झरना साहित्यिक परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शुरु
–मसान उपासक (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका– ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा बकैया वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
शुक्रबारका विशेष कार्यक्रमहरूमा बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू समावेश भ...









