२० बैशाख २०८२, शनिबार

अर्थतन्त्र

१ करोड ८० लाख प्रकरणमा रन्थनियका रविः ‘मैले ल्याप्चे ठोकेको हो, तर रकम लेनदेन भएको छैन’

१ करोड ८० लाख प्रकरणमा रन्थनियका रविः ‘मैले ल्याप्चे ठोकेको हो, तर रकम लेनदेन भएको छैन’

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा ग्यालेक्सी टिभीबाट १ करोड ८० लाख जम्मा भएको सार्वजनिक भएपछि सोमबार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले आफ्नो खातामा रकम जम्मा नै नभएको जिकीर गरे । पत्रकार सम्मेलनपछि लामिछानेले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया जस्ताको तस्तैः आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ। डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो। अब फेरि...
धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

नेपाल । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ । बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बताउ ।...
गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

नेपाल । संविधानसभा सदस्य तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो । उनी ठगी मुद्दामा हाल जेलमा छन् ।...
‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलन कम्पाला, युगान्डा, १९–२० जनवरी २०२४ मा सम्पन्न भयो । उक्त सम्मेलनमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्मलनमा दिनुभएको मन्तव्यः ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने महत्त्वपूर्ण नाराका साथ अफ्रिाकाको मोती, सुन्दर देश युगान्डामा आयोजना हुन लागेका असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु । साझा समृद्धिका लागि शान्ति अतिआवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतम बुद्धको जनस्थलबाट शान्तिको सन्देश लिएर आएको छु । असम्लग्नहरूको ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा अध्यक्ष महोदयलाई सर्वप्रथम म हार्दिक बधाई ज...
गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

गैरआवासीय नेपाली संघद्वारा विभिन्न परोपकारी काममा साढे ६ करोड बढीको आर्थिक सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले नयाँ कार्यसमिति आएपछि परोपकारी काममा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ । एनआरएनए आईसीसी अध्यक्ष डा. बद्री केसी तथा पदाधिकारीको उपस्थितिमा शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको तीन महिने अवधिमा विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको विवरण सार्वजनिक गरिएको हो । अध्यक्ष केसीको नेतृत्वमा गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा. केसीसहितको नयाँ कार्यसमिति चुनेको थियो । कार्यसमितले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीबीच तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू...
नेपाल बीउ व्यवसायी संघको साधारण सभा सम्पन्न

नेपाल बीउ व्यवसायी संघको साधारण सभा सम्पन्न

नेपाल (हेटौँडा) । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभाका वक्ताहरुले बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भन्दै गुणस्तीरय बीउ आवश्यक भएको बताउनुभयो । उहाँले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताउँदै आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको बताउनुभयो । नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिएको भन्दै मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनम...
रौतहट सहकारी संघमा पोखरेलको नेतृत्व

रौतहट सहकारी संघमा पोखरेलको नेतृत्व

नेपाल (चन्द्रपुर) । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका बिभुकुमार पोखरेल निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको चुनाबी साधरण सभाले पोखरेललाइ अध्यक्षमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्षमा सृष्टि साकोसका रामविश्वास पासवान, महासचिबमा नव बिकास साकोसका देबबहादुर सापकोटा, सचिबमा चन्द्रोदयका बसन्त आचार्य, कोषाध्यक्षमा स्वस्तिक साकोसका नरेन्द्र राना चयन भएका छन । यसैगरी सदस्यहरुमा कल्पना दाहाल, पदमप्रसाद पहाडी,दुर्गादेबी दाहाल,लक्ष्मीकुमारी घिमिरे, रामाकान्तप्रसाद, दुर्गा आचार्य, राजेन्द्र राय यादब चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी, सदस्यमा इश्वरीप्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन समितिले जनाएको छ । ...
वडा स्तरमै पुगेर बैंकले वितरण गर्यो सामाजिक सुरक्षा भत्ता

वडा स्तरमै पुगेर बैंकले वितरण गर्यो सामाजिक सुरक्षा भत्ता

नेपाल (हेटौंडा) । मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ । मकवानपुरगढी गाउँपालिकाको– ८ वटै वडाहरु मध्ये वडा नम्बर –८ मा पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम गत बिहीबार सुरु गरेको हो । गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । यसैक्रममा मकवानपुरगढी– ८ बुढिचौरमा वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताउनु भयो । हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर...
रवि लामिछानेबिरुद्ध सहकारी विभागमा उजुरी दर्ता

रवि लामिछानेबिरुद्ध सहकारी विभागमा उजुरी दर्ता

नेपाल । सहकारी विभागमा सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध उजुरी दर्ता भएको छ । नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो । सोमबार राति १२ बजेबाट नयाँ मूल्य लागू भएको छ । पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रतिलिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको हो । ...