१९ कार्तिक २०८२, बुधबार

अर्थतन्त्र

निरन्तर छलफलमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समिति

निरन्तर छलफलमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समिति

नेपाल । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मंगलबार सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत सम्बन्धित निकायसँग छलफल गरेको छ । संसद भवन बानेश्वरमा बसेको बैठकले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको हो । बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको उनले बताए । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने उनले बताए । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।...
काठमाडौंका मेयर शाहबाट नगर सभामा ६२ बुँदे नीति प्रस्ताव प्रस्तुत

काठमाडौंका मेयर शाहबाट नगर सभामा ६२ बुँदे नीति प्रस्ताव प्रस्तुत

नेपाल । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनमा प्रस्ताव गर्नुभएको छ । ज्येष्ठ ३२ गते सभा गृहमा आयोजना गरिएको सभामा उहाँले काठमाडौँ ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, समावेशी, दिगो र जीवन्त सहर निर्माण गर्नका लागि नीति प्रस्ताव गरिएको उल्लेख गर्नुभएको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो । अहिलेसम्म प्राप्त उपलब्धीका लागि महानगरबासी, नागरिक समाज, विभिन्न तहका सरकार र सरकारी निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर सहयोग, सक्रियता र समन्वयबाट प्राप्त भएको उल्लेख गर्दै प्रमुख शाहले आगामी बर्षमा पनि सबै पक्षबाट ...
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल । शनिबार रातिबाट नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले नेपालमा पनि मूल्य घटाएको जनाएको छ ।
काँग्रेस सांसद पौडेल र बालेनबीच महानगरको आगामी नीति तथा कार्यक्रमबारे छलफल

काँग्रेस सांसद पौडेल र बालेनबीच महानगरको आगामी नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामि आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारि दिए । भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो । बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ । भेटमा पौड...
हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

नेपाल (हेटौंडा) । हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले बुधबार पदभार ग्रहण गरेका छन् । सिमेन्ट उद्योगमा नयाँ अध्यक्ष आएसंगै यहाँका धेरै खालका समस्या समाधान हुनेमा मजदुरहरु आशावादी भएका छन् । हेटौंडा सिमेन्ट उद्योगमा युवा अध्यक्ष भण्डारीले पदभार ग्रहण गरेपछी यहाँका धेरै समस्याहरु मन्त्रालय सम्म पुर्याउने र नयाँ प्रबिधिको जडान गरेर निजी लगानीका सिमेन्ट उद्योगसंग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्नेगरी काम थाल्ने तयारी पनि भएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले उद्योगमा विभिन्न समस्या भएपनि समाधान गर्न सकिने बताए । ‘विगत तीनरचार बर्षमा भएको कमिकमजोरी पहिल्याउने छौ’ भण्डारीले भने ‘ समाधानको अल्पकालिन र दिर्घकालिन बाटो तय गरिने छ ।’ कामको सिलसिलामा आउने कमेन्टहरु सकारात्मक रुपमा आए सहज र उपयुक्त वातावरण सिर्जना गरि उत्पादनलाई बजारमा व्यवस्थापन गरिने उनले बताए । महा...
५० जना युवालाई बारिष्टा तालिम प्रदान

५० जना युवालाई बारिष्टा तालिम प्रदान

नेपाल (हेटौंडा) । युवाहरुलाई स्वरोजगार बनाउन हेटौंडा उपमहानगर पालिकाले आयोजना गरेको एक महिने कफि मेकर (बारिष्टा) तालिम समापन भएको छ । युवाहरूलाई लक्षित गरि हेटौंडामा भएको तालीम ५० जनाले पूरा गरेको मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट का संचालक तथा कार्यक्रमका सभाध्यक्ष बिवेक दाहालले जानकारी दिए । तालिम पूरा गर्ने युवाहरूलाई कार्यक्रमकि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियोे । मेयर लामाले सीप सिकेकाहरु जहाँ गए पनि काम गरेर खान सक्छन् । स्वदेशमा पनि राम्रो आयआर्जन गर्न सक्छन् भन्दै युवाहरूलाई हौसला प्रदान गर्नुभएको थियोे । कार्यक्रममा हेउमनपाका उद्योग तथा सहकारी महासाखा प्रमुख हिमप्रसाद पौडेल, आर्थिक बिकास महासाखा प्रमुख राजेस्वरी साही , हेटौंडा उपमहानगर पालिका ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल , मेयर मिनाकुमारी लामाका प्रेस सल्ल...
११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब

११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब

नेपाल । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ जना पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको राष्ट्र बैंकको तथ्यांक छ । विदेशी मुद्रा सञ्चिति गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेपछि नयाँ कीर्तिमान बनेको छ ।...
सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ

नेपाल । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन संचालक समितिका अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ परेका छन् । दुई अर्ब ३० करोड ८१ लाख बदमासीमा बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष राजेशकुमार श्रेष्ठ समेतको संलग्नता देखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सोमबार उनीसहित नौ जना सञ्चालकलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सञ्चालक समिति सदस्य सुनिलकुमार न्यौपाने, प्राडा गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र बैंकका कर्मचारी शिबगोपाल रिसाल रहेका छन् । उच्च अदालत पाटनबाट पक्राउ अनुमति समेत लिएर नियन्त्रणमा लिई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली लेखा परिक्षण समेत बनाई नक्कली कागजात समेतको आडमा गैरकानूनी रुपमा आ–आफ्न...
नेपाली क्रिकेटको विकासका लागि सीजी फुड्सको ६० लाख सहयोग

नेपाली क्रिकेटको विकासका लागि सीजी फुड्सको ६० लाख सहयोग

नेपाल । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टोली तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । नेपालले सन् २०२७ को आईसीसी यू–१९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ । पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ...
बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्छः बर्तौला

बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्छः बर्तौला

नेपाल (हेटौँडा) । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम भएको छ । समिक्षामा बागमती प्रदेश स्तरका कार्यालय र मकवानपुर जिल्लास्तरका कार्यालयले यो तीन महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्घाटन् गरे । उनले बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्ने बताएका छन् । उनले हेटौँडाको सडक २५ मिटर फराकिलो हुनुपर्नेमा जोड दिए । उनले सडक बिस्तार गर्दा कसैलाई पनि आकाशमुनिको वास बनाउन नहुने स्पष्ट पारे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राजस्व वृद्वि गर्न र प्राकृतिक स्रोतहरूको सदुपयोग गर्नुपर्ने बताए । उनले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका विषयमा छलफल हुनुपर्ने बताए । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी ...