६ असार २०८३, शनिबार

भाषा/साहित्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एशिया क्षेत्र समित गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एशिया क्षेत्र समित गठन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय उपाध्यक्ष सरिता अर्याल (एशिया क्षेत्र) को संयोजकत्वमा एशिया समिति गठन भएको छ । समितिका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अरूण पौडेल (जापान), उपाध्यक्ष गीता रेग्मी (नेपाल), महासचिव ह्यारी बोन्ड (कोरिया), सचिव श्यामराज रानाभाट (कतार) र कोषाध्यक्ष लतिका जोशी (भारत) चयन हुनु भएको छ । समितिका सदस्यहरूमा सम्बन्धित महादेशअन्तरगत सबै च्याप्टरका अध्यक्षहरू पदेन सदस्य रहने अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जानकारी दिनु भयो ।...
अनेसास डीसी मेट्रो च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

अनेसास डीसी मेट्रो च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डीसी मेट्रो च्याप्टरको नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण एवम् पदस्थापन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा नन्दादेवी स्मृतिग्रन्थको लोकार्पण, स्रष्टासम्मान तथा कवितावाचन पनि गरिएको छ । वर्ष २०२४–२६ का लागि नीलकण्ठ सुवेदी अध्यक्ष रहेको उक्त नवनिर्वाचित समितिमा कविन्द्र सिटौला वरिष्ठ उपाध्यक्ष, शकुन्तला अधिकारी उपाध्यक्ष, जगन्नाथ पौडेल महासचिव, गोमा न्यौपाने सचिव, मनीष पोख्रेल कोषाध्यक्ष, तनुजा पोख्रेल, श्रेष्ठ समनश्री, दिलिप नेपाल, विमला थापा, रामहरि फुयाल र भुवनप्रसाद सिग्देल सदस्य रहेका छन् । मनाससको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा प्राडा मोहनप्रसाद तिमल्सिनालाई खादा माला दोसल्ला र अभिनन्दनपत्रबाट अभिनन्दन गरियो भने साहित्यकार देवेन्द्रप्...
डा. देवी नेपाललाई १ लाख राशीको अन्तरराष्ट्रिय साहित्य पुरस्कार

डा. देवी नेपाललाई १ लाख राशीको अन्तरराष्ट्रिय साहित्य पुरस्कार

नेपाल । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका नेपाली विषयका प्राध्यापक डा. देवी नेपाल अन्तरराष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुने भएका छन् । भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीका नाममा स्थापित ‘निरू शर्मा पराजुली अन्तरराष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकारलाई दिने निर्णय गरेको हो । बहुमुखी प्रतिभा नेपाललाई आगामी डिसेम्बर ५ देखि ८ मा उत्तरी असमको गोलाघाट जिल्लाको सरूपथार सहरमा हुने सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा सो पुरस्कार दिइने भएको छ । नेपाली एक लाख राशि सहितको पुरस्कार प्रदान गरिने गरी निर्णय गरिएको सभाका कार्यकारी सभापति डा चिन्तामणि शर्मा, सभापति दुर्गा खतिवडा र मूल सचिव मदन थापाले लेख्नुभएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ । ...
अमेरिका, भारत र युरोपसहित विभिन्न १० देशमा घुमेर लेखिएको ‘यात्राको धुन’ बिमोचित

अमेरिका, भारत र युरोपसहित विभिन्न १० देशमा घुमेर लेखिएको ‘यात्राको धुन’ बिमोचित

नेपाल । समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ । प्रगतिशील लेखक संघ नेपालको आयोजनामा भएको उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न देश गरी १० देशमा घुमेर उहाँले लेख्नुभएको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखेँ, विदेश भ्रमणका विषय उल्लेख गर्नुभएको छ, बेला बेलामा उहाँले नेपालको प्युठान लैजानुहुन्छ, त्यहाँको भिर, पाखा, पखेराको अनुभूति दिलाउनुहुन्छ, जसले उहाँको यो लेखनमा विविध रङ भरिएको महसुस गरेको छु ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरुवाती चरणमा उहाँले सुरु गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बत...
मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रह लोकार्पण

मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रह लोकार्पण

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण गर्नुभएको छ । समारोहबिच प्रज्ञा–प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा लोकार्पण गर्नुभएको थियो। कुलपति राईले मुक्तकले घटना प्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनुभयो । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्नु पर्ने उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा। कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनुभएको थियो । उहाँले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति ,मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताउनुभएको थियो । मुक्तककार पार्वती भट्ट, कार्मु चौलागाईं , प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वा...
अनेसास डीसी च्याप्टरको अध्यक्षमा नीलकण्ठ सुवेदी निर्वाचित

अनेसास डीसी च्याप्टरको अध्यक्षमा नीलकण्ठ सुवेदी निर्वाचित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी च्याप्टरको अध्यक्ष पदमा नीलकण्ठ सुवेदी निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कविन्द्र सिटौला, उपाध्यक्षमा शकुन्तला अधिकारी, महासचिवमा जगन्नाथ पौडेल, सचिवमा गोमा न्यौपाने र कोषाध्यक्षमा मनिष पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा तनुजा पोख्रेल, दिलिप नेपाल, बिमला थापा, रामहरि फुँयाल, श्रेष्ठ सनमश्री र भुवनप्रसाद सिग्देल चयन भएका छन् ।...
कविताः ताजमहल

कविताः ताजमहल

-लक्ष्मी श्रेष्ठ ‘रेशमी’- चुपचाप म नियालिरहेछु तिम्रा पदचालहरु जसरी भोको सडक बालक बजारमा सजाएका खाने कुरा नियाल्छ भिड्मा नि शान्त छु आजकल जमेका हिमताल जस्तै तिम्रा पाउजुका छम छम मेरा कानै झन्काएर गएका छन् मनभित्रको आस्थालाइ अझै बलियो बनाएर सल्लो सुसाएझैँ सुसाएर एक झोँका हावाको भरमा बिश्वासको ऐनालाई निमेशभरमा फुटाएर गयौ छरपस्ट टुक्राहरुमा मेरो प्रेम छरिएर मलाई नै जिस्काएरहेको देखेँ चोइटिएका ती भावनाहरुले खुचिङ खुचिङ मचाउँदै मुटु च्वास च्वास बिझाइरह्यो तिम्रा धोका र बेइमानिको आफैँ साक्षी बनेर चुपचाप म नियलिरहेछु तिम्रा पदचापहरु अब...म सजाउने छैन तिम्रा लागि माया र स्नेहको ताजमहल...। –चन्द्रपुर, रौतहट ।...
गीतः जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो

गीतः जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो

–तुसली घिमिरे– फारोगरी जिन्दगी यो बाँच्न पाए हुन्थ्यो जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो दुख त्यो हो कहिलेकाही आएपछि जान्छ जसोगरी भेल पसि फोहोर मैलो लान्छ । यो रातमा झ्याँउकिरीले गाँउछ मिठो गित बिहानिमा लाली छर्दै खुल्दछ क्षितिज धरतिमा एउटा प्यारो झलमल जुन छ त्यही पनी अँधेरीमा भक्कानिदै रुन्छ । मनभित्र थियो अस्मेल कति कति इच्छा माटो मात्र जोति रहे फलेन कतै शिक्षा मेरो भन्नू प्यारो मानिस दुनियाँमा कुन छ ? सधैंभरी यो दुखले माखी साङ्लो बुन्छ । –हेटौंडा, मकवानपुर ।...
कविताः गिज्याउँछन् कविताहरूले

कविताः गिज्याउँछन् कविताहरूले

–राजु सिटौला– आजभोलि मलाई, गिज्याउँछन् मेरा कविताहरूले, खिस्याएर थपडी बजाउँछन् मेरा कथाहरूले, मैले फूलको बारेमा लेखेको थिएँ, जूनको बारेमा अनि परीको बारेमा, सबै सबैमा मात्र तिम्रो बयान थियो, तिमी नै थियौ कविताहरूमा अनि कथाहरूमा, छोडेको थिएँ पानाहरूमा प्राणका केही डोबहरू, अक्षरहरूमा छोडेको थिएँ ढुकढुकीका केही स्पन्दनहरू, इतिहासका पानाहरूमा नखुइलिने गरी, युगौं युगसम्म घामपानी थेग्नेगरी, अपसोच, मप्रतिको प्रेम खुइलिएर गयो है ? एक टुक्रो जुनीको घामपानी पनि थेग्न सकेन है ? हेर न, तिमीले छोडेर गएपछि, गिज्याउँछन् मलाई आजभोलि मेरै कविताहरूले, खिस्याउँछन् मेरै कथाहरूले...। –कोलोराडो, अमेरिका ।...
पत्रकार सुधीर शर्माका दुई कृति माथि विमर्श

पत्रकार सुधीर शर्माका दुई कृति माथि विमर्श

नेपाल (हेटौँडा) । पत्रकार सुधीर शर्माका दुई कृति माथि हेटौँडामा विमर्श गरिएको छ । शर्माले लेख्नुभएको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह” र ‘हिमालपारिको हुरी’ माथि विमर्श गरिएको हो । राजनीतिज्ञ, साहित्यका, प्राध्यापक, विद्यार्थी, व्यवसायीको उपस्थितिमा शुक्रबार हेटौँडामा आयोजित विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुती राख्नुहुँदै लेखक शर्मासँग अन्तरक्रिया गर्नुभएको थियो । ‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकालदेखि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएको उल्लेख गर्नुहुँदै उपप्राध्यापक घिमिरेले ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले खुलारुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको बताउनु...