
अध्ययन गर्दै र खेतमा व्यावहारिक ज्ञान हासिल गर्दै विश्वविद्यालयका विद्यार्थीहरु
रौतहट । भारतको तमिलनाडु प्रान्तस्थित कोयम्बतुर जिल्लामा रहेको एक विश्वविद्यालयका विद्यार्थीहरु अध्ययन गरेको विषयलाई व्यवहारमा उतार्ने काम गरिरहेका छन् ।
कोयम्बतुरको अरासामपाल्यममा रहेको अमृता विश्व विद्यापिठम् (विश्वविद्यालय) को अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेजको बिएससी (एजी, आनर्स) को चौथो वर्षका विद्यार्थीहरु कलेजको रुरल एग्रिकल्चरल वर्किङ एक्सपिरियन्स कार्यक्रम अन्तर्गत कलेजका विद्यार्थीहरु गाउँसम्म पुगेर स्थानीय कृषिसित सम्बन्धित कुराहरु व्यवहारमा सिकिरहेका छन् ।
विद्यार्थीहरु दुई महिनासम्म गाउँमा पुगेर कृषकहरुसित तिनीहरुको खेतीपातीबारे समस्याहरुको अध्ययन गर्ने, समस्याको समाधानको विभिन्न तरिकाहरु खोज्नेबारे व्यावहारिक छलफल गरिरहेका छन् ।
चौथो वर्षमा अध्ययनरत ११८ जना छात्रछात्रालाई कलेजले ८ समूहमा विभाजन गरेको छ । हरेक समूहमा १२ देखि १५ जना छात्रछात्रा रहेका छन् । छात्रछात्राको सम...