३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

दोस्रो चौमासिक अवधिसम्ममा करिब ११ खर्बको व्यापार घाटा

दोस्रो चौमासिक अवधिसम्ममा करिब ११ खर्बको व्यापार घाटा

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो। पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ । गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, छिमेकी मुलुक चीनसँग...
यी ७ देशमा नेपाली श्रमिकको श्रम स्वीकृति खुल्यो

यी ७ देशमा नेपाली श्रमिकको श्रम स्वीकृति खुल्यो

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने भएको छ। सो निर्णयले ती देशबाट नेपाल आउन चाहने र बिदामा आएर फर्कन चाहने नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुला भएको छ। पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो । श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृत स्थगत कायमै छ। ...
२८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण

२८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण

नेपाल । चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ५९ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ । जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिश...
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई ...
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो । अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ। उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घूसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ । उक्त रकम भक्तपुरको थिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आ...
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आइतबार रातिदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपियाँ, डिजेलमा प्रतिलिटर ५४ रुपियाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपियाँ वृद्धि गरिएको छ । तर नेपालमा केही रुपियाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले जनाएको छ । सो मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्...
सुरक्षित रूपमा नेपाल फर्कनका लागि आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह

सुरक्षित रूपमा नेपाल फर्कनका लागि आवेदन दिन कतारस्थित नेपाली दूतावासको आग्रह

नेपाल । कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्कन आवेदन दिन कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ। मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले शनिबार सूचना जारी गर्दै भनिएको छ कि वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल आउन ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्नेछ । यसका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ।...
प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ: लगानी बोर्डका सीईओ ज्ञवाली

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ: लगानी बोर्डका सीईओ ज्ञवाली

नेपाल । लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन 'रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी' मा प्रमुख वक्ताका रुपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको बताए । आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने ...
नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने

नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने

नेपाल । नेपाली बजारमा शुक्रबारदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो । निगमले माग अनुरूप नै नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि माग उच्च देखिएको बताउँदै शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी वितरण गर्ने निर्णय गरेको हो ।...
सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

सात महिनामा भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स

नेपाल । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो । विवरण अनुसार सात महिना अर्थात यो आवको माघसम्म १२ खर्ब ६१ अर्ब एक करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष माघमा एक खर्ब ३७ अर्ब ५० करोड रुपियाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र प...