झरनाको चाडवाड बिशेष रचना वाचन कार्यक्रम सम्पन्न
-मसान उपासक (नेपाल, हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३०८ औँ साहित्य शृङ्खलाका अवसरमा बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवं रचना वाचन कार्यक्रम बुधबार महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झरनाका संरक्षक तथा पूर्व अध्यक्ष उद्धप्रसाद सापकोटाको विशिष्ट अतिथ्यता रहेको थियो ।
महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं झरनाका संरक्षक परशुराम गौतम, सोही विद्यालयका प्रधानाध्यापक देवकी सिग्देल, सहायक प्रधानाध्यापक छविकुमार राई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हरिनारायण यादव, शिवप्रसाद बोलखे, श्रीबहादुर राई, राधेश्याम राई, हरिप्रसाद दाहाल, प्रकाश थापा मगर, हरिप्रसाद घिमिरे, राजकुमार तिमल्सिना, कृष्ण घतानीलगायतको आतिथ्यता रहेको थियो ।
क...









