२ आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र

नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने

नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने

नेपाल । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग बुधबार भएको भेटमा उहाँले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । “हामी देश बनाउने हुटहुटीका साथ आएका छौँ, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौँ । तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो,“इमान्दार उद्योगी–व्यवसायी कानुनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका त...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि निगमले मूल्य नबढाउने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि निगमले मूल्य नबढाउने

नेपाल । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको भाउमा अत्यधिक वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वभाविक उछालका कारण यसपटक नेपालका लागि पठाइएको खरिद दरमा निकै ठूलो अन्तर देखिएको हो । नयाँ दर रेट अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेर प्राप्त भएको छ । भारतबाट यति ठूलो मात्रामा मूल्य बढेर प्राप्त भए तापनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने निर्णय गरेको छ । ...
व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा

व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा

नेपाल । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई निगरानी (कालोसूची) मा राखेको छ। स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो । राजनीतिक पहुँच प्रयोग गरी अनुकूल वातावरण सिर्जना गर्दै स्वार्थ अनुसार काम गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लगाइँदै आएको छ । ...
राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन

राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । भन्सार विभागको अनुगमन गरी जानकारी लिँदै गर्दा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्सार विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्यप्राप्तिमा लाग्न निर्देशन दिँदै राजस्व सङ्कलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि बताउनुभयो । राजस्व सङ्कलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उहाँले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताउनुभयो । त्यस क्रममा उहाँले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गर्नुभएको थियो ।...
नेपालस्थित अमेरिकी दूतावास‌द्वारा उद्यमशीलता सीप निर्माण कार्यक्रमको आरम्भ

नेपालस्थित अमेरिकी दूतावास‌द्वारा उद्यमशीलता सीप निर्माण कार्यक्रमको आरम्भ

नेपाल । नेपालस्थित अमेरिकी दूतावासले इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त अड्‌भाइजरीसँगको साझेदारीमा देशव्यापी उ‌द्यमशीलता सीप–निर्माण कार्यक्रमको सुरुवात नेपालगन्जबाट गरेको छ। यस पहलले प्रारम्भिक चरणमा रहेका नेपालभरका उद्यमीलाई दिगो व्यवसायहरूको निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान गर्नेछ । यो कार्यक्रम लुम्बिनी प्रदेशमा नेपालगन्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा जारी रहनेछ । सातै प्रदेशका गरी करिब २०० उ‌द्यमीहरू प्रत्यक्ष कार्यशाला गोष्ठी र भर्चुअल बुटक्याम्पहरूको शृङ्खलामा सहभागी हुनेछन् । यस कार्यक्रमअन्तर्गतका प्रशिक्षण सत्रहरू व्यापार(व्यवसायका आधारभूत पक्ष, बजारको पुष्टीकरण, लगानीकर्तासँगको सञ्चार, डिजिटल बजारीकरण र निर्यातसम्बन्धी तयारीमा केन्द्रित छन्। यी मूलभूत द...
वैदेशिक रोजगार बोर्डद्वारा विदेशमा ज्यान गुमाएकाको परिवारलाई ७३ करोड सहायता

वैदेशिक रोजगार बोर्डद्वारा विदेशमा ज्यान गुमाएकाको परिवारलाई ७३ करोड सहायता

नेपाल । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ । बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो । बोर्डका अनुसार चालु आवको साउनदेखि फागुनसम्म वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका ६०१ जना र १२५ जना विभिन्न खाले बिरामीको उद्धार गरेको छ । यस्तै सो अवधिमा विभिन्न देशमा मृत्यु भएका ६८५ श्रमिकका शव व्यवस्थापनको काम गरेको बोर्डले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।...
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको हो । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपियाँ र तेस्रो वर्गमा १८७ रुपियाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपियाँ र तेस्रो वर्गमा १६७ रुपियाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपियाँ पर्ने भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्ग...
नेपाली बजारमा कति छ सुनको मूल्य ?

नेपाली बजारमा कति छ सुनको मूल्य ?

नेपाल । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो ।...
इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिंदै

इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिंदै

नेपाल । सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ । पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य गरिएको हो । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।...
पोखरा विमानस्थल निर्माणमा पूर्वसचिवसहित २१ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल निर्माणमा पूर्वसचिवसहित २१ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको ठहर गर्दै २१ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहितलाई प्रतिवादी बनाएको छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘इआरएमसी–ए–नोट/स्लेट जेभी’ लाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानका क्रममा, विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कको ऋण सहयोगमा भएको ुईपिसी मोडलु को सम्झौतामा परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्ट्याइएको पाइएको...