अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू स्वदेश फर्किए
नेपाल । अमेरिकाका दक्षिण तथा मध्यएशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए।
सहायक विदेशमन्त्री लूले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाए ।
उनले सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको क...








