२ चैत्र २०८२, सोमबार

अर्थतन्त्र

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ४ उद्योगको विद्युत काटियो

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ४ उद्योगको विद्युत काटियो

नेपाल । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा उद्योगको विद्युत काटेको छ । शुक्रबार विद्युत काटिएका उद्योगहरुमा जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट हुन् । जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ । केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइन काटेरै भएपनि बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए । विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिङको अवस्थामा उद्योगीहरुले सरकारसँग २४ घण्टा विद्युतको माग गरेका थिए । २०७२ सालमा विद्युत् महसुल निर्धारण आयोगको बैठकले उद्योगी र व्यवसायीलाई डेडिकेटेड लाइनको सुविधा दिने निर्णय गरेको थियो ।...
कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजारको आवेदन

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजारको आवेदन

नेपाल । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार ८ सय १२ जनाले आवादेन दिएका छन् । फारम भर्ने अन्तिम दिन गएराति १२ बजेसम्म उक्त आवेदन परेको हो । यो संख्या सन् २००८ मा नेपालले इपिएसमार्फत दक्षिण कोरियामा कामदार पठाउन थालेयताकै उच्च हो । गत साउनमा पानीजहाज निर्माण (सीप बिल्डिङ) सम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो ।...
कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बोर्डमा ज्ञापन पत्र बुझाईयो

कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बोर्डमा ज्ञापन पत्र बुझाईयो

नेपाल । रिटर्नी फेडेरेसन नेपालले कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बैदेशिक रोजगार बोर्डमा ज्ञापन पत्र बुझाएको छ । बोर्डका कार्यकारी निदेशक डा. द्धारिका उप्रेतीलाई फेडेरेशका अध्यक्ष उत्तम अधिकारी सहितको टिमले भेटि श्रमिकको हितको लागि मात्र खर्च गर्नुपर्ने रकम सिस्टम मर्मतको नाममा रु. १० करोड खर्च लागिएको भन्दै तत्काल निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएको हो । फेडेरेसनको तर्फबाट उपाध्यक्षहरु शालिकग्राम बसेल, काजीबहादुर थापा मगर, महासचिव जेपि सापकोटा, सचिव खेमबहादुर कार्की लगायतले बोर्डको कार्यलयमा पुगि कुनै पनि बहानामा श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम अन्यन्त्र खर्च गर्ने प्रवृृतिको रिटर्नी फेडेरेसन नेपालले घोर भत्सर्ना गर्दै ज्ञापन पत्र बुझाएका थिए ।...
एनसेल प्रकरणमा प्रधानमन्त्रीले भने, ‘म र मेरो परिवारको संलग्नता छैन’

एनसेल प्रकरणमा प्रधानमन्त्रीले भने, ‘म र मेरो परिवारको संलग्नता छैन’

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको स्वामित्व खरिद गर्ने व्यापारीसँग शीर्ष नेताहरुको सम्बन्ध रहेको स्वीकार गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छलफलमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । समितिमा प्रधानमन्त्री प्रधानमन्त्री दाहालले भने, ‘हालै एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग मेरो मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रै चिनजान छ ।’ ऐन, कानुन र राज्यको नियम विपरीत कोही जान्छ भने जोसुकै भए पनि नछाड्ने भन्दै प्रधानमन्त्रीले भने, ‘चिनेजानेको नाताले, अनुहार हेरेर मानिंदैन । राष्ट्र र जनताको हित नै मुख्य कुरा हो ।’ यो प्रकरणमा आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको उनले जिकीर गरे ।...
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँ घट्यो

नेपाल । शुक्रबार राति १२ बजेदेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपायल क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटर...
चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब

चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब

नेपाल । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी रिर्पोटका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ । रिपोर्ट अनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । यता, विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।...
राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

नेपाल । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरुको तय गरिएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्र...
सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको छौंः एनसेल

सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको छौंः एनसेल

काठमाडौं । एनसेलले सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको दाबी गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आजको दिनसम्म सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको बताएको हो । कम्पनीले अझैपनि कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार पालना गरिने जनाएको छ । त्यस्तै, एनसेलले ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । शेयर खरिद बिक्रीको चर्चा र आंशकाका बीच कम्पनीले विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि जनाएको छ । ...
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

नेपाल । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ । शुख्खायाम सुरु...
न्यूरोडबाट ८ किलो सुनसहित पक्राउ परेका पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी अनुसन्धान

न्यूरोडबाट ८ किलो सुनसहित पक्राउ परेका पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी अनुसन्धान

नेपाल । राजधानी काठमाडौंको न्यूरोडमा ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरिएको छ । प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित र ४९ लाख ५० हजार अवैध नगदसहित ओमपाल गोल्ड शपका सञ्चालक पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । ...