२ आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

नेपाल । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । नेपालका मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा दुई दशक लामो अनुभव छ । अर्थशास्त्रमा विशेष अध्ययन गरेका भट्ट शिक्षाविद्, नीति अनुसन्धानकर्ता र प्राविधिक विज्ञका रूपमा पनि चिनिन्छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र बैंकको गर्भनर बनाउने चर्चा भए पनि अन्तिममा विश्व पौडेल गर्भनर बनेका थिए।...
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा उनलाई नियुक्त गरेको हो । राष्ट्र बैंकमा विगत एक महिनादेखि डेपुटी गभर्नर रिक्त थियो । राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहने व्यवस्था भए पनि सरकारले मंगलबार एकजना मात्रै नियुक्त गरेको छ । नव नियुक्त डेपुटी गभर्नर पण्डितललाई गभर्नर विश्वनाथ पौडेलले सपथ ग्रहण गराएका छन् । मंगलबार नै उनल पदबहाली गरेका छन् । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भए । कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी ...
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गर्नुभएको हो । “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”, उहाँले भन्नुभयो । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा जलविद्युत्, पर्यट...
इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन नेपालमा विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन नेपालमा विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

नेपाल । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् । उक्त संशोधन अनुसार १२५ लिटर इन्...
बालेनसँग वर्षमानले भनेः भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

बालेनसँग वर्षमानले भनेः भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाई गर्न नहुनेमा जोड दिए । ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढ...
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा व्यवसायी शङ्कर अग्रवाल पक्राउ

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा व्यवसायी शङ्कर अग्रवाल पक्राउ

नेपाल । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा अग्रवालमाथि विभागले अनुसन्धान गरिरहेको छ । अग्रवालमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको समयमा कालोबजारी गरेको, ठुलो मात्रामा कर तथा भ्याट छली गरेको, फिडरलाइनमा अनियमितता गरेको, गुणस्तरहीन वस्तु उत्पादन गर्दै उपभोक्ता ठगी गरेको र विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपियाँ बक्यौता नतिरेको आरोप छ । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो । भट्ट र ...
नेपालमा आठ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

नेपालमा आठ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

नेपाल । चालु आव २०८२–८३ को आठ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७।७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७।१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड ...
नेपालमा पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ बढ्यो

नेपालमा पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ बढ्यो

नेपाल । नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।
इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा बढ्यो हवाई भाडा

इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा बढ्यो हवाई भाडा

नेपाल । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा पनि हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि गरेसँगै बुधबारदेखि देशका अधिकांश गन्तव्यको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको सहकार्यमा बुधबारदेखि सबै आन्तरिक गन्तव्यको उडान भाडा बढेको हो । वायुसेवा कम्पनीले सबैभन्दा बढी काठमाडौँबाट धनगढीको हवाई भाडा पाँच हजार ४८० रुपियाँ बढेर ११ हजार ९० रुपियाँ पुगेको भने काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा चार हजार २२५ सय रुपियाँले बढेर आठ हजार ६१५ रुपियाँ पुगेको छ । नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुरको भाडा तीन हजार ७२५ रुपियाँ, विराटनगरको दुई हजार ९८०, जनकपुर एक हजार छ सय, भरतपुर एक हजार ३३०, पोखरा एक हजार ...
मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिए

मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिए

नेपाल । पछिल्लो समय पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको हो । बोर्डको तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट स...