२८ फाल्गुन २०८२, बिहीबार

भाषा/साहित्य

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडो । आगामी मे २२ देखि २४ सम्म अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध गरिएको छ । अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले ५००० डलरको डाइमण्ड, ३००० डलरको प्लाटिनम, २००० डलरको गोल्ड, १००० डलरको सिल्भर र ५०० डलरको ब्रञ्च मध्ये कुनै एक स्पोन्सर ग्रहण गरी सहयोग गरिदिन अनुरोध गरेका छन् । अनेसास केन्द्रीय समितिको आयोजना र कोलोराडो शाखाको संयोजनमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२४ सम्म आयोजना गरिने लागेको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् । सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश...
कविता: क्रान्ति

कविता: क्रान्ति

-आर. आर. चौलागाईं- फोहर थुप्रिँदै गएपछि ग्याँस हुन्छ ग्याँस पनि जम्मा हुँदै गएपछि उकुसमुकुस हुन्छ उकुसमुकुस पनि थपिँदै गएपछि विस्टोफ हुन्छ अनि त्यही विस्फोट नै क्रान्ति हुन्छ । क्रान्ति भएपछि तहसनहस हुन्छ क्षतविक्षत हुन्छ परिवर्तन हुन्छ कि झन् बिग्रिन्छ कि सप्रिन्छ क्रान्तिको नायक खराब छ भने बिग्रिन्छ क्रान्तिको नायक असल छ भने सप्रिन्छ । म यतिखेर एउटा असल नायकको खोजीमा छु मलाई बिगार्नु छैन सपार्नु छ आउनोस् हामी सबै मिलेर एउटा असल नायकको खोजी गरौँ र क्रान्तिलाई सफल पारौँ । कहिलेकाहीँ बन्दूकबाट पनि क्रान्ति हुन्छ कहिलेकाहीँ मतदानबाट पनि क्रान्ति हुन्छ अहिले हामी मतदानबाट हुने क्रान्तिको बाटोमा छौँ । -हेटौंडा, मकवानपुर ।...
साहित्यकार महेन्द्र चालिसेको लघुकथाकृति ‘रङ्गभेद’ सार्वजनिक

साहित्यकार महेन्द्र चालिसेको लघुकथाकृति ‘रङ्गभेद’ सार्वजनिक

काठमाडौं । साहित्यकार महेन्द्र चालिसेको लघुकथाकृति ‘रङ्गभेद’ सार्वजनिक गरिएको छ । काठमाडौं रामहिटीमा कपन–बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार रोचक घिमिरे, गंगा कर्माचार्य पौडेल, गोपी मैनाली, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले उक्त कृति सार्वजनिक गरे । घिमिरेले साहित्यिक समाचारमूलक साप्ताहिक पत्रिका प्रकाशन गर्दै ६ सय अंक पुर्‍याउनु हिमाल चढ्नु बराबर भएको बताए । कृतिकार चालिसेको पहिलो कथासंग्रहभन्दा यो कृति परिस्कृत भएर आएको उनको भनाइ छ । सार्वजनिक कृतिमाथि साहित्यकारहरू ठाकुर शर्मा र गोपी मैनालीले समीक्षात्मक टिप्पणी गरे । नगरप्रमुख रिसालले नगरपालिकाले नेपाली साहित्य र साहित्यकारको सेवामा पनि आफूहरू लागेको बताए । लघुकथाकृति कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले प्रकाशनमा ल्याएको हो ।...
रेडपाण्डा बुक्सले बजारमा ल्यायो राजवका दुई कथाकृति

रेडपाण्डा बुक्सले बजारमा ल्यायो राजवका दुई कथाकृति

नेपाल । चर्चित आख्यानकार राजवको दुई कथाकृति ‘मासग्रेभ’ र ‘असह्य वाक्य’ एकसाथ प्रकाशनमा आएको छ । कथा, उपन्यास, कवितासहित विभिन्न विधाका दुई दर्जनबढी पुस्तक प्रकाशित गरिसकेका राजवको नवीनकृति ‘मासग्रेभ’ कोरोनाकालीन कथाहरूको संग्रह हो । ‘असह्य वाक्य’मा समसामयिक कथाहरू रहेका छन् । यी दुवै कथाकृति रेडपाण्डा बुक्सले बजारमा ल्याएको हो ।...
चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय

चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय

नेपाल । नइ एकेडेमीले चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समालोचक वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, चूडामणि बन्धु र दयाराम श्रेष्ठ लाई जनही ५०–५० हजार रुपियाँसहित उक्त पुरस्कारबाट विभूषित गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्र पसाईले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ । महासमालोक प्रा. त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते नेपाल भारत विश्वविद्यालय प्...
नन्दु उप्रेतीको नियात्रासङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक

नन्दु उप्रेतीको नियात्रासङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक

नेपाल । नियात्राकार नन्दु उप्रेतीको तेस्रो नियात्रासङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक गरिएको छ । यसअघि नियात्राकार उप्रेतीका ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ प्रकाशित छन् । काठमाडौँमा शनिबार सार्वजनिक नियात्रा कृतिमा जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिला समेटिएका छन् । फ्रेन्ड्स अन दी क्लाउड्स प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपालद्वारा प्रकाशित सो कृतिमा पेइचिङ, साङ्घाई र छङ्तु भ्रमणका सन्दर्भलाई मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । सो कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्कीले पुस्तक समीक्षा गर्दै ‘चीन यात्राका यादहरू’ सङ्ग्रहले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक जानकारी प्रस्तुत गर्ने बताउनुभयो । नियात्रासङ्ग्रहमा २० वटा नियात्रा सङ्गृहीत छन् । लेखक उप्रेतीले आफ्नो यात्रालाई सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक घुलन गरी अत्यन्त पठनीय बनाएको टिप्पणी प्राडा ...
नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

नेपाल । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए । विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए । ढकालका छ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन् । पछिल्लो दुई सय ८६ पृष्ठको पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ रहेक...
कवि तारा खत्रीको कविता कृति ‘जितको उज्यालो’ विमोचन

कवि तारा खत्रीको कविता कृति ‘जितको उज्यालो’ विमोचन

नेपाल । कवि तारा खत्री रोकायाको कविता कृति ‘जितको उज्यालो’ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, निबन्धकार युवराज नयाँघरे, कृतिकार तारा खत्री, बम बानियाँलगायतले कृतिको विमोचन गर्नुभएको हो । कुलपति राईले कविताको सिर्जनात्मक गति सधैँ उच्च हुने हुनाले कवि तारालाई सचेत भएर काव्यकर्ममा लाग्न सुझाव दिनुभयो । कृतिबारे आफ्नो समीक्षात्मक विचार राख्दै निबन्धकार नयाँघरेले कविले स्वतन्त्र विचारसहितका यी कविताले समकालीन नेपाली समाजको चिरफार गरेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, सन्ध्या पहाडीलगायतले कवि ताराको समग्र साहित्यिक योगदानमाथि चर्चा गर्नुभएको थियो ।...
गीत: क्रान्तिकारी भाषण गरेरमात्रै क्रान्तिकारी भइँदैन…

गीत: क्रान्तिकारी भाषण गरेरमात्रै क्रान्तिकारी भइँदैन…

-आर. आर. चौलागाईं- क्रान्तिकारी भाषण गरेरमात्रै क्रान्तिकारी भइँदैन क्रान्तिकारी गीत गाएरमात्रै क्रान्तिकारी भइँदैन । क्रान्तिकारी हुन त काम पनि त्यस्तै हुनुपर्छ क्रान्तिकारी हुन त परिणाम पनि त्यस्तै हुनुपर्छ क्रान्तिकारी कविता लेखेरमात्रै क्रान्तिकारी भइँदैन क्रान्तिकारी चिन्ह बोकेरमात्रै क्रान्तिकारी भइँदैन । क्रान्तिकारी हुन त विकृतिसँग लड्ने साहस हुनुपर्छ क्रान्तिकारी हुन त नयाँ नेपाल बनाउने आँट हुनुपर्छ क्रान्तिकारी बाजा बजाएरमात्रै क्रान्तिकारी भइँदैन क्रान्तिकारी रङ लगाएरमात्रै क्रान्तिकारी भइँदैन । -हेटौंडा, मकवानपुर ।...
कविता: पार्टी भन्दा हरतरहले देश हो माथि जान

कविता: पार्टी भन्दा हरतरहले देश हो माथि जान

-सुदीपभद्र खनाल- कोही भन्छन् अब त अति भो फाल सारा पुराना कोही भन्छन् पृतिकर नयाँ नै सबै हुन्न जान आआफ्नै नै मति विमति छन् एकता छैन गान पार्टी भन्दा हरतरहले देश हो माथि जान बोक्छन् पार्टी जनहृदयका बोल आस्था विचार हिँड्छन् बोकी जिरह मतका भेद आवेग धार जोड्ने सारा हृदय जनको शक्ति हो संविधान पार्टीभन्दा हरतरहले देश हो माथि जान हुन्छन् पार्टी मुलुक छभने देशमा हुन्छ पार्टी पार्टीभित्रै भन त ल कहाँ जन्मियो देश साथी पार्टी आस्था तर मुलुक हो आत्म साझा महान पार्टीभन्दा हरतरहले देश हो माथि जान पार्टी यौटा वनकुसुम हो देश हो फूलवारी पार्टी पाटी मुलुक घर हो दिव्य साझा छहारी उठ्दा हाम्रो मुलुक जनको शैलझैँ उठ्छ सान पार्टीभन्दा हरतरहले देश हो माथि जान हुन्नौ हामी मुलुक नरहे हुन्न हाम्रो विधान पार्टी मात्रै यदि भनिरहे डुब्छ साम्राज्य जान होउन् पार्टी तर मुलुकको राखियोस् उच्च मान प...