३१ भाद्र २०८२, मंगलवार

अन्तराष्ट्रिय/प्रवास

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनमा नयाँ नेतृत्व चयन

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनमा नयाँ नेतृत्व चयन

अमेरिका । अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एञ्जा) को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा यही फेब्रुअरी २१ र २२ मा भएको अधिवेशनबाट अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । ४३ मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत पाए । उपाध्यक्षमा माधवप्रसाद गैरे २२ मत ल्याउँदै निर्वाचित भए । यो पदमा प्रकाश हुमागाइँले १९ र सीताकुमारी विश्वकर्माले दुई मत प्राप्त गरे । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दिर अधिकारी, पब्लिक अफिसरमा कोम खत्री, प्रवक्तामा मिलन दाहाल सर्वसम्मत चयन भए ।सदस्यमा सरल गुरुङ, विनायक अधिकारी, गोपाल छन्त्याल र केदार रायमाझी निर्वाचित भएका निर्वाचनमा समितिका संयोजक राजु अधिकारीले जानकारी दिए । सोही अवसरमा अस्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गर्दै आए...
कतारमा सवारी दुर्घटनामा मृत्यु भएका एनआरएनएका अभियन्ता आचार्यको शव गुल्मी पुर्याइयो

कतारमा सवारी दुर्घटनामा मृत्यु भएका एनआरएनएका अभियन्ता आचार्यको शव गुल्मी पुर्याइयो

नेपाल । कतारमा सवारी दुर्घटनाबाट असामयिक निधन भएका राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष र अभियन्ता झविन्द्र आचार्यको पार्थिव शरीर गुल्मी पुर्याइएको छ । गैरआवासीय नेपाली संघ कतार र गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयको संयुक्त सहयोगमा उनको शव मंगलबार गुल्मी स्थित उनका घरसम्म पुर्याइ, निजको परिवारलाई जिम्मा लगाइएको हो । अध्यक्ष डा. बद्री केसीले आचार्यको निधनमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनसँग समवेदना व्यक्त गरेका छन् । उनको शव गुल्मी पठाउन गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रकुमार राउत सहितको टोली त्रिभुवन विमानस्थलमा पुगेको थियो । नेपाल व्यवसायी संघ कतारका सदस्य र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन भएका हो । कतारमा सफल युवा व्यवसायी रहे...
दुबईमा होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुबईमा होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । नेपालका प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा यस वर्षको होली पर्व मनाएको छ । एकता समाजको युएई शाखाले आइतबार दुबईको बरदुबईमा धुमधाम एवं भव्यताका साथ होली महोत्सव मनाएको हो । पूर्व उपप्रधानमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख अतिथिको रुपमा होली कार्यक्रमको गरिमा बढाउनुभएको थियो । कार्यक्रममा मधेशी समुदायका ७ सय जनाभन्दा बढी मानिस सहभागी थिए । त्यस अवसरमा उनीहरुले एकअर्कालाई रंग र अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव विमलेश मिश्र, श्रम सहचारी पंकज लाभ कर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा। बबीसिंह यादव, अन्तर्राष्ट्...
सर्वोच्चको पत्रमा के छ ? एनआरएनएले दियो यस्तो जवाफ…

सर्वोच्चको पत्रमा के छ ? एनआरएनएले दियो यस्तो जवाफ…

अमेरिका । सर्वोच्च अदालतले गत चैतमा भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र लेखेको छ । गतवर्षको फैसला कार्यान्वयन गर्नुको साटो फैसलामाथि नै प्रश्न उठाउने काम भएको भन्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले एनआरएनएको सचिवालयको नाममा पत्र लेखेको हो । फैसला कार्यान्वयन निर्देशनालयले संघको प्रशासनिक कामकारवाही लगायत सबै कागजपत्र उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न पत्र पठाएर निर्देशन दिएको हो । यता, सोमबार एनआरएनएका महासचिव गौरी राज जोशीले विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको छन् । के छ सर्वोच्चको पत्रमा र एनआरएनएको विज्ञप्तिमा ?    ...
पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना

पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना

अमेरिका । पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्तीसेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरण सम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ । यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तया...
एनआरएनएको राष्ट्रिय समितिको सदस्यता अभियान शुरु

एनआरएनएको राष्ट्रिय समितिको सदस्यता अभियान शुरु

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाण्डौमा हुने १२ औं विश्व सम्मेलनको तयारीका लागि आइतबारदेखि राष्ट्रिय समितिको सदस्यता अभियान शुरु गरेको छ । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तका अनुसार आइतवारदेखि एसिया, ओसिनिया, मध्यपूर्व, युरोप, अफ्रिका र अमेरिका क्षेत्रमा सो अभियान सञ्चालन गरिने भएको हो । संघको सदस्यता वितरण, सदस्यहरूको कर्तव्य, अधिकार र सुविधाबारे सो कार्यक्रममा जानकारी दिइनेछ । कार्यक्रममा एनआरएनएको नयाँ सदस्य सूचना प्रणाली र स्मार्ट एनआरएनएको अपडेट बारे सदस्यहरूसँग छलफल गरिनेछ । कार्यक्रममा गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरू र केन्द्रीय पदाधिकारीहरू भर्चुअल माध्यमबाट जोडिनेछन् ।...
संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छः प्रधानमन्त्री ओली

संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिबेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोरयाउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहिबार राती०भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उक्त अवसरमा अध्यक्ष डा. बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिबेशन सुरु भएपछि आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको स्मरण गराउँदै अहिले जारी अधिबेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धि विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गर्नुभयो । जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरका...
पोर्चुगलमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ को शाखा

पोर्चुगलमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ को शाखा

अमेरिका । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ । राजधानी लिस्बनमा भएको भेलाले पोर्चुगल निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषध्यक्षमा अनु गुरुङ चयन हुनुभएको छ । यस्तै, एसोसिएसनको सदस्यहरूमा विष्णुबहादुर घर्ती, अनन्त तिवारी, अर्जुन सोनाम, समिर भट्टराई, उज्वल ढकाल, पुस्करराज जोशी, अमृत विश्वकर्मा, बिमल कार्की, सविना मनाङथेन, किकी मगर, टीका गर्बुजामगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमी खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, वीरेन राई, पुष्पबाहदुर चलाउने, रेजिना उप्रेति, सूर्य बोहोरा, विक्रम आचार्य र अनुप रानामगर रहनुभएको छ । त्यस अवसरमा एएनओका संस्थापक महासचिव चूडा...
क्यानडाको ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प

क्यानडाको ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प

अमेरिका । ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरियो । शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त दूतावासले बिहीबार जनाएको छ । शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको ब्रिटिस कोलम्बिया, सास्काचेवान, मनिटोबा र अल्बर्टा प्रान्तहरूमा रहेका नेपाली विद्यार्थीहरूले राहदानी नवीकरण र अन्य कन्सुलर सेवा प्रदान गरिएको थियो । केही समयदेखि उक्त दूतावासले नेपाली समुदाय र विद्यार्थी रहेका प्रान्तहरूको नजिक शिविरमार्फत यस्तो सेवा प्रदान गर्दै आएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै उक्त दूतावासले भ्यानकुभरमा रहेका नेपाली उद्यमीहरूसँग पनि छलफल...
एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटमा गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराउनुभएको हो । उक्त अवसरमा महिला सचिव राधिका (टीका) गुरुङ पनि उपस्थिति हुनुहुन्थ्यो । सो अवसरमा संसदमा जारी हिउँदे अधिवेशनमार्फत नै संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानूनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानून बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानून बनाउन, एनआरएन एक्टलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्...