१९ कार्तिक २०८२, बुधबार

अन्तराष्ट्रिय/प्रवास

कतारी अमिरको नेपाल भ्रमणः विभिन्न सम्झौतामा हस्ताक्षर हुने, बुधबारनै फर्कन

कतारी अमिरको नेपाल भ्रमणः विभिन्न सम्झौतामा हस्ताक्षर हुने, बुधबारनै फर्कन

नेपाल । मंगलबार अपरान्ह कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका छन् । यसैक्रममा अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान तथा शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले सम्झौता नहुने भएको छ । थानीले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए । कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए । कतारी ...
कतारका राजा अल थानी मंगलबार नेपाल आउँदै

कतारका राजा अल थानी मंगलबार नेपाल आउँदै

नेपाल । मंगलबार नेपालमा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आउँदैछन् ।​ कतारी राजा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन् । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन् । थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारी राजा दुईदिने भ्रमण सकेर बुधबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्नेछन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । उन...
मानवसेवा आश्रमको टोली बेलायतमा, १ लाख पाउन्ड जुटाउने लक्ष्य

मानवसेवा आश्रमको टोली बेलायतमा, १ लाख पाउन्ड जुटाउने लक्ष्य

बेलायत । मानवता प्रवर्द्दनको लागि आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको तयारीको लागि नेपालबाट व्यवस्थापकीय टोली शुक्रबार बेलायत आइपुगेको छ । मानवसेवा आश्रम बेलायत च्याप्टरको निमन्त्रणा एवं आयोजनामा आगामी मे ५ मा बेलायतमा हुन गईरहेको समाजसेवी तथा लोकप्रिय गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टको तयारीको लागि व्यबस्थापकीय टोली बेलायत पुगेका हुन् । मानवसेवा आश्रम सहयोगार्थ गायिका आनीले क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा सांगीतिक प्रस्तुती दिन लाग्नुभएको हो । व्यवस्थापकीय तयारीको लागि नेपालबाट मानवसेवा आश्रमका केन्द्रीय महासचिव शुशिला केसी, केन्द्रीय सचिव एवं प्रवक्ता सुमन वर्तौला र मानवसेवा आश्रम बेलायत च्याप्टर कोषाध्यक्ष आदरणीय चन्द्र अर्याल नेपालबाट बेलायत आउनु भएको हो । कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्...
यूएईमा आएको बाढीको असरः एक नेपालीको मृत्यू

यूएईमा आएको बाढीको असरः एक नेपालीको मृत्यू

अमेरिका । यूएईमा आएको भिषण बाढी पहिरोले नेपाली पनि पीडित भएका छन् । यसैक्रममा युनाईटेड अरब इमिरेट्स ९युएई० मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।...
इरानद्वारा ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला

इरानद्वारा ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला

अमेरिका । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ। मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई ूइजरेली अपराधूको जबाफ बताएको छ । जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले ‘अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा’ झेल्नुपर्ने चेतावनी दिएको थियो । इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन...
एनआरएनएमा नियमित बाहेकका कामकारबाही गर्न परराष्ट्रको रोक

एनआरएनएमा नियमित बाहेकका कामकारबाही गर्न परराष्ट्रको रोक

नेपाल । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नियमित बाहेकका कामकारबाही गर्न रोक लगाएको छ । एनआरएनएको तालुकदार मन्त्रालय परराष्ट्रले बुधबार पत्राचार गर्दै सर्वोच्चको फैसलाअनुसार नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषदको गठन नभएसम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारवाही बाहेक अन्य कामकारबाही गर्न रोक लगाएको हो । मन्त्रालयले संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितामा प्रभाव पार्ने, अतिरिक्त आर्थिक दायित्व बहन गर्नु पर्ने, गैर आवासीय नेपालीहरुको एकता, परस्परिक सहयोग र स‌द्भाव अभिवृद्धिमा आघात पुग्ने प्रकारका कुनैपनि गतिविधिहरु नगर्न नगराउनु समेत गैरआवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम १६ को उपनियम (२) बमोजिम निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव लक्ष्मण खनालद्वारा हस्ताक्षरित पत्रमा २०७८ माघ १ को बिन्दुबाट एनआरएनएको गतिविधि सुरु गर्न सर्वोच्चको चैत २१ ...
क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा १५ वटा टिमले भाग लिने तय भएको छ । सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार डलर नगदसहित पुरस्कारको व्यवस्था गरिएको जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिनु भयो । उक्त प्रतियोगितामा सहभागी हुन चाहने टोलीलाई दर्ता शुल्क ५ सय राखिएको थियो । त्यस्तै भलिवल प्रतियोगितसँगै अप्रिल १...
गैरआवासीय नेपाली संघ र नेपाल कानून आयोगका प्रतिनिधिबीच छलफल

गैरआवासीय नेपाली संघ र नेपाल कानून आयोगका प्रतिनिधिबीच छलफल

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीसँग गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली सम्बन्धी ऐन सम्बन्धमा छलफल गरेको छ । संघका अध्यक्ष डा केसी लगायतका प्रतिनिधिहरुले हाल गैरआवासीय नेपाली नागरिकता लिएका गैरआवासीय नेपालीहरुले नागरिकता लिए पश्चात भोगेका समस्या बारे जानकारी गराएका थिए ।सो क्रममा गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरहनै प्रयोग गर्न दिने क्रममा घरजग्गा सम्पत्ति (पैतृक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साबिक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिन आग्रह गरिएको छ । यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई पनि यस ...
टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

टेक्सास निवासी जोशीले छाडे एनआरएनए, ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने तयारी

अमेरिका । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेकाका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो। अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए । जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए । सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नरहेको समेत दावी गरे । ‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद...
डा. केसीकै नेतृत्वमा एनआरएनएको परोपकार सम्बन्धी कामलाई निरन्तरता दिने निर्णय

डा. केसीकै नेतृत्वमा एनआरएनएको परोपकार सम्बन्धी कामलाई निरन्तरता दिने निर्णय

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकताको महाधिवेशनको सुनिश्चिता नहुँदासम्म वर्तमान कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले सर्वोच्च अदालतको निर्णयको पूर्णपाठ आए पछि मात्र आधिकारिक धारणा तय गर्ने र आवश्यक परे कानूनी उपचार खोज्ने निर्णय गरेको छ । बैठकले संघले अघि सारेका परोपकार सम्बन्धि कामलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, बैठकले संघका राष्ट्रिय समितिहरु स्वतन्त्र रहेको हुँदा ती समितिहरु यथावत् रहने निर्णय गरेको छ। सर्वोच्च अदालतको फैसलाले कार्यकारी अधिकारको बारेमा कुनै पनि निर्णय नदिएको अवस्थामा कामचलाउ (केयर टेकर) कार्यसमितिको रुपमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको हो । यसअघि सर्वोच्च अदालतले पूर्वअध्यक्ष शेष घलेलाई एकता निर्वाचन गर्न भन्दै १०औं महाधिवेशनको निर्णय उल्टाए पछि संस्थ...