डा. शशि थापाका तीन कृति लोकार्पण
नेपाल । डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ ।
नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो ।
प्राडा जगमान गुरुङले नेपाली कलामा कामकला पुस्तकमाथि समीक्षा गर्दै कामकलाको प्रसङ्ग आउनेबित्तिकै अश्लील बोलेको, लेखेको भन्ने अल्पज्ञान राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सृष्टिलाई अनन्त बनाउनेलगायत गहन विषय बुझाउने उक्त कलाबारे नकारात्मक टिप्पणीले यस विषयमा अनुसन्धान गर्न पुस्तक प्रकाशन गर्न लेखकहरू हिचकिचाउने वातावरणमा डा। शशिले साहस र जाँगर देखाएको छ ।
त्यसै गरी प्राडा पन्तले मल्लकालिक नेपालका नारी पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक व...









