१७ जेष्ठ २०८३, आईतवार

मनोरन्जन

कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा दशैं-तिहार शुभकामना सांस्कृतिक सांझ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायले शनिबार सांझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, तथा स्थानीय संघ संस्थाहरुको सहभागीतामा दशैं–तिहार शुभकामना सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरिएको हो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता, International Astrologer, Face Reader & Healer Bihangam Raj Timilsena को बिशेष आतिथ्यमा तथा गायक गायिकाहरु Quincy Chet, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरु माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् । नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथी, बि...
तीन नेपाली चालचित्र ‘छक्कापन्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

तीन नेपाली चालचित्र ‘छक्कापन्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा

नेपाल । दशैंको फूलपातीको दिन अर्थात असोज २४ गतेदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्कापन्जा–५’ बनाएको हो । यसको कथावस्तुमा भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरिएको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे माग्नेबुढा, निर्मल शर्मा, वर्षा शिवाकोटी, मेक्सम गौडेल रमेश बुढाथोकीलगायतको अभिनय छ । दीपाश्री निरौला निर्देशित चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्नेबुढा’ छन् । जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाब’ पनि प्रदर्शनमा आएको छ । चलचित्रले गोवर्धन पण्डित नामक एक गाउँले अधबैँसे पात्रको कथा बताउँछ । उसको विवाह हुन सकेको छैन । त्यसैले ऊ योग्य वधूको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धामार्फत उनी छानिन्छन् । चलचित्रमा जितुका अलावा नीति शाह...
कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाको सहभागीतामा आगामी अक्टोबर २६ तरिक शनिबार डेनवर्ग स्थित याक एण्ड यती रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टर (9755 E Hampden Ave. Denver CO.80231) मा सांझ ५ बजेदेखि राती ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । लोकप्रीय गायक तथा संगीतकार Quincy Chett, संझना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा यहा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यवसायी, बुद्धीजिवी, कला...
हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

नेपाल (हेटौंडा) । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् । हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत नाम कमाएकी रोमिया उक्त शोकी कान्छी प्रतियोगी हुन् । उनी ११ वर्षकी भईन् । फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौँडामा अभियान समेत सुरु भएको छ । उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ । रोमियासँगै फाईनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् ।...
बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका !

बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका !

नेपाल । दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् । केही दिनअघि फिल्मको लोकप्रिय गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममा समावेश गर्ने घोषणा गरिएको थियो । अब अर्को प्रतियोगिताको पनि घोषणा गरिएको छ । फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । फिल्मकी शीर्ष अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराइन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ । फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ आगामी शनिबार कोलोराडोमा दोहोरी साँझ कार्यक्रम हुँदै

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ आगामी शनिबार कोलोराडोमा दोहोरी साँझ कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक दोहोरी सांझ कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा सक्रिय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितीमा लोक दोहोरी सांझ कार्यक्रम आयोजना हुन लागेको हो । कलाकारहरुलाइ शुष्मिता बिश्वास लगायत स्थानीय कलाकारहरुले साथ दिने भएका छन् । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आगामी सेक्टेम्बर २८ तारिक शनिबार सांझ ५ बजेदेखी ९ बजेसम्म आयोजना हुने लोक दोहोरी सांझ कार्यक्रममा टिकट बिक्री र दाताहरुबाट प्राप्त स्पोन्सरबाट संकलित रकम संचालन खर्च कटाएर बांकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । कलाकारहरुले कुनै पारिश्रमिक नलिने र कलाकारहरुलाई अन्य स्टेटबाट कोलोराडोसम्म आउने र जाने प्लेन टिकट शुल्क नेपाल...
न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा ७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरको मेलरोज बलरुममा भव्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द र बसुन्धरा भुसाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । त्यस्तै जीएनएफ एक्सिलेन्स अवार्ड वरिष्ठ नायिका करिष्मा मानन्धर र स्टार अफ द अवार्ड नायिका केकी अधिकारीलाई प्रदान गरिएको थियो । यसैगरी जुरी अवार्ड चलचित्र टुल्की तथा बगान चलचित्रबाट वरिष्ठ नायक सरोज खनाल र वरिष्ठ नायिका करिस्मा मानन्धरलाई प्रदान गरियो । यता अभियानश्री अवार्ड अन्तराष्ट्रिय मोड...
लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न

लण्डन । गत शनिबार साँझ यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) सम्पन्न भएको छ । लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ठ अभिनेत्री घोषणा भएका छन् । ठहरिएका छन् । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्न कार्यक्रम गरिएको हो । इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा–पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष...
कलाकार, समाजसेवी तथा पत्रकारहरु सम्मानित

कलाकार, समाजसेवी तथा पत्रकारहरु सम्मानित

नेपाल । ‘कर्म अनुसार आ आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारा सहित एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टले १२ बर्ष प्रवेशको अवसरमा विभिन्न कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमबीच विभिन्न कलाकार, समाजसेवी, व्यवसायी तथा पत्रकार सम्मानित गरिएको हो । वशिष्ठ अभियनेता शिव श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभिनेता तथा वशिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी विशिष्ट अतिथि, विशिष्ठ नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, विशिष्ट चलचित्रकर्मी तथा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि रहेका थिए । कार्यक्रममा वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, हास्य कलाकार शिवहरी नेपाल, विशिष्ठ चलचित्रकर्मी रामचन्द्र अधिकारी...
नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ७ औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ मा सहभागी नेपाली कलाकारहरु न्यूयोर्क आइपुग्नु भएको छ । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो । ७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’मा सहभागी नेपाली कलाकारहरु गत विहीबार र शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमका लागि बरिष्ठ नायिका करिस्मा मानन्धर, बरिष्ठ नायक कृष्ण मल्ल, नायिक शर्मिला मल्ल, नायक रवीन्द्र खड्का र कलाकारहरु केदार घिमिरे, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्रीसहितका व्यक्तित्वहरु न्यूयोर्क आईपुग्नु भएको हो । फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेख...