फागुन १ गते कुन दिवस हो भनेर किन विवाद गर्नु ?
–रवीन्द्र मिश्र–
९४ प्रतिशत संसद प्रचण्डमार्गमा हिँडिरहेको छ ।
माओवादीहरूको शब्दावलीमा प्रयोग हुने ‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटोमात्र हो ।
देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्षमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहूआयामिक र सफल नेता प्रचण्ड हुन् ।
छिमेकीदेखि, अपवादलाई छोडेर, नेपाली नेता, बुद्धिजिवी, प्राज्ञ, पत्रकार र समाजको ठूलो हिस्सा सबैलाई समय अनुसार लटरपटर पारिदिने क्षमता कसैमा छ भने त्यो प्रचण्डमैँ छ। कम्तिमा पनि गत २५ वर्षको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ ।
जो सैद्धान्तिक रूपमा पहिलेदेखि गणतन्त्रवादी थिए, उनीहरू ‘प्रचण्डमार्गी’ होइनन् । तर राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि गणतन्त्रवादी भएका ुमाघे गणतन्त्रवादीहरू सबै प्रचण्डमार्गी हुन् । तर उनीहरू आफूलाई प्रचण्डमार्गी भन्न मन पराउँदैनन् । अझ कति त प्रच...









