३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

अमेरिका । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ । ...
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी

नेपाल (हेटौंडा) । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी हुनु भएको छ । रानाभाटको प्यानलबाट पदाधिकारीहरु सहित सदस्यहरुमा पनि धेरै विजयी भएका छन् । संघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ । अध्यक्षमा विजयी रानाभाट एक हजार १४ मतसहित विजयी हुनु भयो । अध्यक्षका आकांक्षी अनिल अग्रवाल सात सय ६५ मतमात्रै पाउनु भयो । चुनाबमा एक हजार आठ सय १६ मत खसेको थियो । महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी हुनुभयो । प्रत्यासी विकेशलाल श्रेष्ठले ७१३ मत मात्र प्राप्त गर्नुभयो । यता उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुनुहुन्छ भने दीपक र उज्ज्वल रानाभाट प्...
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

नेपाल । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार ४२५ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ थियो ।...
लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव ठगी मुद्दामा पक्राउ

लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव ठगी मुद्दामा पक्राउ

नेपाल । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल बिहबिार पक्राउ परेका छन् । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाई जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए । पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसपछि फरार रहदैँ आएका थिए ।...
लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

नेपाल (हेटौंडा) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताए । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए । राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी...
लेखा समितिका सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

लेखा समितिका सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

नेपाल । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो। अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।  ...
नेपालमा सार्वजनिक यातायातको भाडादर बढ्यो

नेपालमा सार्वजनिक यातायातको भाडादर बढ्यो

नेपाल । नेपालमा सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भाडादर वृद्धि भएको हो । सरकारले सोमबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।...
नेपाली शेयर बजारमा हरियाली, नेप्से २६४०.६८ विन्दुमा

नेपाली शेयर बजारमा हरियाली, नेप्से २६४०.६८ विन्दुमा

नेपाल । सोमबार नेपाली शेयर बजारमा हरियाली छायो । शेयर बजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अले ंकबढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको हो । तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ । ...
सन् २०२४ मा साढे ११ लाख विदेशी नेपाल घुम्न आए

सन् २०२४ मा साढे ११ लाख विदेशी नेपाल घुम्न आए

नेपाल । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।...
नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल । नेपाल आयल निगमले बुधबार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।