३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

नेपाली शेयर बजार ओरालो झर्यो

नेपाली शेयर बजार ओरालो झर्यो

नेपाल । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अंकले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ । कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ । ...
नेपालमा सुनको मूल्य ४ सय घट्यो

नेपालमा सुनको मूल्य ४ सय घट्यो

नेपाल । नेपालमा मंगलबार सुनचाँदीको मूल्य घट्यो । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भयो । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको थियो । चाँदी प्रतितोला १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।...
अमेरिका र क्यानडाका बैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका र क्यानडाका बैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकद्वय जोन जे हपफिल्ड र जेफ्री इ हिन्टनलाई प्रदान गरिने भएको छ । रोयल स्वीडीस एकेडेमी अफ साइन्सेजले मंगलबार पुरस्कार घोषणा गरेको हो । कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि उक्त पुरस्कार वैज्ञानिकद्वयलाई दिइने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भौतिक शास्त्रतर्फ पुरस्कार पाउने हपफिल्ड अमेरिकास्थित प्रिन्स्टन विश्वविद्यालयका प्रोफेसर हुन् भने हिन्टन क्यानडाको टोरन्टो विश्वविद्यालयका प्रोफेसर हुन् । विश्वभरका भौतिकशास्त्रीहरूका लागि उक्त पुरस्कार सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । नोबेल पुरस्कार विजेताहरूले करिब १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन् । चिकित्साशास्त्र तर्फको नोबेल भने अमेरिकाका भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले प्राप्त गरेका...
ऊर्जा विकास कार्ययोजना बारे प्रधामन्त्री ओलीले मन्त्री र उच्च पदाधिकारीसँग छलफल गरे 

ऊर्जा विकास कार्ययोजना बारे प्रधामन्त्री ओलीले मन्त्री र उच्च पदाधिकारीसँग छलफल गरे 

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरू र उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका सन्दर्भमा छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापन कार्यक्रमलाई छिटोछरितो रूपमा अघि बढाउने निष्कर्ष निकालिएको छ ।  ...
नेपाली शेयर बजारले उचाईँ लिंदै, नेप्से २६९०.७२ अंकमा

नेपाली शेयर बजारले उचाईँ लिंदै, नेप्से २६९०.७२ अंकमा

नेपाल । नेपाली शेयर बजारले उचाईँ लिंदै गएको छ । यसैक्रममा सोमबार पनि सेयर बजार बढेको थियो । सोमबार नेप्से ३७.१३ विन्दुले बढेर २६९०.७२ अंकमा पुगेको छ । ७ अर्ब रुपैयाँभन्दा बढीको भएको नेप्सेले जनाएको छ ।
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

नेपाल । नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबार भने रु एक लाख ६० हजार ५०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदी सोमबार भने रु एक हजार ९८० मा किनबेच भयो ।...
बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता

बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता

नेपाल । बिहबार नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । नेपाललले यसअघि भारतसँग विद्युत निर्यात सम्झौता गरेको थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याउनेछ।...
नेपाल सरकारद्वारा विपद्‍ कोषमा एक अर्ब रकम निकासा गर्ने निर्णय

नेपाल सरकारद्वारा विपद्‍ कोषमा एक अर्ब रकम निकासा गर्ने निर्णय

नेपाल । भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेका परिवारका लागि राहत उपलब्ध गराउन सरकारले विपद्‍ कोषमा एक अर्ब रकम निकासा गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको हो । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ ।  ...
दशैं पर्वको पूर्व सन्ध्यामा नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

दशैं पर्वको पूर्व सन्ध्यामा नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । मंगलबारदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ र हवाइ इन्धनतर्फ ६ रुपैयाँका दरले घटेको छ ।
नेपाली शेयर बजार ११४ अंक उचालियो

नेपाली शेयर बजार ११४ अंक उचालियो

नेपाल । मंगलबार नेपाली शेयर बजार ११४ अंकको वृद्धि भएको छ । नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो । मंगलबार ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको थियो । नेप्सेका अनुसार मंगलबार १८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।...