१५ कार्तिक २०८३, आईतवार

भाषा/साहित्य

पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरूपमा निष्ठापूर्णरूपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार उप्रेती आफ्ना पुर्ख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो । उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा पर...
दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

नेपाल । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा. नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उहाँको १७ औँ कृति हो । कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामर्थ्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित हुनुभएको बताउनुभयो । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढङ्गबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहनुभएको धारणा राख्नुभयो । अन्तरराष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले सङ्घर्ष र सौ...
कविताः ह्याङ्गर

कविताः ह्याङ्गर

–लक्ष्मण आचार्य– मनमा डल्लै छन् चल्ती, बचत र मुद्दती खाताजस्ता यादहरू टाँगिएका छन् मनहरू तहतह गरेर खप्ट्याइएको छ भूत, वर्तमान र भविष्य कतै कुनामा टाँगिएको छ पुरानो स्लिपिङ व्यागक‍ो गुजुल्टो ब्रिट्रिस आर्मीमा छँदाको भुपु कमव्याक ड्रेस ओभरकोट, ह्याट र धुर्मैलो पायट परमानेन्ट भिसामा एकाएक विदेशिए सन्तान दरसन्तानसहित बाहरू, काकाहरू पेन्सन पट्टाको रवाफमा जिउँछन् केवल जिउँछन् मात्र काकीहरू फुपूहरू एउटा डल्लै जिन्दगी गुलामीमा बितिदिएछ एउटा डल्लै भोगाई अरूकै निम्ति बाँचिएछ लहडलहडमै आउन त यता बेलायत आइयो ता नि न भाषा न भेष न शान्ति न सुख न यताको हुन सकियो न उताको नै भइयो अँ त अस्ति फूपूफुपाजु भन्दै हुनुहुन्थ्यो साँच्चै !अचेल धरान धरानजस्तो छैन धरानको परान परानजस्तो छैन बाँकी छन् , मात्र बाँकी छन् तहतह गरेर सजिएका चल्ती, बचत र मुद्दती खाताजस्ता य...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साहित्यकार वैद्यको ऋतु विमोचन

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साहित्यकार वैद्यको ऋतु विमोचन

नेपाल । साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो । सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित प्रा.डा. लुईटेलले संयुक्त रुपमा बैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो । भक्तपुर दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए । बु...
गीतः उडाओस् हुरीले, रुझाओस् झरीले…

गीतः उडाओस् हुरीले, रुझाओस् झरीले…

–लालगोपाल सुवेदी– उडाओस् हुरीले, रुझाओस् झरीले पिन्जरामा सुरक्षा चाहन्न चरीले एकान्तै छ स्वर्ग विना पीर बाँचूँ म हाँस्न चाहन्न लुकाएर आँसु म खान्न सुनको थालभित्र चारो स्वाधीनता नै मलाई सबैभन्दा प्यारो यही भोक मीठो जुठो खीरभन्दा यही भीर जाती सयौँ पीर भन्दा । –अमेरिका ।
गजलः रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ

गजलः रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ

–मिथिला अधिकारी– रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ खेतमा गोबर मल हाल फाइदै फाइदा हुन्छ । बाँझै राखी खेतबारी परदेश तिर लाग्नु भन्दा फलफूल रोप गर कमाल फाइदै फाइदा हुन्छ । घरेलुमा दर्ता गरी साना साना उद्योग चलाउ गुन्द्रुक बनाउ अचार गाल फाइदै फाईदा हुन्छ । आज भोलि भन्दा भन्दै नेटो काट्छ समयले ख्याल राखी पाईला चाल फाइदै फाइदा हुन्छ । आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै देशको लागि जागृतिको दियो बाल फाइदै फाइदा हुन्छ । –हेटौंडा, मकवानपुर ।...
गीतः देशलाई मुक्त बनाउन छ बाँकी

गीतः देशलाई मुक्त बनाउन छ बाँकी

–तुलसी घिमिरे– बिद्रोही मनमा उठेको छ आँधी देशलाई मुक्त बनाउन छ बाकी आफैलाई थुपार्ने गरेका छन् सोच अझै छ लुट्मार गरेका छन् मोज म उठ्छु पहिले अनि तिमी उठ एक एक गरेर सबै भाइ जुट छ मुक्ति सम्भव यहि बाटो रोज अझै छ लुट्मार ??? संसार आफ्नै बनाउने हो एउटै ढल्नेछ पापी चाहे आओस् देउतै छ शक्ति ठुलो आफैभित्र खोज अझै छ लुट्मार ??? धनी गरीबको बिचमा छ पर्खाल ढालेर पार्नु छ अधिकार वारपार बाँडेर लिनु छ जति हक जो छ अझै छ लुट्मार ??? –हेटौंडा, मकवानपुर ।...
लघुकथाः नजिर

लघुकथाः नजिर

-आरसी रिजाल- कतिदिन यिनहरुको टर्वो वचन खप्नु । भोलि "जे पर्ला सोही टर्ला, खाउन बाक्लो दाल " भनेर रामलालले आफ्नो जेथा तीन भाग लगाए । साह्रोगाह्रोमा बाबुआमाको रेखदेख नगरे छिमेकीको भनाइ सुन्नुपर्ला ठानेर एकबर्षमै आफ्नो नामको जग्गा बेचेर छोराहरू सहरतिर घर जोड्न लागे । केही बर्षपछी विभिन्न रोगले बुढाबुढीलाई गाज्दै ल्यायो । बृद्धभत्ताले औषधिमुलो गर्न नभ्याउने भएपछि छिमेकीको सल्लाह अनुसार नियमित औषधि खर्च छोराहरूले व्यहोर्नु पर्‍यो भन्न पुगे । दुबै छोराले आफ्नो जिउनी बेचेर समस्या टार्न सल्लाह दिए । बुढाले -- घडेरी बाहेक अरु जमिन रोगले खाइसक्यो ।त्यसैले तिमरुसँग हात फैलाउन परेको भने । तर चमडी जाला दमडी नजाला भन्ने खालका छोराहरू टकटकिए ।अमिलो मन बोकेर बुढाबुढी फर्किए । मर्ता क्या नकर्ता भनेझैं बाबुआमाले छोराबाट अंशपाउ भनी अनौठो मुद्दाहाले । यो मुद्दाको फैसला सुन्न बिशेषत पाकाहरु उत्सुक थिए ।...
गजलः संवादविहीन हुनुहुन्न कुनै पनि नाता

गजलः संवादविहीन हुनुहुन्न कुनै पनि नाता

–धनराज गिरी– संवादविहीन हुनुहुन्न कुनै पनि नाता गलतफहमिले च्यात्ने अति सुन्दर छाता सद्भाव खेती दोहोरो हो कुनै पनि युगमा सिकाउने यही कुरा सरस्वती माता हरेक रङ्ग खास हुने मौसम अनुसार मिल्नुपर्छ फूलहरू नीलासित राता साना साना नदीहरू मिली बन्ने सागर बने सिन्धु अहङ्कारी दूर हुने दाता सुदामा र कृष्ण कथा कण्ठ होला पक्का अमीरसित जमीर भए अब्बल जस्तापाता विश्वासले जोगिने हो सम्बन्धको ग्रन्थ भरोसाले मुस्कानले आहा हुने गाता इमानको विवेकको सबुत हुन्न केही ! मानवता आधार हो, हृदयको हाता ! –चितवन, नेपाल ।...
गाउँ खाने कविताः छाता

गाउँ खाने कविताः छाता

–रमेशचन्द्र घिमिरे– ‘कपडाको छाला रै’छ फलामको हाड खुम्चँदा चैँ लठ्ठी हुने खुल्दा हुने आड’ उत्तर भन्न किन ढिला सोची छिटो भन नत्र भए दस पुर्‍याउँछु तिमी एक, दुई गन । एउटै मात्र खुट्टा हुने हाम्रो काले दाइ दैलाभित्र छिर्न खोज्छ अटाई नअटाई जान्यौ भने यसको उत्तर भन्नु पर्ने हुन्छ नभनिन्जेल मैले एक, दुई गन्नु पर्ने हुन्छ । बाले प्रश्न लगातार सोद्धा भएँ जिल्ल उत्तर भन्छु तर उत्तर नमिल्ला कि मिल्ला ? घामपानीमा जसको हुन्छ मिठो प्यारो नाता उत्तर यही हो पानी पर्दा ओढ्नुपर्ने छाता । –भोर्लेटार, लमजुङ ।...