अमेरिकामा नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय
अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय लिएको छ ।
हिन्दु चाडपर्व मान्ने दिनका सम्बन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको नतिजा शनिबार सम्पन्न टाउनहल बैठकमा सार्वजनिक गरियो ।
सर्वेक्षण, यसअघिका चाडपर्वहरुमा देखिएको बहुसङ्ख्यकको उपस्थितिलाई आधार मानेर यस्तो निर्णय भएको बताइएको छ । केन्द्र अन्तर्गत अहिले टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार छन् ।
अमेरिकाका निम्ति भनेर निकालिएका तिथिमा पर्व मनाउने गरी विगत ६ वर्षदेखि मन्दिर तथा बिहारले स्थानीय अलग्गै क्यालेण्डर सार्वजनिक गर्दै आएको थियो । तर ठूलो सङ्ख्यामा भक्तजन तथा हिन्दु धर्ममा आस्था राख्नेहरुले नेपाली पात्रो अनुसारकै दिनमा मान्न चा...







