एनआरएनए प्रतिको चासो र चिन्ताः बृहत् एकताको सवाल
–हेम राज शर्मा–
एनआरएनएको सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाप्रति तपाईंहरूले देखाउनु भएको चासो र चिन्तालाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।
एनआरएनए उच्चस्तरीय समितिद्वारा मे ३–५ मा आयोजना गर्न लागिएको महाधिवेशनले वास्तविक एकता सम्भव नहुने ठहर गर्दै परराष्ट्र मन्त्रालयले सो अधिवेशनको मिति सार्नका लागि सर्वोच्च अदालतमा निवेदन पेश गरेको छ, जुन कुरा तपाईंहरूलाई अवगत नै छ।
उक्त निवेदनमाथि दुईजना न्यायाधीशहरूको इजलासले फैसला गर्ने परम्परा रहेको छ। यस्ता निवेदनहरूमा सामान्यतया बहस आवश्यक नपर्ने भए पनि, उच्चस्तरीय समितिपक्षीय अधिवक्ताहरूले intervene गरेपछि चौथो दिनसम्म पनि बहस हुन सकेको छैन। साथै कार्यसमितिको तर्फबाट उच्चस्तरीय समितिविरुद्ध दिएको मुद्दालाई
परराष्ट्र मन्त्रालयको निवेदनसँग जोडेर छलफल गर्ने प्रारम्भिक निर्णयले पनि सुनुवाइ ढिला हुन पुगेको हो।
सुनुवाइ नहुनुको मूल कारण भनेको ...








