कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पित
नेपाल । कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ साउन १२ गते एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ ।
सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्य तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले मैनालीको कथामा नेपाली समाजको राम्रो चित्रण भएको बताए ।
अर्की समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरू यथार्थ घटनामा आधारित रहेको र बोधगम्य भाषामा कथा बनेर आएको बताइन् ।
आफ्नो लेखकीय मन्तव्य राख्दै कथाकार मैनालीले अनुभूति मिश्रित घटनाहरू आफ्ना कथा भएका छन् मेरी आमा कथाको मुख्य पात्र हुन् भन्दै समाजबाटै पात्र र घटनाहरू टिपेको कुरा बताए ।
कथाकार गोपी मैनालीको यो आठौँ साहित्यिक कृति हो भने यसअघि समालोचना, नियात्रा र...









