालै मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा मङ्गलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट र सम्पर्क कार्यालय स्थापना कार्यक्रम गरेको यस्तो बताउनुभएको हो । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा आयोजित कार्यक्रममा कांग्रेस नेतृ उपाध्यायले मतसँगै नेता, कार्यकर्ता र शुभेच्छुकको मन जोड्न आफू उम्मेदवार बनेको आएको बताउनुभयो । युवालाई उत्पादनसँग जोड्नु कांग्रेसको अबको प्रमुख लक्ष्य भएको नेतृ उपाध्यायको भनाई थियो । रोजग...