अमेरिका, भारत र युरोपसहित विभिन्न १० देशमा घुमेर लेखिएको ‘यात्राको धुन’ बिमोचित
नेपाल । समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ ।
प्रगतिशील लेखक संघ नेपालको आयोजनामा भएको उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न देश गरी १० देशमा घुमेर उहाँले लेख्नुभएको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखेँ, विदेश भ्रमणका विषय उल्लेख गर्नुभएको छ, बेला बेलामा उहाँले नेपालको प्युठान लैजानुहुन्छ, त्यहाँको भिर, पाखा, पखेराको अनुभूति दिलाउनुहुन्छ, जसले उहाँको यो लेखनमा विविध रङ भरिएको महसुस गरेको छु ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरुवाती चरणमा उहाँले सुरु गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बत...









