२४ माघ २०८२, शनिबार

नेपाली कांग्रेसले असंसदीय व्यवहार देखायोः एमाले

कोलोराडोखबर संवाददाता , May 17th, 2024

नेपाल । बिहीबार प्रतिनिधि सभामा भएको अप्रिय घटनाबारे नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदलाई मुठभेडको थलो नबनाउन आग्रह गर्नुभयो ।

उहाँले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्