कोलोराडोमा हुने आठौं ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा
कोलोराडो । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा आगामी नोभेम्बर २३ मा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ ।
अन्तर्राष्ट्रिय सहभागिहरूको समय तालिका अनुकूल बनाउने, विश्वभर रहेका नेपाली समुदायको सहभागिता बढाउने तथा कार्यक्रमलाई अझ प्रभावशाली र समावेशी बनाउने उद्देश्यले २३ नोभेम्बर आइतबारका दिन कार्यक्रम गर्ने तय भएको हो ।
ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको बताउनु भयो । कार्यक्रमको मिति नजिकिएसँगै अब तयारी पनि अन्तिम चरणमा रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रम बोल्डर थिएटरमा साँझ ४ बजेदेखि सञ्चालन हुनेछ ।
‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मी...









