कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह
काठमाडौं । राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औँ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मूख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरु र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु लगायत सहभागी भए ।
राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मूख्यमन्त्री, मन्त्रीहरुसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए । आयोगलाई मूख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन् ।
प्रदेश तथा स्थानीय तहसँग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरुबाट स...









