नेपाल । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा कारोबार भएकोमा सात सय बढेको हो ।
त्यस्तै, चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री भएको छ ।...
नेपाल । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।
ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्...
नेपाल । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ।
“चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैँकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ”, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।...
नेपाल । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब रु एक खर्ब १० अर्ब भेटिएको जानकारी दिनुभयो ।
त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब रु १२ अर्ब निकाल्न सकिने उहाँले बताउनुभएको छ ।...
नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत् उत्पादनलाई रोक्न नहुने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिहीबार नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्ना माग पेस गरेको थियो । सोही क्रममा उहाँले देशका लागि अझै धेरै बिजुली आवश्यक रहेकाले विद्युत् उत्पादन रोक्न नहुने स्पष्ट पार्नुभयो ।
“देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०र३० हजार मेगावाट बिजुली चाहिन्छ,” उहाँले भन्नुभयोे, “बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो । अहिले उत्पादन रोक्नतिर लाग्यौँ भने १० वर्षपछि ठुलो समस्या झेल्नु पर्छ ।”
भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामो समयदेखि विद्युत् खरिद सम्झौता (पिपिए) नै रोकिराखेको जानकारी गराउनुभएको थियो ।...
नेपाल । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ ।
पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो । पर्यटकीय गतिविधि न्यून भएपछि हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपाल उडान रोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हङकङ–नेपाल रुटमा उडान गर्दै आएको क्याथे प्यासेफिकले अजोज १४ सम्मलाई उडान रोकेको छ । यो कम्पनीले २८० सिट क्षमताको वाइडबडी जहाजमार्फत दैनिक काठमाडौँमा उडान गर्दै आएको थियो ।”
हाल हङकङमा नेपाल वायुसेवा निगमले सातामा चार दिन उडान गर्दै आएको छ । क्याथेको उडानमार्फत यात्रु हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा जाने गरेका थिए ।
होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले पछिल्ला राजनीतिक घटनाक्रमको असरले होटेल ...
नेपाल । नेपाली बजारमा सुनको मूल्य १९ सयले बढेर नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुनको मूल्य १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल । चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार चालु आवको साउन महिनामा वैदेशिक रोजगारीमा गएकाहरुले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन् ।
यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो । गत आवको साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु।१४८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने...
नेपाल । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो ।
उहाँले बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्ने छ ।
उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठुलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रङरोगन गरिने बताउनुभयो ।...
नेपाल । । नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’’
...