२ चैत्र २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

एच-१ बी भिसामार्फत अमेरिकामा जानेहरूले अब एक लाख डलर शुल्क तिर्नुपर्ने

एच-१ बी भिसामार्फत अमेरिकामा जानेहरूले अब एक लाख डलर शुल्क तिर्नुपर्ने

नेपाल । एच–१ बी भिसामार्फत अमेरिकामा जानेहरूले अब एक लाख डलर शुल्क तिर्नुपर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका प्रवेश गराउन उक्त रकम तोकेको जनाएको हो । एच–१ बी भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउन प्रयोग हुँदै आएको छ । अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्क गरी करिब १५ सय डलर लाग्ने गरेको थियो । एच–१ बी भिसा कार्यक्रमको दुरुपयोग भएको भन्दै शुल्क नतिरेसम्म प्रवेशमा प्रतिबन्ध लगाइने प्रावधान नयाँ आदेशमा गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो कार्यक्रम मार्फत अमेजन, टाटा, माइक्रोसफ्ट, मेटा, एप्पल र गुगलजस्ता प्रविधि कम्पनीहरूले कामदार भित्र्याएका थिए । नेपालका उच्च दक्ष कामदार समेत यसबाट प्रभावित हुने भएका छन् । यसको बदलामा निश्चित आप्रवासीहरूका लागि भिसा प्रक्रियालाई छिटो बनाउन गोल्ड कार्ड व्य...
अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विभिन्न देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विभिन्न देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

नेपाल । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो । समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफो...
जथाभावी सहयोग रकम संकलन नगर्न एनआरएनए एनसीसी अमेरिकाको अपील

जथाभावी सहयोग रकम संकलन नगर्न एनआरएनए एनसीसी अमेरिकाको अपील

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए ) एनसीसी अमेरिकाले जेनजी आन्दोलनका क्रममा नेपालमा भएको क्षतिसँग सम्बन्धित भन्दै विभिन्न समूहहरूले व्यक्तिगत वा छुट्टाछुट्टै रुपमा सहयोग संकलन गरेको देखिएपछि ध्यानाकर्षण भएको जनाएको छ । एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकासउप्रेतीले विज्ञप्ति प्रकाशित गरी अनधिकृत रूपमा कोष संकलन गरिनु जायज नहुने र त्यस्तो रकम संकलनमा सहभागी नहुन नेपाली समुदायलाई अपिल समेत गरेका छन् । ध्यानाकर्षण पत्रमा नेपाल सरकारबाट आवश्यक अनुमतिपत्र–आह्वान नभई सार्वजनिक रूपमा दान–कोष संकलन गर्नु कानून तथा वर्तमान तरल राजनीतिक स्थितिमा सही नहुने विषय उठाइएको छ । अध्यक्ष उप्रेतीले नेपाल सरकारसंगको समन्वय–सहकार्यमा मात्र एकीकृत सहयोग संकलन अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् । ...
एनआरएनएको पहलमा युक्रेनमा अलपत्र परेका दुई नेपालीको उद्दार

एनआरएनएको पहलमा युक्रेनमा अलपत्र परेका दुई नेपालीको उद्दार

नेपाल । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरु दुवैजना काठमाण्डौ आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरुलाई स्वागत गर्न संघक...
संयुक्त राष्ट्रसंघको नियमित बजेटमा १५ प्रतिशत कटौती हुने

संयुक्त राष्ट्रसंघको नियमित बजेटमा १५ प्रतिशत कटौती हुने

अमेरिका । महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसंघको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अझ तीव्र पारेको दीर्घकालीन तरलता समस्याका कारण यस्तो कदम चालिएको हो । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीका अनुसार संशोधित बजेट तीन अर्ब २३ करोड ८० लाख डलर रहनेछ र यसले दुई हजार छ सय ८१ रोजगारी कटौती गर्ने छ । सुरुमा २०२६ को बजेट २०२५ को स्तरमै तीन अर्ब ७० करोड डलर रहने प्रस्ताव गरिएको भए पनि सङ्गठनलाई चुस्त र दक्ष बनाउन गुटेरेसले यसलाई घटाउनु भएको हो । मङ्गलबार सदस्य राष्ट्र र कर्मचारीलाई पठाइएको पत्रमा महासचिवले ‘१५ प्रतिशतभन्दा बढी कटौती’ अर्थात करिब ५० करोड डलर बराबर र संयुक्त राष्ट्रसङ्घको कार्यबलमा १९ प्रतिशत कमी हुने बताउनुभयो । यसले शान्ति(सुरक्षा, मानव अधिकार र दिगो विकास जस्ता तीन प्रमुख स्तम्भमा असर पा...
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न सिनेटरहरूको आग्रह

नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न सिनेटरहरूको आग्रह

अमेरिका । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले हालै विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।” नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।” शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र...
पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको एनआरएनए टोलीद्वारा संघीय संसद भवन अवलोकन

पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको एनआरएनए टोलीद्वारा संघीय संसद भवन अवलोकन

अमेरिका । गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएए) ले भग्नावशेषहरूको अवलोकन कार्य सुरु गरेको छ । यही क्रममा, भदौ ३१ गते मंगलबार संघीय संसद भवनको अवलोकन गरिएको छ । गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले संसद भवनमा आगजनीबाट भएको क्षतिको प्रत्यक्ष निरीक्षण गरेको हो । उक्त टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरू र कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । संघले आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिको मूल्यांकन गर्दै प्रभावित संरचनाहरूको पुनःनिर्माणमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्नेछ । ...
एनआरएनएको सचिवालय अस्थायी रूपमा बन्द, घरबाटै कार्यसम्पादन गरिने

एनआरएनएको सचिवालय अस्थायी रूपमा बन्द, घरबाटै कार्यसम्पादन गरिने

नेपाल । जेनजी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालय रहेको भवन क्षतिग्रस्त भएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द गरिएको छ । संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार सचिवालयका सम्पूर्ण कार्यहरू घरबाट सम्पादन गर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट अत्यावश्यक सेवा प्रवाहमा कुनै असर नपर्ने संघले जनाएको छ । ...
एनआरएनएद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन

एनआरएनएद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन

नेपाल । नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र विश्वभरका गैरआवासीय नेपालीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । संघले जारी गरेको विज्ञप्तिमा ऐतिहासिक जेन–जी आन्दोलनको मर्मअनुरूप, जनताको हितमा जनताको म्यान्डेटलाई पूरा गर्न प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार सफल हुने विश्वास प्रकट गरिएको छ । एनआरएनएले नेपालको पुनः समृद्धि, शान्ति र सुन्दरता कायम गर्ने साझा लक्ष्यमा हातेमालो गर्दै पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । संघले प्रधानमन्त्री कार्कीलाई देशलाई समृद्धिको मार्गमा अघि बढाउन सहयोग र समर्थन गर्न सबै सरोकारवालालाई पनि अनुरोध गरेको छ ।   ...
एनआरएनएको बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा आगजनी

एनआरएनएको बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा आगजनी

नेपाल । जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा समेत आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरी फर्किएको समूहले संघको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको बताइएको छ । संघका अध्यक्ष डा. बद्री केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा र त्यसपछि पनि देशभर भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाप्रति एनआरएनए स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । आन्दोलनकारीहरूले भवनभित्र पार्क गरिएका दुईवटा सवारीसाधनमा आगजनी गर्नुका साथै पहिलो तलामा सामान्य तोडफोड गरेको भए पनि सचिवालय कक्षमा भने ठूलो क्षति नभएको जनाइएको छ । गैरआवासीय नेपाली संघले शुक्रबारदेखि केन्द्रीय कार्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।...