१९ बैशाख २०८३, शनिबार

भाषा/साहित्य

बालकविताः दसैँको गृहकार्य

बालकविताः दसैँको गृहकार्य

–रमेशचन्द्र घिमिरे– रमाएर यो दसैँ मान्न पाइन्न कि ? गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ? नपढेर बिदामा खेल्यौ भने खेल अर्को जाँचमा पक्कै नि हुन्छौ तिमी फेल सर् मिसका कुराले दिमाग तात्तिन्छ लेख्दा(लेख्दा थाकेर मनै आत्तिन्छ छिमेकको साथीले चङ्गा उडायो थोत्रो जर्किन काटेर मोटर गुडायो त्यो साथीले खेलेको देखेपछि झन् मलाई कत्ति लेख्न र पढ्न छैन मन पढ्नु पर्छ भन्ने कुरा हाम्लाई थाहा छ चाडको बेला पढ्नै पर्छ भन्ने काहाँ छ ? किन यस्तो हैरानी किन पेलम् पेल ? घुँडा मारी लेखूँ म अब कतिन्जेल ? पिङ् खेल्न नि पाइएन मनै खन्न छ सकिएन लेखेर अझै टन्न छ सर् मिसले यो कुरा मनमा लिनू है रमाउने र हाँस्ने–खेल्ने मौका दिनू है पढाइको हतारोले टीकै लाइन्न कि ? गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ? – भोर्लेटार, लमजुङ ।...
पत्रकार बसन्त बस्नेतको नयाँ कृति ‘सिमसारा’ सार्वजनिक

पत्रकार बसन्त बस्नेतको नयाँ कृति ‘सिमसारा’ सार्वजनिक

नेपाल । पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, डबलीमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बस्नेत, चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतम र सङ्गीतकार एवम् गायक उज्ज्वल सागरले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा गायक उज्ज्वल सागरको पियानोका सोलो प्रस्तुतिसमेत रह्यो । उहाँले विभिन्न गीतमार्फत आफ्नो प्रस्तुति दिनुभयो । साथै कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तर्संवाद गर्नुभयो । कार्यक्रममा चलचित्र निर्देशक भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गर्नुभयो । बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मेहुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले बताउनुभयो । लेखक बस्नेत अहिलेको स...
साहित्यकार विजय चालिसेको उपन्यास युगसन्धि सार्वजनिक

साहित्यकार विजय चालिसेको उपन्यास युगसन्धि सार्वजनिक

नेपाल । ऋषि वशिष्ठ र विश्वामित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको मङ्गलबार राजधानीमा सार्वजनिक गरिएको छ । साहित्यकार विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबिचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबिचको द्वन्द्वमा कथा अघि बढेको छ । उपन्यासमा ब्रह्म शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबिच समानता साथै आर्य र अनार्यबिचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भनी वैदिककालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ । समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी ...
३० भन्दा बढी संघसंस्थाद्वारा गायक गणेश रसिकको नागरिक अभिनन्दन

३० भन्दा बढी संघसंस्थाद्वारा गायक गणेश रसिकको नागरिक अभिनन्दन

नेपाल । गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ । भोजपुर जिल्ला सम्बद्ध ३० भन्दा बढी सङ्घ संस्थाले रसिकको अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले गायक रसिकको अभिनन्दन तथा ‘गणेश रसिकः अभ्यार्थना ग्रन्थ’ कृति सार्वजनिक गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित रसिकका सिर्जना रैथाने स्वादका र कालजयी रहेको चर्चा गर्नुभयो । उहाँले देश र समाजलाई रसिकले दिनुभएको योगदानका विषयमा लेखिएका लेख सङ्ग्रह गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको विषय भएको र यसले उहाँका जीवनका आरोह अवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान बुझ्न सहयोग पुग्ने बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहित सामाजिक पक्ष समाजका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभिन्दनका लागि आ...
अनेसासद्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

अनेसासद्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

अमेरिका । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बिराटनगरका कवि मधुर भट्टराई प्रथम भएका छन् । भट्टराईले ‘स्कुल जानुछ’ शीर्षकमा कवितावाचन गरेका थिए । यसैगरी हाल क्यालिफोर्निया अमेरिकामा बस्दै आउनुभएका जमूना भट्टराई (आततायी आकाश) द्वितीय, मकवानपुरका कवि सुबास सजल (नदीको यात्रा), चितवनका कवि सिन्धु पौडेल (परदेशबाट फर्किने बेला) र ईलामका नदी भट्टराई (अग्लो शैलसमान होस् यश अझै साहित्यको फाँटमा) तृतीय हुन सफल भए । प्रतियोगितामा प्रथम हुनेलाई ५ सय अमेरिकी डलर, द्वितीयलाई ३ सय अमेरिकी डलर, तृतीय स्थान हासिल गरेका तीनजना कविलाई जनही २ सय अमेरिकी डलरसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रतियोगितामा विश्वभरीबाट (नेपाली भाषामा रचित) १ सय ६९ वटा कविता प्राप्त भएको र तीमध्ये २५ कविता पहिल...
दीपक गौतमको एकल गजल वाचन कार्यक्रम सम्पन्न

दीपक गौतमको एकल गजल वाचन कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । गजल मञ्चका पूर्व अध्यक्ष दीपक गौतमको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा गौतममले २ सत्र गरी कूल १० गजल सुनाउनु भयो । गौतमले ६० र ७० को दशकका साथै नयाँ गजलहरू समेत गरी बहर र बेबहरमा लेखिएका दुवैखाले गजल वाचन तथा गायन गर्नु भयो । कार्यक्रममा नवसर्जक साहित्य चौतारीद्वारा प्रशिक्षित ४ वटा विद्यालयका विद्यार्थीहरूबाट समेत गजल वाचन भएका थिए । गजल मञ्चका अध्यक्ष केशव समर्पणले गौतमका गजलहरूको प्रशंसा गर्दै गजल लेखन कार्यशाला समेत सञ्चालन गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । मकवानपुरका साहित्यकारहरू सहभागी रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो ।...
शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

नेपाल । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा प्रतिष्ठानले नेपाली साहित्य जगतमा विशेष योगदान गर्ने स्रष्ठाहरुलाई शमी साहित्य साधनाबाट सम्मान गरेको हो । सम्मानित हुने स्रष्ठाहरुमा कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन र प्राडा कृष्णप्रसाद दाहाल रहेका छन् । उनीहरुलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनही रु. ५० हजारसहित ताम्रापत्रबाट पुरस्कृत गरेका हुन् । सोहि कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा लेखक÷साहित्यकार गंगाप्रसाद उप्रेतीद्वारा लिखित बन्दी जीवनका अत्यासलाग्दा कथाहरु लोकार्पण गरिएको छ । शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले सोह्रौ वर्षमा प्रवेश...
महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान

महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान

नेपाल (हेटौंडा) । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, मकवानपुरको आयोजना एवं महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगदसहित अर्याललाई शनिबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको हो । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, महालक्ष्मी विकास बैङ्क लिमिटेडका क्षेत्रीय प्रबन्धक शम्भु पराजुलीलगायतले संयुक्त रूपमा पुरस्कार तथा सम्मान वितरण गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिएको छ । उहाँलाई नगद १० हजारसहित सम्मा...
कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण

कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण

नेपाल । कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्राडा अरुण गुप्ताले लेखक लामाको निबन्धले समग्र नेपाली परिवेश बोलेको बताउनुभयो । उहाँका अनुसार आफूले बोल्नभन्दा पनि लामाको लेखन कलाका विविध आयाममा लामो लेख वा पढाउँदा बयान गर्न सकिने विचार व्यक्त गर्न सकिने अवस्थामा रहेको छ । प्राडा विन्दु शर्माले भन्नुभयो, “लेखक लामाको निबन्धमा पहिचानको स्पर्श छ, लेखकले कथात्मक शैलीको प्रयोग गरेर जोखिम पनि उठाएका छन्, जुन हाल निबन्ध लेखनमा लेखिने शैली बनिरहेका छन् ।” उहाँले विगतमा निबन्धमा बढी दार्शनिक विषय लेखिन्थे भने हाल इतिहास तथ्याङ्कसमेत प्रयोग गरेर पाठकलाई विश्वास दिलाउने अभ्यास प्रचलित रहेकोमा लेखकले पनि त्यो धारलाई समाउने कोसिस गर्नुभएको बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले लेखक ...
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

नेपाल (हेटौंडा) । कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो । साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कवितासङ्ग्रह सार्वजनिक भएको हो । उच्च शिक्षा अध्ययनदेखि नै लामो समय मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आउनु भएका लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीबासी हुनुहुन्छ । उहाँले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताउनु भएको छ । लामाका कवितालाई कवि स्वयंले पसिनाको अनुहार खण्डको ‘देश यसरी चलेको’ वाचन गर्नुभयो । यस्तै ...