२१ चैत्र २०८२, शनिबार

मनोरन्जन

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो वार्षिक अधिवेशन अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन आगामी मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ । संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना विशिष्ट गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द...
काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

नेपाल । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दसैँमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ । कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसा...
गीति एल्बम ‘परेली’को विमोचन

गीति एल्बम ‘परेली’को विमोचन

नेपाल । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को एक समारोहबिच विमोचन गरिएको छ । छ वटा गीत सङ्ग्रहित सो एल्वमका दुई वटा गीतको भिडियो निर्माण गरिएको छ । डा।पोखरेलको लेखनका ती गीतहरूमा वरिष्ठ सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा वरिष्ठ गायक राजेश पायल राई, शिव परियारलगायतका गायकहरूले स्वर दिनुभएको छ । वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनील पोखरेलले एल्वमको विमोचन गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले सङ्गीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भन्नुभयो । उहाँले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भन्नुभयो । संविधान सभाका सदस्यसमेत रहनुभ...
स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस मनाइँदै

स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस मनाइँदै

नेपाल । स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ । नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन् । काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् । साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना ९बाजा, गीत, नाच० नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए । दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए ।...
लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ…’ सार्वजनिक

लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ…’ सार्वजनिक

नेपाल । लेखक नैनसिंह महरको शब्द रहेको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ...’ बुधबार सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको सङ्गीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदीपकुमार राई (व्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दीपक विष्ट, नैनसिंह महर, मिस पवी, अस्तिना महर, अनिमेश महर, सविना तामाङलगायतले अभिनय गर्नुभएको छ । दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ । गीतकार महरले कांग्रेस–एमालेको सरकार बनेकै बेलामा गीत सिर्जना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस–एमालेको सरकार बनेको थियो । त्यो सरकारले के ग¥यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्र्याकमा लेखेको थिएँ ।” महरले पहिलो पटक गीत लेख्नुभएको हो । उहाँले भन्नुभयो, “समाजमा निराशा बढ...
नेपालका हलमा चलचित्र ‘हर्ष’ प्रदर्शनमा

नेपालका हलमा चलचित्र ‘हर्ष’ प्रदर्शनमा

नेपाल । नेपालका हलमा शुक्रबारदेखि चलचित्र ‘हर्ष’ प्रदर्शनमा आएको छ । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ । खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने सङ्कटबाट परिवारलाई जोगाउनु पर्छ भन्ने विषय चलचित्रमा उठाइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर शाहलगायतको प्रमुख अभिनय छ ।  ...
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित चलचित्र निर्माण

गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित चलचित्र निर्माण

नेपाल । चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो । चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार एन्जिला बानियाँको अभिनय रहेको छ । चलचित्र प्रदर्शन मिति पनि आगामी वैशाख ११ गतेलाई तोकिएको छ । निर्माता सुशील पोखरेलले चलचित्रको प्रदर्शन मिति चयन गर्दा विशेष सावधानी अपनाइएको बताउनुभयो । उहाँका अनुसार मैले अन्य चलचित्रलाई पनि स्थान दिनु पर्छ भन्ने मान्यता राख्दै प्रदर्शन मिति तोकेको हो । निर्माता पोखरेलले भन्नुभयो, “एकै पटक धेरै चलच...
कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण आइतबार अमेरिकाको कोलोराडोमा कलाकर्मिहरूलाइ सम्मान तथा सांगितीक कार्यक्रमका साथ भब्यरूपमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा बिभिन्न सांगितीक कार्यक्रमका साथ कलाकर्मिहरूलाइ सम्मानगर्दै सम्पन्न भएको हो । फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाइ दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृती सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेतृसहित विभिन्न विधामा...
नेपाली फिल्म अवार्डमा सहभागी कलाकारहरूले आज कोलोराडोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने

नेपाली फिल्म अवार्डमा सहभागी कलाकारहरूले आज कोलोराडोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा स्थानीय समय अनुसार आज आइतबार आयोजना हुने ८औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुने दर्शकलाइ भरिपूर्ण मनोरञ्जन प्रदान गर्ने कलाकारहरूको प्रतिबद्दता जनाएका छन् । अवार्ड कार्यक्रमको अघिल्लो दिन शनिबार सांझ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरूले उक्त प्रतिबद्दता जनाएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, हास्य कलाकार केदार घिमीरे माग्ने, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए अध्यक्ष तथा नायक नवराज श्रेष्ठ, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिका...
चलचित्र ‘बाटुलो जून’ को शुभसाइत

चलचित्र ‘बाटुलो जून’ को शुभसाइत

नेपाल । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्क्रिप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दै हुनुहुन्छ । अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेतृद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनुहुने छ । भुवन केसी आफैँ पनि प्रमुख अभिनयमा रहनुहुने चलचित्रका अन्य कलाकारमा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायतको अभिनय रहने छ । निर्देशक केसीले चलचित्र ग्रामीण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताउनुभयो । अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लुक्स र अवतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहु...