एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि त्रिभुवन विमानस्थल ४ घण्टा अवरुद्ध
नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि शनिबार चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो ।
बेलुका करिब ६ देखि बन्द उडान राति १० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५ः१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन नसकेपछि कतार एयरवेजको जहाज झन्डै दुई घण्टा आकाशमा फन्को मारेर बङ्गलादेशको ढाका डाइभर्ट भयो । फ्लाई दुबईको जहाज भारतको ...









