गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग
नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले नयाँ कार्यसमिति आएपछि परोपकारी काममा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ ।
एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसी तथा पदाधिकारीको उपस्थितिमा शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको तीन महिने अवधिमा विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको विवरण सार्वजनिक गरिएको हो ।
अध्यक्ष केसीको नेतृत्वमा गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. केसीसहितको नयाँ कार्यसमिति चुनेको थियो । कार्यसमितले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू...









