१ चैत्र २०८२, आईतवार

अर्थतन्त्र

नेपालमा सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक

नेपालमा सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक

नेपाल । नेपाल सरकारले कार्यालय समयमा कार्यालयमै बसेर शेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा प्रभाव परेको भन्दै यस्तो रोक लगाइएको जानकारी दिएका छन् । उनले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।...
नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर रु. १७५० मा कारोबार भएको थियो ।...
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, १७ जनाले आवेदन दिएका थिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, १७ जनाले आवेदन दिएका थिए आवेदन

नेपाल । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो । २०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, सरकारले उहाँलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नु भएको छ । बिसं २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो...
नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार

नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार

नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार हिन्दु नारीहरुको महतवपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको थियो । चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदी शुक्रबार भने रु एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।...
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन् । मनोनित हुनेहरुः १. डीपी अर्याल, काठमाडौं २. बमबहादुर डिसी, दाङ ३. भीमार्जन आचार्य, काठमाडौं ४. तारा राई, उदयपुर ५. प्रभातकुमार ललन, सप्तरी ६. राजेन्द्र बुढाथोकी, दाङ ७. तेजबहादुर गोदार, मकवानपुर ८. जयबहादुर बिसी (बुढा), सुर्खेत ९. कृष्णबहादुर कुँवर, कञ्चनपुर १०. लीलबहादुर रनपाल, स्याङ्जा...
विशेष नगरसभाको मिति तोक्न बोलाइएको हेटौंडा उपमहानगर कार्यपालिका बैठक बहिष्कार

विशेष नगरसभाको मिति तोक्न बोलाइएको हेटौंडा उपमहानगर कार्यपालिका बैठक बहिष्कार

नेपाल (हेटौंडा) । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न बिहीबार बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरिन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् । २९ सदस्यीय कार्यपालिकामा बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।...
नेपाली शेयर बजार १२.१० अंकले घट्यो

नेपाली शेयर बजार १२.१० अंकले घट्यो

नेपाल । बिहीवार पनि नेपालमा शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अंकले घटेर २ हजार ७२७ दशमलव ३६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।...
नेपाल पर्यटन बोर्डको सीइओमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको सीइओमा दीपकराज जोशी नियुक्त

नेपाल । बिहीबार साँझ नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशी यसअघि पनि बोर्डको सीइओ भइसक्नुभएको छ । उहाँले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसक्नुभएको छ । यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो । ...
सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

नेपाल । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो । बैठकमा समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले अहिले बयान लेखनको काम गरिरहेको छ । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।...
दशैं पर्वमा नेपालमा यसवर्ष नयाँ नोट नपाइने

दशैं पर्वमा नेपालमा यसवर्ष नयाँ नोट नपाइने

नेपाल । नेपालीहरुको महान् चाड दशैं पर्व नजिकिएसँगै नेपालमा नयाँ नोटको चर्चा हुन थालेको छ । विगतमा राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने गरेको थियो । यसवर्ष के गर्ला भन्ने कौतुहल हुनु स्वभाविक हो । यसैक्रममा नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने जनाएको छ । यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ । ...