विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न
नेपाल । विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो ।
साहित्य सदन नेपालले आयोजना गरेको प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास प्रथम, भक्तपुरका भीष्मराज काफ्ले द्वितीय, पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही र मोरङका सोमनाथ दाहाल तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ३० हजार, २० हजार र तृतीय १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतिष्ठानका अर्का पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार निनु चापागाईं, आयोजक समितिका अध्यक्ष प्रा। डा। हेमनाथ पौडेलले प्रत्येक वर्ष विश्व कविता दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना हुनु साहित्यानुरागीका निम्ति हर्षको विषय भएको बताउनुभयो । कार्यक्रममा पाँच जना पुरस्कृतसहित...









