साहित्यकार रमेशमोहन अधिकारीको ‘संयात्राको संयोग’ नियात्रा सङ्ग्रह सार्वजनिक
-मसान उपासक (नेपाल, हेटौंडा) । शनिवार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०६ औँ नियमित साहित्य शृङ्खलाअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गर्दै नियात्राकार रमेशमोहन अधिकारीको “संयात्राको संयोग” नियात्रा सङ्ग्रह सार्वजनिक गरेको छ ।
झसाप मकवानपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका अधिकारीको आफ्नो पाँचौ साहित्यिक कृतिको रुपमा “संयात्राको संयोग” सार्वजनिक गरिएको हो । ५ खण्डमा विभाजन गरी २८ वटा नियात्रा राखिएको यस सङ्ग्रहलाई बुलुबल पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको हो ।
२०३ पृष्ठ रहेको यस सङ्ग्रहको मूल्य रु. ४५०/– राखिएको छ । उहाँका यसअघि सम्झनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २...









