१९ बैशाख २०८३, शनिबार

भाषा/साहित्य

गजल

गजल

–मिथिला अधिकारी– सबै कुरा समयले खटाउँछ म के भनौं, आँखामा शत्रु पनि अटाउँछ म के भनौं । संगत गर्नु सोचेर मात्रै जमाना खराव छ, अमिलो परेपछी दूध फटाउँछ म के भनौं । गर्न त हर प्रयास गर मलाई सिध्याउने, ईर्ष्याले तिम्रै आयु घटाउँछ म के भनौं । सकेसम्म आफ्नै मनसँग रमाउनु सँगी, अरूले त अनेक पाठ रटाउँछ म के भनौं । तिमीले, मैले सोचे जस्तो छैन यो दुनियाँ, मदिरा राख्न मन्दिर हटाउँछ म के भनौं । –हेटौंडा, मकवानपुर ।...
लघुकथाः ताली

लघुकथाः ताली

–रमेशचन्द्र घिमिरे– ‘विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ ।’ उद्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो । पुरस्कार पाउने विद्यार्थीहरू एकपछि अर्को आउँदै गरे । पुरस्कार थन्क्याउँदैको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भ्याएनन् । ‘खै, ताली ?’ उद‍्घोषक शिक्षक फेरि चिच्याए । ताली पिट्नेले पिटिरहे । अर्काका लागि ताली पिट्दा पिट्दा एकथरि थाके । पुरस्कार पाउने विद्यार्थीहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए । ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के । सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए । –भोर्लेटार, लमजुङ ।...
कविताः अब अर्को एउटा क्रान्ति गर्नुपर्छ

कविताः अब अर्को एउटा क्रान्ति गर्नुपर्छ

-आर.आर. चौलागाईं- न यिनीहरूले देश बनाए न यिनीहरूले शान्ति कायम गराए न यिनीहरूले छिमेकीहरूसँग सम्बन्ध सुधारे न यिनीहरू आफैँ सुध्रिए न यिनीहरू आफैँ सच्चिए लुट्नु खानु घुम्नु र मोजमस्ती गर्नुबाहेक यिनीहरूले अरू केही पनि गरेनन् खालि नाचेर मात्रै बसे जनताका पीडामा हाँसेर मात्रै बसे खालि झगडामात्रै गरेर बसे बाहिरबाट आएको अनुदान देशभित्रबाट उठेको कर अनि विदेशबाट लाखौँ नेपालीहरूले रगत पसिना बगाएर पठाएको पैसाले तलब खाए गाडी चढे ठूल्ठूला महल बनाए देश विदेश घुमे सात पुस्तालाई पुग्ने कमाए तर कामको नाममा एउटा सिन्को पनि भाँचेनन् अब त अति भयो त्यसैले आउनोस् लाखौँ जनता सडकमा ओर्लेर अब नेताहरूलाई खोजीखोजी पिट्नुपर्छ अब नेताहरूलाई छानीछानी पिट्नुपर्छ अब नेताहरूलाई लखेटीलखेटी पिट्नुपर्छ अब अर्को एउटा क्रान्ति गर्नुपर्छ । –हेटौँडा, मकवानपुर ।...
पत्रकार कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक

पत्रकार कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक

नेपाल (हेटौंडा) । मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ असोज ३ गते बिहीबार हेटौडामा सार्वजनिक भएको छ । प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरू भीमसेन महत, सीता बिष्ट, प्रमिला पुलामी श्रद्धा, राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपान , नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्णप्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव...
डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान

डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान

नेपाल । ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।” १२खरी कथा प्रतियोगिता २०८१ कथा आह्वान प्रेस विज्ञप्ति कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । ...
हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न

हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । हेटौँडामा एक कार्यक्रमबीच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन गर्नुभएको छ । सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो । सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘सहिदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे– सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो । ‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख...
गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार गुठीले पुरस्कृत गर्ने

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार गुठीले पुरस्कृत गर्ने

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम मंगलबार घोषणा गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो । सार्वजनिक विवरणअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । रु एक लाख एक हजार १११ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र रु ५१ हजार १११ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको एक समिति गठन गरेको थियो । यही असोज १९ गते भैरव स्मृति दिवस...
अमेरिकाको वासिङ्टन डिसीमा मनाइयो मोती जयन्ती

अमेरिकाको वासिङ्टन डिसीमा मनाइयो मोती जयन्ती

अमेरिका । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले आइतबार मोती जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँ...
पत्रकार तथा लेखक सुधीर शर्माको दुई कृति सार्वजनिक

पत्रकार तथा लेखक सुधीर शर्माको दुई कृति सार्वजनिक

नेपाल । पत्रकार तथा लेखक सुधीर शर्माका ‘भिक्षु, व्यापार र विद्रोहः नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरीः गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ कृति आइतबार सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र नेमकिपाकी डा. लीला न्याइच्याईले कृतिबारे चर्चा गर्नुभएको थियो । यी दुई पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो ।...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्याय लण्डनमा सम्मानित

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्याय लण्डनमा सम्मानित

लण्डन । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको जनाइएको छ । यो संस्था विश्वको चर्चित संस्था मध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताउनुभयो । डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।...