कोलोराडोमा नेपाली जात्राः भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित (फोटो फिचर)
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजित नेपाली जात्रा सम्पन्न भएको छ । जात्रामा कलाकार तथा समाजसेवीद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीद्धारा भब्य समारोहबीच अभिनन्दन गरेको छ ।
नेपाली जात्रा स्थानीय लङमन्ट सिटी तथा स्थानीय संघ संस्थाहरूको सहयोग र समन्वयमा लङमन्ट डाउनटाउनमा सम्पन्न भएको हो । सोही समारोहमा नेपाली समाज र नेपाल राष्ट्रकोलागी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवैले नेपाली गीत, संगीत, कला, साहित्य र समाज सेवाको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city का मेयर Joan Peck ले नेपाली ढाकाटोपी, दोसल्ला, पुष्प गुच्छा तथा कदर पत्र प्रदानगरी अभिनन्दन गरेकी हुन् ।
हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन ...









