१२ श्रावण २०८३, मंगलवार

मनोरन्जन

‘ह्रस्व दीर्घ’ को टिजर रिलिजपछि जापानका १४ शहरमा ‘सोल्ड आउट’

‘ह्रस्व दीर्घ’ को टिजर रिलिजपछि जापानका १४ शहरमा ‘सोल्ड आउट’

नेपाल । नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको माग उल्लेखनीय रूपमा बढेको छ । नेपालमा आगामी कार्तिक ३० गते प्रदर्शनका लागि तयार भएको यो चलचित्र जापानका प्रमुख १४ शहरहरूमा सोल्ड आउट भइसकेको छ । यी शहरहरूमा टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, र ओकिनावा प्रमुख छन् । जापानका लागि प्रदर्शन अधिकार बीटीकेएस इन्टरटेन्मेन्टले लिएको छ । चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका छन्, जसको यो पहिलो निर्देशन हो। चन्द्र पन्तले भोजपुरी चलचित्रमा निर्देशन अनुभव सँगालिसकेका छन् भने द्वन्द्व निर्देशनमा पनि विशेष पहिचान बनाएका छन् । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्माको साथै नेपाली कलाकारहरू हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थ...
सिस्नुपानी नेपालद्वारा देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न

सिस्नुपानी नेपालद्वारा देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । कला, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिस्नुपानी नेपाल मकवानपुरले देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । कार्यक्रममा सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको बेतिथिलाई देउसीभैलोमार्फत व्यङ्ग्य गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले यस्ता कार्यक्रमले समाजलाई सचेत बनाउँदै सकारात्मक ऊर्जा थप्न मद्दत मिल्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार, कलाकारले प्यारोडी गायन, क्यारिकेचर, प्रहसन पुराणलगायतका प्रस्तुति राखेका थिए । कलाकार सागर तिमल्सिना र अजर फुयाँलको प्रस्तुतिमा दर्शक नाचेका थिए भने स्थानीय कलाकार सुमार्गी हुमागाईं, गहन खतिवडा, प्रलय चौलागाईं, कविराज हुमागाईं, स्वस्तिका दाहाल, प्रभास घिमिरेलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सिस्नुपानी नेपालले विगतका वर्षदेखि तिहारको अवसरमा शुभकामना आदा...
कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरिएको हो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, International Astrologer, Face Reader & Healer Bihangam Raj Timilsena को बिशेष आतिथ्यमा तथा गायक गायिकाहरु Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरु माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् । नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बि...
तीन नेपाली चालचित्र ‘छक्कापन्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

तीन नेपाली चालचित्र ‘छक्कापन्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

नेपाल । दशैंको फूलपातीको दिन अर्थात असोज २४ गतेदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्कापन्जा–५’ बनाएको हो । यसको कथावस्तुमा भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरिएको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे माग्नेबुढा, निर्मल शर्मा, वर्षा शिवाकोटी, मेक्सम गौडेल रमेश बुढाथोकीलगायतको अभिनय छ । दीपाश्री निरौला निर्देशित चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्नेबुढा’ छन् । जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाब’ पनि प्रदर्शनमा आएको छ । चलचित्रले गोवर्धन पण्डित नामक एक गाउँले अधबैँसे पात्रको कथा बताउँछ । उसको विवाह हुन सकेको छैन । त्यसैले ऊ योग्य वधूको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धामार्फत उनी छानिन्छन् । चलचित्रमा जितुका अलावा नीति शाह...
कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोबर २६ तरिक शनिबार डेनवर्ग स्थित याक एण्ड यती रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टर (9755 E Hampden Ave. Denver CO.80231) मा सांझ ५ बजेदेखि राती ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । लोकप्रीय गायक तथा संगीतकार Quincy Chett, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कला...
हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

नेपाल (हेटौंडा) । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् । हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत नाम कमाएकी रोमिया उक्त शोकी कान्छी प्रतियोगी हुन् । उनी ११ वर्षकी भईन् । फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौँडामा अभियान समेत सुरु भएको छ । उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ । रोमियासँगै फाईनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् ।...
बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका !

बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका !

नेपाल । दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् । केही दिनअघि फिल्मको लोकप्रिय गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममा समावेश गर्ने घोषणा गरिएको थियो । अब अर्को प्रतियोगिताको पनि घोषणा गरिएको छ । फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । फिल्मकी शीर्ष अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराइन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ । फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ आगामी शनिबार कोलोराडोमा दोहोरी साँझ कार्यक्रम हुँदै

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ आगामी शनिबार कोलोराडोमा दोहोरी साँझ कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक दोहोरी सांझ कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा सक्रिय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितीमा लोक दोहोरी सांझ कार्यक्रम आयोजना हुन लागेको हो । कलाकारहरुलाइ शुष्मिता बिश्वास लगायत स्थानीय कलाकारहरुले साथ दिने भएका छन् । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आगामी सेक्टेम्बर २८ तारिक शनिबार सांझ ५ बजेदेखी ९ बजेसम्म आयोजना हुने लोक दोहोरी सांझ कार्यक्रममा टिकट बिक्री र दाताहरुबाट प्राप्त स्पोन्सरबाट संकलित रकम संचालन खर्च कटाएर बांकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । कलाकारहरुले कुनै पारिश्रमिक नलिने र कलाकारहरुलाई अन्य स्टेटबाट कोलोराडोसम्म आउने र जाने प्लेन टिकट शुल्क नेपाल...
न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा ७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरको मेलरोज बलरुममा भव्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द र बसुन्धरा भुसाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । त्यस्तै जीएनएफ एक्सिलेन्स अवार्ड वरिष्ठ नायिका करिष्मा मानन्धर र स्टार अफ द अवार्ड नायिका केकी अधिकारीलाई प्रदान गरिएको थियो । यसैगरी जुरी अवार्ड चलचित्र टुल्की तथा बगान चलचित्रबाट वरिष्ठ नायक सरोज खनाल र वरिष्ठ नायिका करिस्मा मानन्धरलाई प्रदान गरियो । यता अभियानश्री अवार्ड अन्तराष्ट्रिय मोड...
लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डन । गत शनिबार साँझ यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ठ अभिनेत्री घोषणा भएका छन् । ठहरिएका छन् । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्न कार्यक्रम गरिएको हो । इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा–पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष...