२ चैत्र २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुन लागेको राहदानी सेवा शिविरमा सेवालिन सेक्टेम्बर २५ तारिक देखि अनलाइन आवेदन खुलेको छ । नेपाली कम्युनिटी सेन्टर नेपाली घरमा आयोजनाहुने सेवा शिविरमा सेवालिन चाहनुहुने महानुभावहरूका लागी वाशिङ्गटन, डी सी स्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा एक सुचना जारीगरी यसबारे जानाकारी गराएको हो । आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (4001 W 76th Avenue Westminster) मा सञ्चालन हुनेछ । सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने बताइएको छ । सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको अवेदन संकलन, र ट्रावल डकुमेन्टको सेवा उपलब्ध हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । राजदुतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फाराम भर्ने प्रक्रियाबारे...
एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एनं सिस्लेनसँग शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो । त्यस अवसरमा, विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका ...
दसैँमा पर्यटक भिसा खुला रहने

दसैँमा पर्यटक भिसा खुला रहने

नेपाल । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।...
मन्त्री कुलमान घिसिङ र अमेरिकी राजदूतबीच भेटवार्ता

मन्त्री कुलमान घिसिङ र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल-अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन-जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलकोे सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभयो । राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गर्नुभयो ।...
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

अमेरिका । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् । सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध ...
विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान, दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान, दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता

नेपाल । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन् । यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन् । आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ । विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात...
यूएईपछि मलेसिया, कतार र साउदीमा पनि नेपालीलाई भिसामा कडाइ गरिंदै

यूएईपछि मलेसिया, कतार र साउदीमा पनि नेपालीलाई भिसामा कडाइ गरिंदै

नेपाल । युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ सुरु गरेका छन । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न सुरु गरेका हुन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको जानकारी दिएका छन् । यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुईरतीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने । यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आए...
एनआरएनए एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. बद्री केसीलाई जिम्मेवारी

एनआरएनए एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. बद्री केसीलाई जिम्मेवारी

नेपाल । एनआरएनए एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. बद्री केसीलाई जिम्मेवारी दिइएको छ । सेप्टेम्बर १९ मा बसेको पदाधिकारी बैठकले सबै पक्षसँग परामर्श गरी एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. केसीलाई जिम्मेवारी तोकेको हो । संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार उक्त बैठकले सबै पक्षका साथीहरूले संयुक्त रूपमा अक्टोबर ११ मा एनआरएनए डे मनाउने वातावरण बनाउने र त्यसै दिन एकताको रोडम्याप प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । अध्यक्षले बैठक भएको दिनदेखि नै यसतर्फ काम अगाडि बढाउनुभएको छ। अतः बैठकले दिएको म्यान्डेट अनुसार हामी सबैले अध्यक्षलाई आन्तरिक रूपमा सहयोग गर्न सके मात्र तार्किक निष्कर्षमा पुग्न सकिन्छ। हाम्रा व्यक्तिगत चाहना, कुण्ठा र अभिव्यक्तिले अहिलेको एकताको पहललाई अवरुद्ध गर्न सक्छ । एनआरएनएलाई रिर्ब्रान्डिङ गर्ने यो सुनौलो अवसर हो। एनआरएनएभित्रको मुख्य समस्या...
एनआरएनएलाई अझ सशक्त कसरी बनाउने ?, महासचिव गौरीराज जोशीको प्रस्ताव (विचार)

एनआरएनएलाई अझ सशक्त कसरी बनाउने ?, महासचिव गौरीराज जोशीको प्रस्ताव (विचार)

-गौरीराज जोशी- नेपाल अर्को चरणको नयां अध्यायमा प्रवेश गरेको छ । युवाहरुले सुशासन, छिटो आर्थिक विकास, पारदर्शीता चाहेको स्पष्ट गरेका छन् । यसैका लागि उनीहरु सडकमा आए । अबको समय देशका लागि अवसर र चुनौती दुवै हो । चुनौती भन्दा पनि यसलाई हामीले देशमा सुशासन र आर्थिक रुपमा मजबुत वनाउने अवसरका रुपमा लिनु पर्छ । विदेशमा वस्ने तपाई हामी नेपालीहरु पनि आर्थिक विकास सुशासन पारदर्शीयताका पक्षधर हौं । हामी विदेशमा वस्ने नेपालीका लागि देशका यो परिवर्तन अवसर पनि हो । तर, यसका लागि हामीले पनि विगतमा भएका हाम्रा कमी कमजोरीहरु सुधारेर जानु पर्छ । यसका लागि गैर आवासिय नेपाली संघ(एनआरएनए)मा पनि नयां चरणवाट अगाडी बढ्न सक्नु पर्छ । यसका लागि म जुनसुकै त्याग गर्न पनि तयार छु । यहांहरुलाई थाहानै छ विदेशमा वस्ने हामी नेपालीहरु पनि विभाजित भएका छौं । अन्तराष्ट्रिय समन्य परिषद(आईसीसी) देखी केही ...
एनआरएनएका अध्यक्ष डा. बद्री केसी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटघाट

एनआरएनएका अध्यक्ष डा. बद्री केसी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ । विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढं...