रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गर्ने पूर्व सांसद देवी भट्टचन पक्राउ
नेपाल । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ गरिएको जनाएको छ ।
भट्टचनलाई ठाकुर प्रसाद मानन्धरको जाहेरीका आधारमा दायर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको हो ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचन प्रभु मनि ट्रान्सफर प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिका प्रमुख सञ्चालकका रूपमा कार्यरत रहेर नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट्यान्स कारोबारको लाइसेन्सको दुरुपयोग गरेको आरोपमा छन् ।
भट्टचनले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्...









