१९ कार्तिक २०८२, बुधबार

अन्तराष्ट्रिय/प्रवास

बेल्जियममा नेपाली खाना महोत्सव सम्पन्न

बेल्जियममा नेपाली खाना महोत्सव सम्पन्न

अमेरिका । बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो । नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो । हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टलहरु सजाइएको थियो । खाना महोत्सवको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी पनि कार्यक्रममा सहभागी थिए । १५ भन्दा बढी देशका राजदूतहरुसहित बेल्जियम तथा युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवलको अवलोकन गरेका थिए । नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले नेपाली खानालाई विश्वमाझ चिनाउन र नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । ५ हजारभन्दा ब...
बेलायती प्रधानमन्त्री ऋषि सुनकद्वारा संसद भंग गर्दै जुलाई ४ मा आमनिर्वाचनको घोषणा

बेलायती प्रधानमन्त्री ऋषि सुनकद्वारा संसद भंग गर्दै जुलाई ४ मा आमनिर्वाचनको घोषणा

एजेन्सीहरु । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ । अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् । ...
अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाइँदै

अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाइँदै

अमेरिका (बोस्टन) । विश्वमा शान्तिको महत्व दिनानुदिन बढ्दै गइरहेको छ। नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धलाई विश्वकै शान्तिका अग्रदूत मानिन्छ । जसले जगतलाई शान्ति प्राप्त गर्ने अमूल्य ज्ञान र दर्शन दिएर गए । उनै महात्माको स्मरण विशेष गरी बैशाख शुक्ल पूर्णिमाका दिन वा त्यस दिन अघि पछि गर्ने गरिन्छ । हरेक वर्ष बैशाष शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ । यस वर्ष २०८१ साल जेठ १० गते अर्थात सन् २०२४, मे २३ तारिख बिहिबार बुद्ध जयन्ती परेको छ । यसै अवसरमा विविध कार्यक्रमहरु गरेर बुद्ध जयन्ती विश्वभर मनाइदै छ । यसै अवसरमा, अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ। हरेक वर्ष झै यस वर्ष पनि बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको हो । पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) संयुक्त आयोजना र...
अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा

अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा

अमेरिका (बोस्टन) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन् । उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुनगइरहेको छ । कार्यक्रम तालिका असार मे २५ तारिख शनिवार साँझ ५ बजे साधाण सभाको उद्घान गर्ने गरी आवश्यक तयारी गरिएको छ । तयारीका सम्बन्धमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साधारण सभाला...
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु

इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु

एजेन्सीहरु । इरानी राष्ट्रपति इब्राहिम रइसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानका साथै नौ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर अजरबैजानको पहाडमा भेटिएको थियो । हेलिकोप्टर आइतबार बेलुकी ७ बजे अजरबैजान आसपासबाट बेपत्ता भएको थियो । रातभर गरिएको खोजतलासपछि हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।...
फिनल्याण्डमा पनि चित्रकार यादवको मिथिला कला प्रदर्शनी

फिनल्याण्डमा पनि चित्रकार यादवको मिथिला कला प्रदर्शनी

फिनल्याण्ड । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो । प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन् । जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन् । नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो । त्यसपछि बर्लिनको नेपाली दूतावा...
बेलायतमा २५६८औं बुद्ध जयन्ती मनाइँदै

बेलायतमा २५६८औं बुद्ध जयन्ती मनाइँदै

बेलायत । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो । वुल्लीचको जनरल गोर्डन स्क्वायरमा आयोजना हुने सो कार्यक्रमको तयारी सुरु भएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए । दिउसो २ देखि सांझ ७ बजेसम्म हुने कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कार्यक्रम फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कँडेलले कार्यक्रमले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्न देवा पुग्ने बताइन् । पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली, फडिन्द्र भट्टराई र आरके त्रिपाठी, इनास यूके अध्यक्ष सन्जय कंडेल, जनजाति महासंघ यूके अ...
स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली प्रहार

नेपाल (एजेन्सी) । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गम्भीर अवस्थामा उनको उपचार भइरहेको विवरणहरूमा जनाइएको छ। हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन्। ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको थियो । विवरणहरूमा जनाइएअनुसार उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक भएको थियो । सुरक्षाकर्मीहरूले फीट्सोलाई नजिकै रहेको एउटा कारभित्र लग्नुअघि थुप्रै राउन्ड गोली चलेका आवाज सुनिएको थियो । घटनामा घाइते भएका प्रधानमन्त्रीलाई अस्पताल पुर्‍याइएको छ भने आरोपित हमलाकारीलाई प्रहरीले पक्राउ गरेका छन् । (–बीबीसीबाट) ...
नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

अमेरिका (बोस्टन) । यति बेला नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको संघको १७औं साधारण सभाको तयारीमा अहोरात्र जुटिरहेको छ । तयारी अन्तर्गत संस्थाले उक्त साधारण सभामा सहभागी हुन आफ्ना सदस्यहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ । संस्थाले यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा हुन गइरहेको उक्त साधारण सभामा आफ्ना सदस्यहरुलाई सपरिवार सहभागिता जनाउन चुले निम्तो दिएको हो । उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुने गरी आवश्यक तयारी गरिएको छ । नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले आसन्न साधारण सभालाई संस्थागत, पारिवारिक र सामाजिक दृष्टिकोणले सफल र उपलब्धिमूलक बन...
हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

बेल्जियम । बेल्जियममा बसोबास गर्दै आएका कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिएको छ । केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनय गरेका थिए ।...