वैदेशिक रोजगारीका लागि कोरिया जान नपाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन
नेपाल । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे पनि लामो समयसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
कृषि तथा पानीजहाज क्षेत्रमा कामका लागि आवश्यक भाषा परीक्षा पास गरी रोस्टर सूचीमा सूचीकृत भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा समेत रोजगारदाताबाट छनोट हुन नसकेको गुनासो गर्दै उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूको भनाइमा हालको व्यवस्थाअनुसार दुई वर्षभित्र रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने व्यवस्था रहेकोले ठूलो सङ्ख्यामा युवाहरू अवसरबाट वञ्चित हुने जोखिममा छन्।
उनीहरूले रोस्टरको अवधि थप गरी कम्तीमा दुई वर्ष म्याद वृद्धि गर्न माग गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले आफ्नो रोस्टर अवधि समाप्...








