२ पुष २०८२, बुधबार

अर्थतन्त्र

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

नेपाल । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । उत्पादनमूलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ । शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ । दक्षिण कोरिया...
नेपालमा यसवर्ष धान उत्पादन घट्ने अनुमान

नेपालमा यसवर्ष धान उत्पादन घट्ने अनुमान

नेपाल । यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ । असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले यस वर्ष धानको उत्पादनमा कमी आउने देखिएको जानकारी दिनुभयो । बेमौसमी वर्षा र डुबानका कारण पाकेको धानमा क्षति पु¥याएकाले पनि उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेशबाट धानको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष मधेश प्रदेशमा सुक्खा र खडेरीका कारण किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण कम क्षेत्रफलमा धान रोपाइँ भएको र पछि आएको बैमौसमी वर्षाले धानको उत्पादन कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।...
एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि त्रिभुवन विमानस्थल ४ घण्टा अवरुद्ध

एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि त्रिभुवन विमानस्थल ४ घण्टा अवरुद्ध

नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि शनिबार चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६ देखि बन्द उडान राति १० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५ः१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन नसकेपछि कतार एयरवेजको जहाज झन्डै दुई घण्टा आकाशमा फन्को मारेर बङ्गलादेशको ढाका डाइभर्ट भयो । फ्लाई दुबईको जहाज भारतको ...
निजी क्षेत्र राष्ट्रको समृद्धिको प्रमुख इन्जिनः प्रधानमन्त्री कार्की

निजी क्षेत्र राष्ट्रको समृद्धिको प्रमुख इन्जिनः प्रधानमन्त्री कार्की

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्र राष्ट्रको समृद्धिको प्रमुख इन्जिनका रूपमा रहेको भन्दै सुशासन, सहकार्य, आत्मनिर्भर र उत्पादनमूलक अर्थतन्त्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीहरू समृद्धिको जगका ढुङ्गा भएको भन्दै निजी क्षेत्रको मनोबल जगाउन, युवाको म्यान्डेट आत्मसात् गर्न र आत्मनिर्भर अर्थतन्त्रतर्फ देशलाई अघि बढाउन आह्वान गर्नुभयो । जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुसखोरी र लुटतन्त्रविरुद्ध कठोर सन्देश दिँदै सुशासन र इमानदार उद्यमीलाई संरक्षण गर्ने नीति अघिसारेको बताउनुभयो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयले प्रशासनिक लागत घटाउन प्रत्येक मन्त्रालयको प्र...
खाडी मुलुक र मलेसियामा रहेकाश्रमिकका समस्या समाधान विषयक समन्वयात्मक बैठक सम्पन्न

खाडी मुलुक र मलेसियामा रहेकाश्रमिकका समस्या समाधान विषयक समन्वयात्मक बैठक सम्पन्न

नेपाल । 'खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान' विषयक समन्वयात्मक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त सहकार्यमा संचालन भैरहेको Migrants Rights and Decent Work (MiRiDeW) Phase–II, NRNA–ILO Project Initiative अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघको बालुवाटारस्थित सचिवालयमा आयोजित बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, सरकारी तथा गैरसरकारी संस्था, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय, श्रमिक संगठनहरू,बिज्ञ, नीति अनुसन्धानकर्ता, लगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका प्रमुख समस्या, जस्तै कुटनीतिक सम्बन्ध, द्विपक्षिय श्रम सम्झौता उल्लंघन, तलब र...
भारतका प्रतिष्ठित उद्योगपति अनिल अम्बानीको ७५ अर्ब सम्पत्ति जफत !

भारतका प्रतिष्ठित उद्योगपति अनिल अम्बानीको ७५ अर्ब सम्पत्ति जफत !

नेपाल । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैँक धोखाधडी र मनी लन्ड्रिङ सम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी विगत दुई दशकयता आफ्नो व्यवसायिक साम्राज्यमा आएको गिरावटका कारण निरन्तर विवादमा परिरहनुभएको छ । एक समय ऊर्जादेखि दूरसञ्चार र रक्षा उद्योगसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यका स्वामी रहनुभएका उहाँ अहिले विभिन्न आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानको केन्द्रमा पर्नु भएको छ । इडीले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कार्यालय परिसर, आवासीय एकाइ र करिब १३२ एकड (५३ हेक्टर) जग्गासहितक...
अमेरिकाबाट १० महिनामा नेपाल घुम्न आए ९३ हजार पर्यटक, अरु देशबाट कति आए ?

अमेरिकाबाट १० महिनामा नेपाल घुम्न आए ९३ हजार पर्यटक, अरु देशबाट कति आए ?

नेपाल । सन् २०२५ को अक्टुबरमा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि अक्टुबरसम्म नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये अक्टुबरमा मात्रै एक लाख २८ हजार ४४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन सन् २०२४ को तुलनामा तीन प्रतिशतले बढी हो । अक्टुबरमा सबैभन्दा बढी भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५ र जर्मनीबाट छ हजार ३६६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार सन् २०२५ जनवरीदेखि अक्टुबरसम्मको १० महिनामा सबैभन्दा बढी भारतबाट दुई लाख ४३ हजार, अमेरिकाबाट ९३ हजार, चीनबाट ७८ हजार, बेलायतबाट ४२ हजार, बङ्गलादेशबाट ४५ हजार, अस्ट्रेलियाबाट ३८ हजार, श्रीलङ्काबाट ३२ हजार, जर्मनीबाट २४ हजार, थाइल्यान्डबाट ११ हजार र उत्तर कोरियाबाट १९ हजार पर्यटकले नेपा...
काठमाडौंको शहरीकरणको ५० वर्षे गुरुयोजना बन्दै

काठमाडौंको शहरीकरणको ५० वर्षे गुरुयोजना बन्दै

नेपाल । सरकारले काठमाडौंको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । वागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो । ‘अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोही बमोजिम शहरलाई सुन्दर बनाउन ढल, विद्युत, खानीपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रुपमा बनाएर सोही बमोजिम काम अगाडि बढाउन लागेका छौं,’ मन्त्री घिसिङले भन्नुभयो । ‘नदी सफा नभएसम्म शहरी सौन्दर्य कायम हुन सक्दैन, यसका लागि ठूलो लगानी आवश्यक छ, त्यसैले नदी व्यवस्...
नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक

नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको शुक्रबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। शुक्रबार राति १ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ। निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ । ...
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिका । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ । यद्यपि, अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ । यसअघि यो दर ४ प्रतिशत देखि ४ दशमलव २५ प्रतिशतको बीचमा थियो । सेप्टेम्बरमा पनि बैंकले दरहरू यही अनुपातमा घटाएको थियो । अमेरिकी अर्थतन्त्रलाई स्थिर राख्नका लागि यो कदम चालिएको फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् । –एजेन्सीहरु...