१३ भाद्र २०८३, शनिबार

भाषा/साहित्य

लघुकथा: बिरानो घर

लघुकथा: बिरानो घर

-आरसी रिजाल- गाईको तेस्रो बेतपछि बुढी आमाले -- आफूले स्याहार्न नसक्ने खबर पठाइन् । एकदिन ज्वाईं आएर बाछोलाई बोकेर अगाडि बढ्छन्। माली गाई पछिपछि लाग्छे। झण्डै सयहातजती अगाडि बढेपछि बुढी आमासंग बिछोडको पीरले होला फनक्क फर्केर आउछे। आमाले मालीलाई सुमसुम्याएर -- जाउ भन्छे। मालीलाई बाछोको मायाले तान्छ। अलि टाढा पुगेपछि फेरि फर्कन्छे। यसपटक आमाले निक्कै टाढासम्म पुर्‍याएर -- लौ आफ्नै दिदीको घर जाउ ! यस्तै हो संसार ! केही दिनपछि अभ्यस्त भएर उतैको मायामा भुल्छ्यौ। अब कहिले नफर्किनु है भन्दै धापमारेर पठाइन्। दूध छुटेपछि बाछो बेचिदिए। एकदिन आमाले एक्कासी माली आगनमा देख्छिन् र भन्छिन् -- किन भागेर आएकी ? भैगो माइती आइछ्यौ । तल खोल्सीमा टुसारे ,खन्यौ पलाएका छ्न्। घाँस देख्दा तिम्रो याद आइरहन्थ्यो। पसु भनेर के गर्नु ? मेरो मायाले तानिएकी हौ। शरीरको किर्ना टिप्दै आमाले -- ल हेर फेरि गाभिनी भैछ्यौ...
कविता: ऐना

कविता: ऐना

-सुदीपभद्र खनाल- सम्पत्तिलाई घर मित्र भाई कामार्थ त्याग्छन् डर लाजलाई सकिन्छ निद्रा सुख पीरले त्यो पीरो न चर्को जब पेट भोको संसार यस्तै छ इतिहास यस्तै जो जित्छ त्यो नै कटुसत्य जस्तै जित्ने र हार्ने पलको छ फेर पला अगाडि छ उषा अँधेर ज्यूँदो पलामै किन प्राणहीन जन्मन्छ यौटै पलमा नवीन सिर्जन्छ संसार सबै पलामा पलापलामै किन फेरि धामा संसार आफैँ बहुनाट्यशाला मनुष्य आफैँ छ यहाँ बिहाल के काव्य लेखूँ कुन शव्द चित्र सत्कर्म के हो पल की चरित्र? संसारकै यो सुखधाम भित्र बस्छिन् कतै रे कविता पवित्र भेट्दै नभेटी कुन काव्य लेखूँ च्याति कि आफ्नै हृद पट् म लेखूँ? -अमेरिका ।...
गजल: तिमी फोहर बोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ…

गजल: तिमी फोहर बोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ…

-आर. आर. चौलागाईं- तिमी फोहर बोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ तिमी रक्सी धोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ । नाच्न नजान्ने आँगन टेढो त्यसै भनेका हैन रहेछन् तिमी केके सोचेर हिँड्छौ अनि मलाई घृणा लाग्छ । केही न केहीका दुई कौडी तथाकथित देउताहरूको तिमी स्तुति घोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ । सास फेर्न नपाएर मानिसहरू यहाँ मरिरहेका छन् तिमी हावा रोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ । काम गरिरहेका तन्नेरीहरूलाई जे पायो त्यही भनेर तिमी व्यर्थै खोकेर हिँड्छौ अनि मलाई घृणा लाग्छ । -हेटौंडा, मकवानपुर ।...
कविता: ड्याम

कविता: ड्याम

-सर्वज्ञ वाग्ले- कहिलेसम्म ठूला देशहरूले आफ्ना नदीहरूलाई कङ्क्रिटका पर्खालभित्र थुनेर हाम्रो आकाशमा विनाशको बादल पठाइरहने ? कहिलेसम्म हिमालको काखमा जन्मिएका नदीहरू हाम्रो जीवनको धुन बनेर बग्नुपर्ने ठाउँमा अचानक मृत्युको हुङ्कार बनेर गाउँ, बस्ती र सपनाहरू बगाइरहने ? तिब्बततिर कुनै ड्यामको ढोका खुल्छ, कुनै पहिरोले नदीको सास रोक्छ, कुनै बाँधमाथि पानीको दबाब बढ्छ र त्यसको कम्पन हिमालको छाती हुँदै नेपालको मुटुसम्म आइपुग्छ । उता इन्जिनियरका नक्सामा नदी एउटा रेखा होला, ड्याम एउटा परियोजना होला, पानी एउटा स्रोत होला; तर यता त्यही पानी कसैको घर हो, कसैको खेत हो, कसैको पसिना हो, कसैको आमाको काख हो, कसैको छोराको फर्कने बाटो हो। एक्कासि नदी आफ्नो पुरानो बाटो बिर्सिएर राक्षसजस्तो गर्जिन्छ, पहिरोले पहाडको शरीर च्यात्छ, पुलहरू काठका सान...
कविता: लास

कविता: लास

-लक्ष्मण आचार्य- खोलाको किनारमा पल्टिएको छ एउटा लास ! लासको आँखाले खोजिरहेको छ आफन्तहरूको पहिचान कुरिरहेको छ आफ्नो समुचित दाहसंस्कार र अन्तिम अवसान ! भर्खरै केही जिउँदा मानिसहरूले लासको कानका मुन्द्राहरू लुछे नाकका फुलीहरू लुछे र मान्छेहरूको हुलमा गिद्धहरूको परिचय दिए खोई ? "हाम्रो मानवता कहाँ छ ? " लास माथि ऐश्वर्य खोज्ने ? खोई ? हाम्रो धर्म कहाँ छ ?" ऊ त विपदमा परेको थियो, बाँच्छु भन्दाभन्दै छटपटिएर विवशतामा मरेको थियोे सायद उसको शरीरभन्दा पहिले उसको प्रतिरोध मरेको थियो। उसको चित्कारसँगै सुन्दर जीवन अस्ताएको थियो यहाँ शवयात्रा त बाँच्नेहरूको निस्किरहेको छ यहाँ परीक्षण त बाँच्नेहरूको भइरहेछ किनारमा मिल्किएको त्यो एउटा लास केवल लास मात्र होइन कैयन सपनाहरूको उठिबास हो यो त प्रकृतिको कहालीलाग्दो विनाश हो ए ! लासमा ऐश्वर्य खोज्ने मानिसहरू हो...
साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

नेपाल । साहित्य सन्ध्याले पाँच स्रष्टा एवं अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार तथा सम्मान आज प्रदान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । सो क्रममा दाङकी साहित्यकार डा बिन्दु शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान प्रदान गरियो । त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङ...
पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह लोकार्पण

पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह लोकार्पण

नेपाल । साहित्यकार लक्ष्मीप्रसाद पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह आइतबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल वाङ्मय परिषद्, धनगढी, कैलालीद्वारा आयोजित कार्यक्रममा डा. पुष्करराज भट्ट, कथाकार ध्रुव मधिकर्मी, डा. हरिप्रसाद भण्डारी, डा. नवराज रिजाल, मनोहर लामिछाने, लघुकथाकार लता केसीलगायतले सो कृति सार्वजनिक गर्नुभएको हो । सार्वजनिक कृतिमाथि डा. शेखरकुमार श्रेष्ठ र शेखर अर्यालले लघुकथाका विविध आयामबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । समीक्षक शेखर अर्यालले समाजका विकृति र विसङ्गति तथा नैतिक मूल्यमान्यताका विषयलाई लक्ष्मीप्रसाद पौडेलका लघुकथाले जोडदार रूपमा उठाएको चर्चा गर्नुभयो । समीक्षक डा. शेखरकुमार श्रेष्ठले मिथकको प्रयोग र आख्यानका सैद्धान्तिक पक्षलाई समेत ख्याल गरी लघुकथालेखिनुपर्नेमा जोड दिनुभयो ।...
‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण

‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण

नेपाल । कवि विनयकुमार भण्डारीको ‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण भएको छ । शब्द मिडिया प्रालिले प्रकाशन गरेको कवितासङ्ग्रहमा ७४ कविता रहेको छ । राजनीतिक व्यवस्था, सामाजिक पक्ष, संस्कृति, नेवारी भाषाको कविता, ऐन नियम, किसान, सङ्गीतलगायतका कवितासङ्ग्रहमा रहेको छ । कवि भण्डारीद्वारा अन्य प्रकाशित कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ ९२०८१० र ‘तिम्रो देह मेरो जन्मदिन हो’ (२०७९) हुन् ।...
अल्पविराम पोखरेली ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत

अल्पविराम पोखरेली ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत

नेपाल । लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ) ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ । लघुकथा समाजको १९ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार सर्जक पोखरेलीलाई १० हजार १११ रुपियाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो । लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सर्वनाम थिएटरका संस्थापक नाटककार अशेष मल्ल, समाजका अध्यक्ष तुलसीहरि कोइराला र पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेशराज शर्माले संयुक्त रूपमा नगदसहित उहाँलाई सम्मान गर्नुभयो । वरिष्ठ नाटककार अशेष मल्लले संस्था खोल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन निक्कै कठिन भएको अवस्थामा लघुकथा समाजले १९ औँ वर्षमा लक्ष्य अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । लघुकथा समाजका संस्थापक अध्यक्ष ‘रोदन’ ले पुरस्कृत व्यक्तित्व श्रेष्ठका छोरा गायक विवेक श्रेष्ठले गीत गाएर चर्चित हुनुभएपछि छोरोको नामबाट चिनिनु...
कविताः समय

कविताः समय

-सुदीपभद्र खनाल- सम्झनेले आफैँलाई अहं ब्रह्मास्मी भनेर सम्प्पूर्णता सम्झेपनि भो यौटा सानो कण सम्झेर धूल सम्झेपनि भो खुल्ला आकाश या सानो त्रिणविन्दु सम्झेपनि भो खासमा उसले तपाईलाई मलाई र उसलाई अझ भनौँ हामीलाई कसरी हेर्छ ? के सम्झन्छ उ युक्लिड एथेना कृष्न क्राइष्ट बुद्द र इब्लिस जो पनि हुनसक्छ बर्बरिकको शक्ति सन्जयको दृष्टि र प्रभाको किरण जस्तो पनि बन्नसक्छ आखिर सर्वोत्तम शक्ति उही नै त हो जसले राजालाई रङ्क र रङ्कलाई राजा बनायो कौडीको भाउमा नबिक्ने ढुङ्गोलाई हिरा र चमकदार हिरालाई कालापत्त्थर बनायो जो काल हो र सृजन पनि उसैलाई सोधे थाहा हुन्छ आजभोलि कस्को मूल्य कति छ ओजन कति छ ताप र तौल कति छ किनभने उहीनै हो जसले संवेदनहीन ढुङ्गालाई ईश्वर र सर्वज्ञ ईश्वरलाई ढुङ्गा बनायो आज उसैको यक्ष प्रश्न तपाईँतिर सोझिएको छ ! भन्नुहोस् तपाईँ ढुङ्गो बन्ने कि ईश्वर ?...