२९ पुष २०८२, मंगलवार

फोटो फिचर

खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडो । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रम सम्पन्न भएको माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित सम्पन्न भएको पिकनिक कार्यक्रममा कोलोराडोमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागिता रहेको थियो । यहां बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न कोलोराडोको ...
‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा जुन २९ र ३० (शनिबार र आइतबार) विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यसअवसरमा अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता, गुरुङ धर्मसंस्कृति सम्बन्धी प्रवचन–अन्तरक्रिया, झाँकी प्रदर्शन र कार्यक्रमको अन्त्यमा भव्य साँगीतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको दोस्रो तथा अन्तिम दिन ‘प्ये ता ल्हु ता’ (गुरुङको धर्मसंकार, संस्कृति) बारेमा महत्वपूर्ण र जानकारीमूलक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ‘प्ये ता ल्हु ता’ का जानकारी पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमुको उपस्थिति रहेको थियो । कार्यक्रममो सहजकर्तामा मिनबहादुर क्रोम्छे तमु रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रम पच्यु पैन्डीबिद, तमु प्ये ल्हु संघ युकेका खेगी बिभागका अध्यक्ष प...
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडो । मगर संघ अमेरिका कोलाराडो च्याप्टरको आयोजनामा समर पिकनिक २०२४ तथा बार्षिक भेला प्रोस्पेटिक पार्क ह्वाइट रिड्चमा भब्य रुपमा सम्पन्न भएको छ । च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बार्षिक भेलामा च्याप्टरका सचिव उपेन्द्र राना मगरले च्याप्टरको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भुमिका पुन मगरले च्याप्टरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर संघ अमेरिकाका सल्लाहकार लक्ष्मण राना मगरले आगामी महिना जुलाईको २७ र २८ हुने मगर संघ अमेरिका केन्द्रीय समितिको ९औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गर्न आफुहरु लागिरहेको जानकारी दिए । त्यस्तै केन्द्रीय समितिका पश्चिम क्षेत्रीय उपाध्यक्ष टेक थापा मगरले संघ अमेरिकाले अमेरिका भित्र रहेका मगरहरुको जनगणना तथा सर्वेक्षण गरिरहेको र उक्त सर्वेक्षणमा आफ्नो साथै परिवारका सदस्यहरुको नाम भ...
कोलोराडोस्थित नेपाली घरका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

कोलोराडोस्थित नेपाली घरका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका लागि नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार संस्थाका सल्लाहकार, समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठले संस्थाको भवन नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिशेष समारोहबीच नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ सपथ ग्रहण गराएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठ, बिशेष अतिथिद्वय नारायण श्रेष्ठ र डा. बिजयराज शर्माद्वारा संयुक्तरूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाली राष्टिय गानसंगै अगाडि बढाइएको थियो । नेपाली घरलाई यहाँसम्म ल्याउन बिशेष योगदान दिएका स्वर्गियद्वय डा. बिष्णुबहादुर श्रेष्ठ र नारायण श्रेष्ठको संझनामा एकमिनेट मौनधारण गरी कार्यक्रम अगाडि बढेको थियो । संस्...
कोलोराडोमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

कोलोराडोमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाद्वारा अमेरिकाको कोलोराडोमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले शुभकामना व्यक्त गर्दै वरिष्ठ साहित्यकार साकारका सिर्जनाबारे चर्चा गर्नु भएको थियो । त्यसैगरी अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माबाट साहित्यकार साकारको व्यक्तित्व र साहित्यिक जीवनबारे प्रकाश पार्नु भएको थियो । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, कवि तथा कथाकार साकारले आफ्ना एक दर्जन कविता वाचन गर्नु भएको थियो । त्यस्तै कवि साकारका रचनाहरु अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी, कोलोराडो शाखा अध्यक्ष राजु सिटौला, सचिव लालप्रसाद च...
कोलोराडोमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नेपाल डे परेड’ सम्पन्न (फोटो फिचर)

कोलोराडोमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नेपाल डे परेड’ सम्पन्न (फोटो फिचर)

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् । रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजना, हेल्पिङह्याण्डको सहयोग तथा स्थानीय सबै संघ संस्थाको सहभागितामा बोल्डर नगरमा “नेपाल डे परेड” सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेटको उपस्थिती रहेको थियो । त्यस्तैगरी स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा नेपालीभाषी आमाबुबा, दाजुभाई दिदीबहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमे बाजाको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरे...
अमेरिकाको कोलोराडोमा भीषण हिमपात (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा भीषण हिमपात (फोटो फिचर)

मीन बोलखे (अमेरिका, कोलोराडो) । अमेरिकाको कोलोराडोमा शुक्रबार रातिदेखि भीषण हिमपात भइरहेको छ । हिमपातले चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । घर, गाडी, सडक, बोटविरुवाहरु हिऊँले सेताम्मे भएका छन् ।  
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालद्वारा आयोजित शुभकामना सांस्कृतिक साँझ (फोटो फिचर)

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालद्वारा आयोजित शुभकामना सांस्कृतिक साँझ (फोटो फिचर)

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले शनिबार साँझ आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न ...
अमेरिकाको कोलोराडोमा मनाइएको भव्य होली (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा मनाइएको भव्य होली (फोटो फिचर)

तश्वीरहरुः नातिबाबु भट्ट/मीन बोलखे (अमेरिका/कोलोराडो) । अमेरिकाको कोलोराडो स्थित नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आइतबार दिउसो १ बजे देखी ४ बजेसम्म भव्यताका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । कोलोराडो निवासी नेपालीहरुले आफ्नै भवनमा मनाए होली पर्व फोटो फिचर
हिऊँले ढाकेको कोलोराडो (फोटो फिचर)

हिऊँले ढाकेको कोलोराडो (फोटो फिचर)

कोलोराडो । कोलोराडोमा सबभन्दा जाडो हुने महिना जनवरी हो । जनवरी महिनामा रातको औसत तापक्रम १५.२ डिग्री फरेन्हाइट अर्थात (९.३३ डिग्री सेल्सियस) पुग्ने गरेको तथ्याङ्क छ । तर कोलोराडोमा सबभन्दा धेरै हिउँ पर्ने महिना मार्च हो । मध्य मार्चमा यहाँ ठूलो हिउँ आँधीहरू आउने गर्छन् । यसपटक पनि हिउँ आँधी शुरु भएको छ । मार्चमा पर्ने हिउँ प्रायः गरेर बाक्लो र ओसिलो हुन्छ जसले गर्दा हिउँ गर्हुङो भएर रुखहरू भाँच्चिने संभावना बढी हुन्छ । बिहीबार कोलोराडोमा स्कूलहरू बन्द छन् । बाटोमा थोरै मात्र गाडीहरू चलेका छन् । (शब्द/तस्विरहरु राजु सिटौला) (दुई तस्बिर आरसी पन्तको फेसबुकबाट ।) ...