१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

अन्तर्राष्ट्रिय पदक विजेता सरिनालाई घले समाज युकेको सम्मान

अन्तर्राष्ट्रिय पदक विजेता सरिनालाई घले समाज युकेको सम्मान

नेपाल । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष संजीतकुमार राईले बताउनु भयो । गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई ल्होसारको उपलक्ष्यमा युकेमै आयोजित कार्यक्रममा चार सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भयो। सरिनाले युकेमा भएको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नु भएको थियो । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको हो । यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धी समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको अध्यक्ष राईले...
एनआरएनएको १२औँ महाधिवेशनको मिति सारियो, अब मार्च १४ देखि १६ सम्म हुने

एनआरएनएको १२औँ महाधिवेशनको मिति सारियो, अब मार्च १४ देखि १६ सम्म हुने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्मका लागि सारिएको छ । एनआरएनए अन्तर्गतको स्टेरिङ कमिटीको शुक्रबार बसेको बैठकले १२औँ एकता महाधिवेशन काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको छ। बैठकले महेश कुमार श्रेष्ठ समूहलाई सदस्यता बन्न थप अवसर दिन सदस्यता वितरणको म्याद २५ जनवरीसम्म सार्ने निर्णय गरेको छ । साथै, सो समूहले प्रस्ताव गर्ने पञ्जीकृत सदस्यहरूको प्रमाणीकरण ३१ जनवरीसम्म एमआरएस प्रणालीमार्फत गर्ने निर्णय गरिएको छ । महाधिवेशनअघि राष्ट्रिय समितिहरूमा देखिएका विवाद अन्त्य गर्न विवादित राष्ट्रिय समितिसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा डा. बद्री केसी र महेशकुमार श्रेष्ठ नेतृत्वका दुई समूहबीच ऐतिहासिक एकता भएको थियो । सो एकतापछि गठित स्टेरिङ कमिटीलाई मार्च महिनाभित्र अन...
स्पेनमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु

स्पेनमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु

अमेरिका । दक्षिणी स्पेनमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ७३ जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना कोर्डोवा प्रान्तको आदमूज नजिकै भएको हो, जसका कारण म्याड्रिड र अन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ । मालागाबाट म्याड्रिड जाँदै गरेको एउटा रेल लिकबाट बाहिर निस्केर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किएको थियो । सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा दुवै रेलमा गरी करिब ५०० यात्रु सवार थिए । स्पेनिस रेल अपरेटर एडीआईएफले आइतबार दक्षिणी स्पेनमा यो भयानक दुर्घटना भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्नसक्ने आशंका गरेको छ । ७३ घाइतेहरूलाई उपचारका लागि ६ वटा छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएको छ ।...
पूर्वी पन्जाबमा सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

पूर्वी पन्जाबमा सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

नेपाल । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् । उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेलाई तत्काल नजिकका अस्पताल लगिएको थियो । उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक सङ्ख्या १४ पुगेको जनाइएको छ । कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ । सूचना प्राप्त हुना साथ रेस्क्यु टोली घटना स्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए । दुर्घटनामा महिला र बालबालिकासमेत परेको पुष्टि भएको छ । मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीले बताएका छन् ।...
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्षको जेल सजाय

नेपाल । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागु गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपमा दायर आठ वटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालती फैसला हो । ती मुद्दामा उहाँको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी छ । युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उहाँले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानुनअनुसार मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ । यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उहाँलाई हिरासतमा राख्ने अधिकारीको ...
अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय

अमेरिका । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको जनाएको छ । नेपालसहित सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूको सूचीमा परेका छन् । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुनः मूल्यांकन गर्दैन ।’ आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा...
सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी

सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी

नेपाल । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउनु भएको छ । युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक कार्य” आवश्यक रहेको उल्लेख गर्दै डब्लुएफपीले मात्र भोकमरी अन्त्य गर्न नसक्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले मानव निर्मित अनिकाल अन्त्य गर्न, मानवीय कोष बढाउन र विश्वभर बढ्दो भोकमरीको केन्द्रमा रहेको द्वन्द्वलाई सम्बोधन गर्न तत्काल कदम चाल्न विश्वका नेतालाई आह्वान गरेका छन् । “नयाँ वर्षको सुरुवाती दुई हप्तामै विश्वले खतरनाक र विश्वव्यापी भोक सङ्कटको जोखिमको सामना गरिरहेको उनीहरुले बताएका छन् । “डब्लुएफपीको संकल्प अडिग रहेको ...
थाइल्यान्डमा रेल दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु

थाइल्यान्डमा रेल दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु

नेपाल । थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रिटका खम्बामा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ । उद्धार कर्ताले राजधानी बैँकको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रु निकाल्ने काम गरेको जनाइएको छ । दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ । चिनको ५।४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ । ...
एनआरएनएको १२औँ महाधिवेशन विधानअनुसार गर्नुस: परराष्ट्रमन्त्री बालानन्द शर्मा

एनआरएनएको १२औँ महाधिवेशन विधानअनुसार गर्नुस: परराष्ट्रमन्त्री बालानन्द शर्मा

नेपाल । गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार आगामी २०२६ फेब्रुअरी २३–२५ सम्म काठमाडौंमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलसंगको भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । “नेपालमा भौतिक रूपमा गर्दा धेरै सकारात्मक पक्ष छन्, त्यसैले नेपालमै गर्नुहोस् भन्ने मेरो चाहना हो,” मन्त्री शर्माले भन्नुभयो, ‘तर हामीले मान्नुपर्ने नियम–कानुन हुन् यसर्थ तपाईंहरूको विधानले जे भन्छ, त्यहीअनुसार गर्नु राम्रो हुन्छ, किनकि नेपाल आउन नसक्ने सदस्यहरूलाई ...
एनआरएनए एनसीसी अमेरिकाद्वारा ६ सदस्यीय प्याट्रोन कमिटी गठन

एनआरएनए एनसीसी अमेरिकाद्वारा ६ सदस्यीय प्याट्रोन कमिटी गठन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अध्यक्ष विकास उप्रेतीज्यूको अध्यक्षतामा यही जनवरी ४, २०२६ मा सम्पन्न पूर्ण कार्यसमिति बैठकले सर्वसम्मत रूपमा ६ सदस्यीय प्याट्रोन कमिटी गठन गरेको छ। उक्त प्याट्रोन कमिटीको चिफ प्याट्रोन पदमा शिव राई चयन हुनु भएको छ । साथै, प्याट्रोन सदस्यहरूमा भुवन आचार्य, डा. सन्जु महतो, डा. तारा सिग्देल, सुनिता सापकोटा कन्डेल तथा कुलमणि आचार्य रहनु भएको छ । ...