२० कार्तिक २०८२, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

न्युयोर्कमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

न्युयोर्कमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

अमेरिका । अमेरिकाको न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा आज न्युयोर्कमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउँदै नेपालको भ्रमण गर्न अमेरिकी नागरिकहरुलाई आह्वान गर्नुभयो । महावाणिज्य दूतावासका अनुसार यात्रा लेखिका इरिन लेभीले नेपालका पर्यटकीय क्षेत्रबारे प्रस्तुति दिँदै जुनसुकै उमेर र लिङ्गका व्यक्तिलाई नेपाल सुरक्षित गन्तव्य भएको बताउनुभयो । उहाँले सन् २०२४ मा भ्रमण गर्नुपर्ने स्थलको सूचीमा बर्दिया राष्ट्रिय निकुञ्जका बारेमा आलेख लेखेर त्यसको प्रचार गर्नुभएको थियो । कार्यक्रममा अमेरिकी सञ्चारकर्मी पर्यटन व्यवसायीलगायत ५० जनाभन्दा बढीको उपस्थिति थियो...
१५ एनसीसीको अधिवेशन सम्पन्न, बाँकी देशमा अधिबेशन हुने क्रममा (प्रेस विज्ञप्ति)

१५ एनसीसीको अधिवेशन सम्पन्न, बाँकी देशमा अधिबेशन हुने क्रममा (प्रेस विज्ञप्ति)

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी हालसम्मका गतिविधिबारे प्रस्ट पारेको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिः गैरआवासीय नेपाली संघ प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानत: कार्यरत रहेको र सम्मानित सर्वोच्च अदालतले समेत यसै कार्यसमितिलाई वैधानिक मान्यता प्रदान गरिसकेको विषय यहाँहरुलाई सर्वविदितै छ । तर विवादका विषयहरू सतहमा देखिएका छन् । तिनिहरूलाई पटक-पटक स्पष्ट पार्दै आएका छौँ। आजको पत्रकार सम्मेलनको आयोजना पनि सोही शृंखलाको एक पहल हो । गैरआवासीय नेपाली संघ १२ औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा रहेको जानकारी गराउँदछौँ । हाल Membership Information System ("MIS")प्रणाली मार्फत सदस्यता वितरण भैरहेको छ, हालसम्म "M...
एनआरएनएको १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन

एनआरएनएको १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा हुने १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ। संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । संघका संस्थापक सचिव चिन्जीबी ढकालसहित टिवि कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्। यस्तै, संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । उक्त समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाईं, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन् । बैठकले भिम उदास, भक्त गुरुङ, डा. देवी बस्नेत, ओम गुरुङ, समशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहोरा सदस्य...
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनु पर्छः कुलमान घिसिङ

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनु पर्छः कुलमान घिसिङ

ओमान । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ । मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा करिब साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात कुल ग्राहस्थ उत्पादनको एक चौथाइ योगदान) खाडी मुलुकमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण बनाइनु पर्ने निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गर्नुभयो । ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारीमा आउने नेपालीलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक समस्या सिर्जना गरी ...
एनआरएनए सदस्यता: कुल ६८,६५१ सदस्यता आवेदन स्वीकृत

एनआरएनए सदस्यता: कुल ६८,६५१ सदस्यता आवेदन स्वीकृत

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ। २०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८,६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५,१९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा छन्। संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) मार्फत सदस्यता संकलन भैरहेको छ । देश अनुसार सदस्यता विवरण (स्वीकृत) जापान – १८,३९३ सदस्य अष्ट्रेलिया – १५,५५१ सदस्य संयुक्त राज्य अमेरिका – ९,६७१ सदस्य बेलायत – ३,५०८ सदस्य साउदी अरेबिया – ३,१२७ सदस्य क्यानडा – ५,७५० सदस्य कतार – १,१२४ सदस्य आयरल्याण्ड – १,४०२ सदस्य संयुक्त अरब इमिरेट्स (यूएई) – १,९२० सदस्य क्षेत्रगत सदस्य संख्या (स्वीकृत) एशिया प्यासिफिक: १९,९११ ओसियानिया: १६,५३६ अमेरिकाज: १५,४२१ युरोप: ९,८११ मध्यपूर्व: ६,३५७ अफ्रिका: ६१५ क्षेत्रगत सहभागिता (प्रतिशतमा) एशिया प्यासिफिक: ...
अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।...
कतार पुगेर कुलमानले भने–देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएन

कतार पुगेर कुलमानले भने–देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएन

कत्तार। नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताउनुभएको छ । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहनुभएका कार्यकारी निर्देशक घिसिङले आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताउनुभयो । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स) बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गर्नुभयो । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताउनुभयो । उहाँले भ...
अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिका । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न भएको छ । पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् । लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । कार्यक्रम अवैतनिक महावाणिज्यदूत ऋषि गुण...
अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मक्सले स्थापना गरेको ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । ...
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो । बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ । टेक्सास डिपार्टमेन्ट अफ ...