नेपाल । नेपालमा सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।
पेट्रोलमा ५ रुपैयाँले र मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
नेपाल । नेपालको निर्यात व्यापारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको छ । जस अनुसार चालु आवको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब रुपियाँको निर्यात भएको छ ।
समीक्षा अवधिमा आयात भने १३.१५ प्रतिशतले मात्र बढेर १६ खर्ब ४४ अर्ब रुपियाँ बराबरको आयात भएको छ । रकमका आधारमा नेपालबाट हुने निर्यात आयातको तुलनामा ज्यादै न्यून भए पनि गत वर्षको तुलनामा सुधार आएको छ ।
विभागका अनुसार नेपालमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपियाँ बराबरको आयात हुँदा निर्यात दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपियाँ बराबरको भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार आयात भएको थियो भने एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँ बराबरको निर्यात भएको थियो । विभागको तथ्याङ्क अनुसार आयात बढेको...
अमेरिका । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ ।
टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, “यो परियोजनाले ग्रिड संसाधनहरूको लचिलो समायोजनमा मद्दत गर्नेछ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाबहरू प्रभावकारी रूपमा समाधान गर्नेछ ।”
टेस्लाले भनेको छ, “यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ ।” यस्ता ऊर्जा भण्डारण प्रणालीहरूले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ । टेस्ला साङ्घाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ ।
उक्त सम्झौतामा चार...
नेपाल । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन् ।
बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।
नगर प्रमुख बस्नेतले पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा उक्त कम्पनीका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ खुस रिसवत लिएको पुष्टि गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो ।
बस्नेतले उक्त विगो बराबरको रकम कसुर गरेको र पद्मा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली र त्यस कम्पनीका सञ्चालक अध्यक्ष कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्नका लागि उक्त रकम घुस रिसवत दिएको पुष्टि भएको हो ।
बस्नेतकी श्रीमती उर्मिला बस्नेतले भने अदालतबाट सफाई पाएकी छन् । उनले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्...
नेपाल । ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै सञ्चालनमा आएको ओभरपासका कारण काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम कम हुने विश्वास गरिएको छ ।
चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार-इमाडोल-लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित भएको छ ।
अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ । मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
दुई...
नेपाल । चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।
लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हो । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ ।
उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बताउनुभएको छ । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएको थियो । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ ।
चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् ।...
नेपाल । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ ।
लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाका प्रयोग गरी व्यापार गर्ने व्यवसायीको सहभागिता थियो । जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।
दुवै छलफलमा सहभागीहरूले कोरोला नाकाको चीनतर्फ उत्कृष्ट पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापना भई सेवा सञ्चालन गरिसके पनि नेपालतर्फ प्रदेश सरकारले निर्माण गरेको चार कोठे भवन पनि राम्रो भएको बताउनुभएको थियो । सहभागीले उक्त भवनमा...
नेपाल । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनी र सञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपियाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शतप्रतिशत जरिवानासमेत गरी रु। एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।
विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरे...
नेपाल । असार १ गते सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान
यसैक्रममा कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ ।
सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभयो । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले रू ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गर्नुभयो । बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरका...
नेपाल । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।
यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।