नेपालमा सुपारी, केराउ र मरीचको आयात खुला
नेपाल । सरकारले सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना निकालेर उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति खुला गरेको हो ।
अनुमति दिँदा उद्योग विभागबाट औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता एवं औचित्य र आयात गर्न आवश्यक परिमाणका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रूपमा मात्र सदुपयोग भएको सुनिश्चित हुने गरी सम्बन्धित उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोएिका मालवस्तु पैठारीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सिफारिस गर्नुपर्ने छ ।
यस्तै नयाँ स्थापना भएको उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कररस्थायी लेखा नम्बर, उत्पादन क्षमता, उद्योगक...








