साहित्यकार विजय चालिसेको उपन्यास युगसन्धि सार्वजनिक
नेपाल । ऋषि वशिष्ठ र विश्वामित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको मङ्गलबार राजधानीमा सार्वजनिक गरिएको छ ।
साहित्यकार विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबिचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबिचको द्वन्द्वमा कथा अघि बढेको छ । उपन्यासमा ब्रह्म शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबिच समानता साथै आर्य र अनार्यबिचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भनी वैदिककालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।
समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी ...









