३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

अमेरिकामा विश्व बैंकसँग १५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोगको सम्झौता

अमेरिकामा विश्व बैंकसँग १५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोगको सम्झौता

अमेरिका । विश्व बैंकले नेपाललाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो । बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनःस्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका सिलसिलामा दक्षिण...
नेपालमा सुन तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ

नेपालमा सुन तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ

नेपाल । नेपाली बजारमा सुनको भाउले उचाई लिंदै छ । सोमबार ६ सयले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँ पुग्यो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेरे दुई हजार ९५ रुपैयाँ पुगेको छ ।
नेपाली शेयर बजार फेरि घट्न थाल्यो

नेपाली शेयर बजार फेरि घट्न थाल्यो

नेपाल । नेपाली शेयर बजार फेरि घट्न थालेको छ । यसैक्रममा सोमबार ५७.९९ अंक घटेपछि नेप्से घटेर २६३९ अंकमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा सोमबारको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्‍यो ।  
अर्थमन्त्री पौडेल अमेरिकामा

अर्थमन्त्री पौडेल अमेरिकामा

अमेरिका । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका आएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौठेल सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गरेका थिए । वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।...
सुनको मुल्यमा दिन प्रतिदिन नयाँ रेकर्ड कायम !

सुनको मुल्यमा दिन प्रतिदिन नयाँ रेकर्ड कायम !

नेपाल । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजारले वृद्धि भई १ लाख ६४ हजार चार सयमा कारोबार भयो । निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको शुत्रबार भने रु एक हजार नौ सय ८० मा कारोबार भएको थियो । दशैं पछिको यो साता सुनको मुल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले गत बुधबार, बिहिबार र पछिल्लो कारोकार भएको दिन शुक्रबार तीनै दिन एक पछि अर्को गर्दै नयाँ उचाई कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बिश्लेषकहरुको भनाई छ । ...
हेटौंडा उपमहानगरमा करको दर हेरफेर नहुने

हेटौंडा उपमहानगरमा करको दर हेरफेर नहुने

नेपाल (हेटौंडा) । हेटौंडा उपमहानगरपालिकाको कर विवाद विशेष नगरसभापछि टुंगिएको छ । आगामी वर्ष करको दर पुनरावलोकन हुने संकल्प प्रस्ताव पास भएपछि चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन संशोधन नहुने भएको हो । चालु आवको आर्थिक ऐनमा करको दर वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा आन्दोलन भएको थियो । बुधबार बसेको विशेष नगरसभाको दोस्रो बैठकले चालु आर्थिक वर्षमा करको दर घटबढ नगर्ने निर्णय गरेको हेटौंडा–१ का वडा अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । ...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबारबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका । अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विजेताहरूमा टर्कीस–अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश–अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् । उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीनवटै अर्थशास्त्रीले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन् । ...
बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग खुल्यो

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग खुल्यो

नेपाल । बिपी राजमार्ग (सिन्धुली बर्दिवास) शुक्रबारदेखि सञ्चालन भएको छ । यो राजमार्ग काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा–सिन्धुलीबर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो।  ...
भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

नेपाल । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।​ केही दिनदेखि उनको अवस्था गम्भीर थियो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो। रतन टाटालाई नियमित जाँचका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । रतन टाटा को भारत सरकार द्वारा पद्म विभूषणद्वारा सम्मानित भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।...