कलाकार, समाजसेवी तथा पत्रकारहरु सम्मानित
नेपाल । ‘कर्म अनुसार आ आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारा सहित एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टले १२ बर्ष प्रवेशको अवसरमा विभिन्न कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ ।
सोमबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमबीच विभिन्न कलाकार, समाजसेवी, व्यवसायी तथा पत्रकार सम्मानित गरिएको हो । वशिष्ठ अभियनेता शिव श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभिनेता तथा वशिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी विशिष्ट अतिथि, विशिष्ठ नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, विशिष्ट चलचित्रकर्मी तथा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि रहेका थिए ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार राजाराम पौडेल, हास्य कलाकार शिवहरी नेपाल, विशिष्ठ चलचित्रकर्मी रामचन्द्र अधिकारी...









